
१पक्राउ परेका सबै पत्रकार रिहा
२पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
३‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
४आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
५ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
६सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
७नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
८बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
९करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१०न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
११डा. गोविन्द केसी पुन: आन्दोलनमा
१२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, १३ कार्तिक । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट रहेका बिचौलिया इनम सापकोटा प्रकरणमा समाचार स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्राउ र धरपकड गर्न थालेपछि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले यस्तो गतिविधिले मुलुकमा संविधान नै सकिने टिप्पणी गरेका हुन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था रहे पनि अहिले संविधानको रक्षाका लागि नै लड्नुपर्ने परिस्थिति आएको उनको भनाइ छ। ‘समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो,’ उनले अनलाईन खबरसँगको कुराकानीमा भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।’ यो घटना इनाम सापकोटा प्रकरणसँग जोडिएको छ।
असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग नियमित सम्पर्क रहेको खुलेपछि झापाका इनम सापकोटा पक्राउ परेका थिए। उनलाई बिचौलियाको भूमिका खेलेर मुद्दा मिलाउने र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ।
सापकोटाको मोबाइल परीक्षण गर्दा चोलेन्द्रसँग बारम्बार फोन सम्पर्क भएको, कारागारमा रहेका व्यवसायी दीपक भट्टसँग कुराकानी गराएको, सशस्त्र प्रहरीका उच्च अधिकारीहरूसँग सम्पर्क रहेको र हालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीश हरिप्रसाद फुयालको नाम समेत उल्लेख भएको विवरण सार्वजनिक भएपछि प्रकरणले व्यापक तरंग ल्याएको थियो।
यसै विवरण सार्वजनिक गर्ने पत्रकारहरूमाथि प्रहरीले धरपकड सुरु गरेको हो। शाही शासनकालमा राजा ज्ञानेन्द्रले मिडियामाथि सेना परिचालन गरी कार्यकक्षमा गरेको हस्तक्षेप र प्रतिबन्धलाई पनि माथ दिँदै प्रहरीले आइजिपी दानबहादुर कार्कीका विषयमा समाचार लेखेकै आरोपमा धमाधम पत्रकारहरूलाई पक्राउ गर्न थालेको छ।
शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट नियन्त्रणमा लिएको छ। नेपाल प्रेसमा आइजिपी कार्कीलाई राजीनामा दिन दबाब भन्ने समाचार प्रकाशित भएको थियो। समाचारका विषयमा छलफल गर्ने भन्दै प्रहरी भ्यानमा आएका तीन जनाले उनलाई नियन्त्रणमा लिएर साइबर ब्युरो पु¥याएका हुन्। साइबर ब्युरोका एसपी दीपक अवस्थीले उहाँसहित अरू केहीसँग पनि सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताएका छन्।
शुक्रबार नै मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। डीएनए खबरका पत्रकार धिरज बस्नेतलाई समेत नियन्त्रणमा लिइएको छ।पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेका छन्।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै करिब ४/५ जना प्रहरी कार्यालयमा उपस्थित भएका थिए। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसेका थिए। पक्राउ पुर्जी भने थिएन।
नयाँ पत्रिकाको बिहीबारको अंकमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल र प्रहरीले हिरासतमा राखेको इनाम सापकोटासँग भएको संवाद प्रकाशित भएको थियो। अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका छन्।
त्यहाँ कार्यरत एक पत्रकारका अनुसार प्रहरी प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्न आएका थिए। दियो पोस्टले प्रधानन्यायाधीशसम्बन्धी समाचार प्रकाशित गरेको भन्दै आफूहरूलाई धम्की आएको समाचार अनलाइनमा प्रकाशित गरेको थियो।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा