
१विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
३स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
४पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
५ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१०‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
११रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पोखरा/रसुवा, ११ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटसहितका विभिन्न जिल्लामा ठुलो जनधनको क्षति भएको छ। चीनतर्फबाट एक्कासि आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, जलविद्युत् आयोजना र भौतिक संरचनाहरूमा ठुलो क्षति पुगेको छ ।
प्रहरीको हालसम्मको तथ्यांकअनुसार विभिन्न ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परिसकेको छ भने एक हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेको सुरक्षा निकायले जनाएको छ।
जिल्लागत रूपमा भेटिएका शवको विवरण
बुधबार मध्यरातिसम्म नदी किनारमा शव फेला पर्ने क्रम जारी थियो। प्रहरी बुलेटिनअनुसार विभिन्न जिल्लामा भेटिएका शवहरूको संख्या निम्नानुसार रहेको छः
चितवनः ६४ जना
धादिङः २७ जना
नवलपरासी पूर्वः २२ जना
गोरखाः १९ जना
नुवाकोटः १३ जना
तनहुँः ९ जना
रसुवाः ३ जना
विभिन्न अस्पतालमा घाइतेहरूको उपचार
बाढीमा परी घाइते भएका ४१ जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जः २० जना
त्रिशूली अस्पतालः ९ जना
ट्रमा सेन्टरः ४ जना
नर्भिक अस्पतालः ३ जना
वीर अस्पतालः ६ जना
वीरेन्द्र सैनिक अस्पताल, छाउनीः १ जना
व्यापक भौतिक तथा संरचनागत क्षति
सडक तथा पुलहरूः रसुवागढीदेखि गल्छीसम्मको सडक पूर्ण रूपमा ध्वस्त भएको छ। बाढीले कम्तीमा ३२ वटा पक्की पुल बगाएको छ भने सडक पूर्वाधारमा मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
जलविद्युत् आयोजनाः ४३१ मेगावाटका सञ्चालनमा रहेका १२ वटा र निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा ठुलो क्षति पुगेको छ।
बस्ती तथा सरकारी कार्यालयः रसुवाको रसुवागढी नाकाका संरचना, टिमुरे र स्याफ्रुबेँसी बस्ती बाढीले बगाएको छ। नुवाकोटको बेत्रावती, त्रिशूलीबजार र धादिङको बैरेनी क्षेत्रमा पनि ठुलो क्षति पुगेको छ।
खोज, उद्धार तथा राहत कार्य तीव्र
घटनालगत्तै सरकारले सुरक्षा निकाय र विभिन्न हेलिकोप्टरमार्फत उद्धार कार्यलाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बिहानैदेखि वस्तुस्थिति बुझ्दै उद्धार र राहतका लागि समन्वय गरिरहेका छन्। साथै, यस विपद्को घडीमा एकढिक्का भई राहत तथा उद्धार कार्यमा जुट्न उनले सबै राजनीतिक दल, सामाजिक संघसंस्था र आमनागरिकलाई अपिल गरेका छन्।
भारत, चीन र विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय समुदायले पनि राहत तथा पुनस्र्थापनाका लागि सहयोगको प्रतिबद्धता जनाएका छन् भने भारतबाट १० टन राहत सामग्रीसहितका औषधि काठमाडौं आइसकिएको छ। प्रमुख दलहरूले पनि आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेर नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहतमा खटाएका छन्।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति