
१सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
२भारत भ्रमणमा राष्ट्रिय हित र रणनीतिक आर्थिक साझेदारीलाई प्राथमिकता दिन सुझाव
३२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
४सराङकोट बालसुधार गृहबाट फरार बालबन्दी १८ घण्टामैं पक्राउ
५तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै
६अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी
७इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
८डीडीसीको करोडौं अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
९कांग्रेस देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने
१०रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु
११रास्वपाका २० नेता चीन जाँदै, राष्ट्रिय हितका विषय निर्धक्क राख्न प्रधानमन्त्रीको निर्देशन
१२भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
पोखरा, १ मंसिर । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर एवम् नेकपा एमालेका नेता देवकुमार नेपालीलाई जिल्ला अदालत कास्कीले सहकारी ठगी कसुरमा ८ वर्ष कैद सजाय सुनाएको छ। पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपालीलाई अदालतले १ करोड २६ लाख रुपैयाँ जरिवाना तिर्नसमेत आदेश दिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाशको एकल इजलासले गरेको फैसलाअनुसार सहकारीका अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना तोकिएको छ।
त्यस्तै, सहकारीका सञ्चालक निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको छ। फैसलाको पूर्णपाठ तयार हुन बाँकी छ।
यो फैसला सहकारीका ११० जना बचतकर्ताले दिएको जाहेरीका आधारमा भएको हो। उनीहरूले सहकारीबाट बचत रकम फिर्ता नपाएको भन्दै १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेका थिए। यसअघि नेपालीसहित सञ्चालकविरुद्ध ५२४ जना बचतकर्ताले ५७ करोड ३५ लाख रुपैयाँ बिगो दाबी गरेका थिए। पछि ४०० जनासँग मिलापत्र भएपछि बाँकी ११० जनाको पूरक जाहेरीका आधारमा फैसला भएको हो।
नेपालीले पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। दुवै सहकारीमा गरी करिब २ अर्ब रुपैयाँ अपचलन भएको आरोप छ। बागलुङमा परेको जाहेरीका आधारमा जिल्ला अदालत बागलुङमा छुट्टै मुद्दा विचाराधीन छ। नेपाली करिब डेढ वर्ष फरार रहेका थिए। प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी २०८१ असोज ११ गते भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो। उनी अहिले बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा छन्।
नेपाली इमेज सहकारी खोल्नुअघि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा उपाध्यक्ष थिए। सूर्यदर्शनको मुद्दा अझै विचाराधीन छ र त्यहाँका सञ्चालक जीबी राई अझै फरार छन्।
पोखरामा सहकारी रकम हिनामिनाका प्रमुख प्रकरणहरू
पोखरामा पछिल्ला वर्षहरूमा धेरै सहकारीमा बचत रकम हिनामिनाका घटना सार्वजनिक भएका छन्। गण्डकी प्रदेशमा मात्रै सहकारीबाट ९ अर्बभन्दा बढी रकम हिनामिना भएको छ। पोखराका प्रमुख प्रकरणहरू निम्न छन् :
१. इमेज बचत तथा ऋण सहकारी संस्था (पोखरा)
– हिनामिना/बिगो: पोखरा शाखामा करिब ५७-६५ करोड (केही रिपोर्टमा दुवै शाखा गरी करिब २ अर्ब)।
– मुख्य आरोपित: संस्थापक अध्यक्ष देवकुमार नेपाली (ढोरपाटन मेयर), चित्रबहादुर भण्डारी, शक्ति किसान, निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल, विमला गुरुङ लगायत।
– हालको अवस्था: कास्की जिल्ला अदालतले नेपालीसहित सात जनालाई ६/८ वर्ष कैद र जरिवानाको फैसला गरेको (कात्तिक १७)। बागलुङको मुद्दा विचाराधीन। केही पीडितसँग मिलापत्र भएको।
२. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था
– हिनामिना: करिब १ अर्ब ५२ करोड (१८ हजार ७ सय बचतकर्ता)।
– मुख्य आरोपित: पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई (फरार), शिवकुमार गुरुङ (महेन्द्र भोटे) लगायत।
– हालको अवस्था: मुद्दा अदालतमा विचाराधीन। केही पक्राउ परेका, धेरै फरार। पीडितहरूले रकम फिर्ताको माग गर्दै आएका छन्।
३. प्राइम बहुउद्देश्यीय सहकारी संस्था
– हिनामिना: १ अर्ब ५४ करोड (करिब २ हजार ३ सय बचतकर्ता)।
– मुख्य आरोपित: अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, व्यवस्थापक निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल लगायत (८ जना पक्राउ)।
– हालको अवस्था: पक्राउ र अनुसन्धान। मुद्दा प्रक्रियामा।
४. पोखरा बचत तथा ऋण सहकारी संस्था
– हिनामिना: ८८ करोड ७० लाख।
– मुख्य आरोपित: अध्यक्ष सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, इन्द्रप्रसाद द्वा, दोर्जे तामाङ, बेदीप्रसाद सुवेदी लगायत (८ जना पक्राउ)।
– हालको अवस्था: रकम फिर्ता गर्ने प्रतिबद्धता र सम्पत्ति ग्यारेन्टीमा थुनामुक्त। मिलापत्रको प्रयास भइरहेको। केही रकम व्यवस्थापन भएको रिपोर्ट।
५. मित्रमिलन बचत तथा ऋण सहकारी संस्था
– हिनामिना: करिब २६/२९ करोड।
– मुख्य आरोपित: अध्यक्ष रमण पौडेल, वडाध्यक्ष दीपक सुवेदी, पत्रकार अर्जुन गिरी, उपाध्यक्ष पत्रकार विजय लम्साल लगायत ३०-३३ जनाविरुद्ध पक्राउ पुर्जी।
– हालको अवस्था: मुद्दा अदालतमा। केही धरौटीमा मुक्त, थप अनुसन्धान।
६. विन्ध्यवासिनी (विन्दवासिनी) बचत तथा ऋण सहकारी संस्था
– हिनामिना: करिब ७ करोड।
– मुख्य आरोपित: अध्यक्ष सुवर्णमान नकर्मी, उदित पौडेल, कृष्णमान श्रेष्ठ, किरण कपाली, बुद्धिसागर ढकाल लगायत।
– हालको अवस्था: पक्राउ र अनुसन्धान। जग्गा किर्ते गरी बेचेको आरोप। अदालत प्रक्रियामा।
७. शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था (पोखरा शाखा)
– हिनामिना: पोखरा शाखामा मात्र करिब ५३/५४ करोड (राष्ट्रव्यापी रूपमा अर्बौं)।
– मुख्य आरोपित: केदारनाथ शर्मा, गीता शर्मा, पुष्कर मल्ल, अमिशराज भण्डारी लगायत।
– हालको अवस्था: केही पक्राउ। पोखराका पीडितसँग सामान/जग्गा लिने सहमति भएको रिपोर्ट। अदालत प्रक्रियामा।
८. संघर्षशील बचत तथा ऋण सहकारी संस्था
– हिनामिना: करिब ३ करोड रुपैयाँ भन्दा बढि रकम हिनामिना भएको ।
– मुख्य आरोपित: पत्रकार कमल प्रसाद सुवेदी, गन्थन डटकम (धरौंटीमा जेल मुक्त) लगायत।
– हालको अवस्था: पक्राउ र अनुसन्धान। अदालत प्रक्रियामा।
९. धनुष बचत तथा ऋण सहकारी संस्था
– हिनामिना: १२ करोड ५६ लाख।
– मुख्य आरोपित: व्यवस्थापक/सचिव विराज सुवेदी, जगत पौडेल, कृष्णप्रसाद जैसी लगायत।
– हालको अवस्था: पक्राउ र अनुसन्धान। अदालत प्रक्रियामा।
१०. बलिदानी बचत तथा ऋण सहकारी
– हिनामिना: करिब ११ करोड ।
– हालको अवस्था: अनुसन्धान/अदालत प्रक्रियामा।
पोखराका यी सहकारीहरूमा कुल अर्बौं रुपैयाँ हिनामिना भएको देखिन्छ। धेरै मुद्दा अदालतमा विचाराधीन छन्। केहीमा पक्राउ, थुना, फैसला वा मिलापत्रका प्रयास भएका छन् भने धेरै आरोपित फरार छन्। पीडित बचतकर्ताहरूले रकम फिर्ताको माग गर्दै संघर्ष समितिमार्फत दबाब दिइरहेका छन्।
केही सहकारीमा सम्पत्ति ग्यारेन्टी गरी थुनामुक्त गराई रकम फिर्ताको प्रतिबद्धता लिने नयाँ अभ्यास पनि सुरु भएको छ। सूर्यदर्शन सहकारीको बचतकर्ताको रकम ६ महिनाभित्र फिर्ता गर्ने सर्तमा महेन्द्र भोटे र जग्गा धरौटीमा राखेर पत्रकारद्वय अर्जुन गिरी र विजय लम्साल जेलमुक्त भएका छन्।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त