
१फ्लोअप: बाल यौन दुरुपयोगमा जर्मन नागरिक दोषी ठहर
२फागुनभित्रै स्थानीय तह चुनावको तयारीमा आयोग
३सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट सर्वसम्मतिले अनुमोदन
४प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा बर्खास्त
५‘जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, भुइँ छाड्नु हुँदैन’: सभापति रवि लामिछाने
६रत्न मन्दिर निजी क्षेत्रलाई दिने नेपाल ट्रस्टको प्रस्तावको सर्वत्र विरोध
७गाँजाको वैधानिक यात्रा सुरु : गण्डकीले बनायो ऐन, सर्वोच्चले दियो संघीय सरकारलाई ३ महिने अल्टिमेटम
८पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
९प्रधानमन्त्री बालेन र सुरक्षा निकायका प्रमुखहरू बिच छलफल
१०‘कसैप्रति पनि प्रतिशोध साधिने छैन’: आईजीपी केसी
११सञ्चारमाध्यमको सामाजिक सञ्जालमा पनि पत्रकार आचारसंहिता लागू हुने
१२आइजिपी डा. मनोजकुमार केसीले सम्हाले प्रहरी कमान्ड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
७बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
८डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
९सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
जर्मन नागरिक युवे पिटर स्मिडेके आफैंले अदालतमा यौनजन्य अश्लील सन्देश र तस्बिर पठाएको कुरा स्वीकार गरेको, बालकको संवेदनशील अङ्ग छोएर चलाउने गरेको बकपत्रबाट खुल्न आएको जस्ता अकाट्य प्रमाणहरूका आधारमा बाल यौन दुरुपयोगको कसूर स्थापित भएको थियो ।
पोखरा, २२ कार्तिक । कास्की जिल्ला अदालतले बाल यौन दुरुपयोगको एक गम्भीर घटनामा ८४ वर्षीय जर्मन नागरिक युवे पिटर स्मिडेकेलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को उपदफा (१) र (२) बमोजिम स्मिडेकेलाई बाल यौन दुरुपयोगको कसूरमा दोषी ठहर गर्दै ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
कास्की जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासबाट २०८३ साल साउन २७ गते उक्त फैसला भएको हो । मुद्दा नं. ०८२-सी१-१२४३ को यस मुद्दामा वादी नेपाल सरकार र प्रतिवादी जर्मन नागरिक युवे पिटर स्मिडेके रहेका थिए।
अदालतको आदेशअनुसार प्रतिवादी स्मिडेकेले पीडित बालकलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराएका छन् भने अपराध पीडित सहायता कोषमा २ सय रुपैयाँ जम्मा गरेका छन्। फैसला पश्चात् स्मिडेकेले कानुन बमोजिम बाँकी कैदबापत प्रतिदिन ५ सय रुपैयाँका दरले रकम बुझाएर कैदमुक्त भएका छन्। साथै, अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ बमोजिम सुविधा प्रदान गर्दै कैदबाट छुटेको सात दिनभित्र नेपाल छाडी आफ्नो देश फर्कन आदेश दिएको थियो।

जर्मन नागरिक युवे पिटर स्मिडेके बालबालिकालाई आफू बस्ने होटलको कोठामा लगि बालयौन दुर्व्यवहार गर्ने कार्यमा संलग्न रहँदै आएका थिए। फाईल तस्विर ।
अदालतले प्रतिवादी स्मिडेकेले पीडित नाबालकसँग यौनजन्य अश्लील सन्देश र तस्बिरहरू आदानप्रदान गरेको, यौन आशयले अस्वाभाविक व्यवहार गरेको तथ्यलाई आफैंले स्वीकार गरेको तथा अन्य साक्षी बलराम अधिकारीको बकपत्रलाई मुख्य आधार बनाउँदै बाल यौन दुरुपयोगको कसूर ठहर गरेको हो । घटनाको समयमा पीडित बालकको उमेर जन्मदर्ता अनुसार १३ वर्ष १ महिना २४ दिन रहेको पुष्टि भएको थियो।
अनुसन्धानका क्रममा यो ८४ वर्षीय विदेशी नागरिक पिटरले नेपालमा लामो समयदेखि आवतजावत गर्दै विभिन्न बालकहरूलाई ‘पढाइदिने’ र ‘जर्मनी लैजाने’ प्रलोभन देखाएर नजिकको सम्बन्ध बनाउने गरेको डरलाग्दो तथ्य समेत बाहिर आएको थियो।
होटल व्यवस्थापक पदम प्रसाद न्यौपानेको शंकास्पद र विवादास्पद भूमिका
यस सम्पूर्ण प्रकरणमा पोखरा लेकसाइडस्थित होटल क्राउन हिमालयका तत्कालीन व्यवस्थापक (म्यानेजर) पदम प्रसाद न्यौपानेको भूमिका र संलग्नतालाई लिएर पर्यटन र होटल व्यवसाय क्षेत्रमा गम्भीर प्रश्न उठेको छ। घटना बाहिरिएसँगै ‘नेपालमा स्मिडेकेको मुख्य सहयोगी को हो?’ भन्ने विषय चर्चाको विषय बनेको थियो।
अदालतको मिसिल, घटनाविवरण कागज र बकपत्रमा न्यौपानेको नाम प्रमुख रूपमा जोडिएको छ। उनी यस मुद्दामा प्रतिवादीको बचाउको पक्षमा साक्षीका रूपमा उभिएका थिए। न्यौपानेको भूमिका र संलग्नताका पिटरसँग अस्वाभाविक देखिएको छ ।
न्यौपानेले अदालतमा दिएको बकपत्र अनुसार उनी स्मिडेकेलाई करिब १८ वर्षदेखि चिन्दछन्। स्मिडेके नेपाल आउँदा उनी काम गर्ने होटलहरूमा नै आश्रय लिने गरेका थिए। यसअघि उनी सांङ्ग्रिला भिलेज रिसोर्टमा म्यानेजर हुँदा पनि स्मिडेके त्यहीं बस्थे भने पछि क्राउन हिमालयमा आउँदा पनि उनै होटलमा कोठा उपलब्ध गराउने गरेका थिए। न्यौपानेले स्मिडेकेलाई ‘असल, सहयोगी र राम्रो चालचलन भएका’ व्यक्ति भन्दै बचाउ गर्ने प्रयास गरेका थिए।
यस घटना सार्वजनिक भएर स्मिडेके प्रहरी हिरासतमा रहेको बेला २०८३ वैशाख ८ गते पदम न्यौपानेले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा च.नं. २४५१ मार्फत एक पत्र पठाएका थिए। उक्त पत्रमा उनले स्मिडेकेसँगको लामो चिनजान र नेपाल आउँदा आफ्नै होटलमा बस्ने गरेको फेरि एकपटक पुष्टि गरेका थिए, जसले उनीहरूको सम्बन्धलाई थप सार्वजनिक बहसमा ल्याएको थियो ।
अदालतले होटल म्यानेजर न्यौपानेको बकपत्र र होटल रेकर्डलाई ठाडै अस्वीकार भने गरेन। तर, प्रतिवादी स्मिडेके आफैंले अदालतमा यौनजन्य अश्लील सन्देश र तस्बिर पठाएको कुरा स्वीकार गरेको, बालकको संवेदनशील अङ्ग छोएर चलाउने गरेको र अन्य साक्षीको बकपत्रबाट खुल्न आएको जस्ता अकाट्य प्रमाणहरूका आधारमा बाल यौन दुरुपयोगको कसूर स्थापित भएको थियो ।
कास्की जिल्ला अदालतको यो फैसला नेपालमा विदेशी नागरिकहरूबाट हुने बाल अधिकार हनन र यौन हिंसाविरुद्धको कानुनी कारबाहीको एक गतिलो र महत्वपूर्ण उदाहरण बनेको छ। आर्थिक प्रलोभन, शिक्षा र विदेश लैजाने बहानामा नाबालकहरूमाथि हुने आपराधिक गतिविधिप्रति राज्यका निकायहरू कति गम्भीर हुनुपर्छ भन्ने सन्देश यो घटनाले दिएको छ। यद्यपि, पीडित बालबालिकाको सुरक्षा, पर्यटन क्षेत्रको आवरणमा हुने यस्ता शंकास्पद गतिविधि र त्यसमा स्थानीय तहबाट हुने सहयोगी भूमिकाहरूमाथि भविष्यमा अझ कडा निगरानी र गहिरो छानबिन आवश्यक देखिन्छ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा