
१प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा बर्खास्त
२‘जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, भुइँ छाड्नु हुँदैन’: सभापति रवि लामिछाने
३रत्न मन्दिर निजी क्षेत्रलाई दिने नेपाल ट्रस्टको प्रस्तावको सर्वत्र विरोध
४गाँजाको वैधानिक यात्रा सुरु : गण्डकीले बनायो ऐन, सर्वोच्चले दियो संघीय सरकारलाई ३ महिने अल्टिमेटम
५पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
६प्रधानमन्त्री बालेन र सुरक्षा निकायका प्रमुखहरू बिच छलफल
७‘कसैप्रति पनि प्रतिशोध साधिने छैन’: आईजीपी केसी
८सञ्चारमाध्यमको सामाजिक सञ्जालमा पनि पत्रकार आचारसंहिता लागू हुने
९आइजिपी डा. मनोजकुमार केसीले सम्हाले प्रहरी कमान्ड
१०डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
११बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
१२राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षी दलहरुको माग
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
७बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
८ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
९डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
पोखरा, २१ कार्तिक। प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मालाई प्रदेश सरकारले बर्खास्त गरेको छ। बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलका अनुसार मन्त्रिपरिषद्को निर्णय शुक्रबार मन्त्रालयमार्फत प्रदेश खेलकुद परिषद् र सरोकारवाला निकायहरूलाई औपचारिक रूपमा जानकारी गराइएको छ। बोर्डका अन्य पदाधिकारी तथा सदस्यहरू भने यथावत् छन्।
परिषद्ले पहिलोपटक वितरण गरेको ‘खेलकुद पदक’मा सदस्यसचिवले अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोप लाग्दै आएको थियो। यसबारे मन्त्रालयले सचिव डा. पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सदस्यसचिवलाई सातदिने स्पष्टीकरण सोधेको थियो। शर्मा स्पष्टीकरण नबुझाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समेत प्रत्यर्थी बनाई रिट लिएर अदालत गएका थिए। उक्त मुद्दाको अन्तिम सुनुवाइ अझै बाँकी छ।
सरकारले उनलाई बर्खास्त गरेसँगै रिक्त स्थानमा प्रदेश खेलकुद ऐनको व्यवस्थाअनुसार अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयको खेलकुद महाशाखा प्रमुख उपसचिव दीपेन्द्र परियारलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ।
यसैबीच, सदस्यसचिवलाई स्पष्टीकरण सोधिएकोविरुद्ध उच्च अदालत पोखरामा दायर रिटमा अदालतले १३ कात्तिकमा सक्कल कागजात झिकाउन आदेश दिएको थियो। न्यायाधीश हरिप्रसाद पौडेल र ध्रुवकुमार पियाको संयुक्त इजलासले उत्प्रेषण परमादेशसम्बन्धी अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई आगामी २ मंसिरमा छलफलका लागि बोलाएको छ।
सरकारको छानबिन समितिले पदक वितरणका लागि निर्धारित विधि र अवसर पालना नगरिएको, पर्याप्त आवेदन नपरेको अवस्थामा पुनः सूचना प्रकाशित नगरी सम्बन्धित व्यक्तिहरूलाई सिफारिस प्रक्रियामा सहभागी गराइएको तथा स्वीकृत वार्षिक कार्यक्रमको सीमाभन्दा बढी खेलाडीलाई पुरस्कार र प्रोत्साहन रकम वितरण गरिएको निष्कर्ष निकालेको छ। सम्बन्धित समितिको निर्णय र सिफारिस पूरा नगरी पदक वितरण गरिएको आरोप पनि लगाइएको छ।
सदस्यसचिव शर्मा भने पदक वितरणमा आफूले एकल निर्णय नगरेको र परिषद्को बोर्ड बैठकको निर्णयअनुसार काम गरेको दाबी गर्छन्। मन्त्री तथा बोर्ड अध्यक्षसहितका पदाधिकारीको उपस्थितिमा बैठक बसेर निर्णय गरिएको र निर्णयमा सम्बन्धित पदाधिकारीको हस्ताक्षर रहेको उनको जिकिर छ। उनले छानबिन समिति गठन र स्पष्टीकरण माग्ने प्रक्रियाको वैधानिकतामाथि समेत प्रश्न उठाएका छन्।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा