News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

नेपाल पत्रकार महासंघ कास्की शाखा र नेपाल प्रेस युनियन कास्कीद्वारा पत्रकार घिमिरेको तत्काल रिहाईको माग

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार राजकुमार घिमिरेलाई हिजो (सोमबार)साँझ ७ बजे पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीको जनसभामा समाचार संकलनका लागि फर्कदैं गर्दा पत्रकार घिमिरेलाई बाटोमा कास्की प्रहरीले पक्राउ गरिएको कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउनु संवैधानिक अधिकार हुँदाहुँदै पत्रकार पक्राउ गर्नुले प्रेस स्वतन्त्रता माथि नै आक्रमण भएको महासंघ कास्कीको ठम्याई रहेको सचिव तिमिल्सेनाको भनाई छ । पत्रकार घिमिरेलाई विना शर्त रिहाई गर्न र स्वतन्त्र प्रेसको सम्मान गर्न नेपाल पत्रकार महासंघ कास्कीले प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीद्धारा पत्रकार घिमिरेको रिहाइको माग
नेपाल प्रेस युनियन कास्कीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पोखरापाटी डबटकम र सञ्चारकेन्द्र डटकममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई ससम्मान रिहाई गर्न माग गरेको छ ।

समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल र सचिव प्रदिप पौडेलको ध्यानाकर्षण भएको भन्दै प्रेस स्वतन्त्रताको रक्षा र स्वतन्त्रपूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण तयार गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।