
१‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
२लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
३बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
४आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
५अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
६राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
७राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
८फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
९सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१०अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
११सहकारी क्षेत्रमा आमूल परिवर्तन
१२रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
बागलुङ। मालपोत कार्यालय भन्नासाथ धेरैको दिमागमा आज पनि धेरै झञ्झट व्यहोर्नुपर्ने अड्डा मात्र होइन कर्मचारीको मनोमानी, खुलमखुला आर्थिक लेनदेन हुने स्थल सम्झन्छन् । जग्गाको मोलमोलाइ, कमिशन र दलालको बिगबिगीजस्ता कुराले मालपोत कार्यालय लामो समयदेखि सेवाग्राहीका बीचमा बदनाम छ तर पछिल्लो समय प्रविधिमैत्री सेवा प्रवाहलाई आत्मसाथ गर्न थालेपछि उल्लेख्य सुधार आएको छ । बिचौलियाको तँछाडमछाड हुने र कर्मचारीको पहिलो रोजाइमा पर्ने अड्डामा पूरै नभए पनि अधिक सुधार आएको स्वयं सेवाग्राही बताउँछन् ।
मालपोत कार्यालय बागलुङले सेवाग्राहीलाई थप प्रभावकारी र पारदर्शी बनाउन अहिले सिसीक्यामेरा जडान, स्तनपान कक्ष, नगदरहित कारोवार तथा कोरोना रोकथाममैत्री वातावरणलगायतका कार्यले सेवा लिन पुगेका नागरिकले भिन्न अनुभूति गर्छन् ।
मालपोत कार्यालयमा पछिल्लो समय सेवाग्राहीमैत्री वातावरण तयार भएको जग्गाको कारोवार गर्नका लागि जिल्ला मालपोत कार्यालय बागलुङ आउनुभएका नेपाल बङ्गलादेश बैंक बागलुङ शाखाका वरिष्ठ सहायक सुन्दु सापकोटाले बताउनुभयो । “बैंकको कामबाट कहिले जग्गा रोक्का त कहिले फुकुवा काममा हप्तैपिच्छे मालपोत कार्यालय आउने गर्दछु”, सापकोटाले भन्नुभयो, “अहिले मालपोतमा सेवा लिन निकै सहज भएको छ, थोरै समयमा धेरै काम गर्न सकिन्छ ।” पहिला कार्यालय प्रमुखको हस्ताक्षर लिन दुई तलामाथि जानु पर्दथ्यो, कुन कोठामा के काम हुन्थ्यो भन्ने कुनै जानकारी थिएन, भीडभाड हुन्थ्यो तर अहिले निकै व्यवस्थित भएको महसुस भएको छ ।
मालपोतमा भीडभाड हुने जानकारी भएकाले बिहानै बलेवा पैँयुपाटाबाट ससुरासँग बागलुङ बजार आउनुभएकी ४६ वर्षीया माया नेपाली मालपोतमा निकै छिटो काम भएकामा दङ्ग हुनुहुन्थ्यो । “मालपोतमा ढिलो काम हुन्छ भन्ने सुनेर १० बजे नै बलेवाबाट कार्यालय आए पनि काम समयमै सकिँदा अन्य बजारको कामसमेत गर्न भ्याएँ”, नेपालीले भन्नुभयो, “हाम्रो पहिलाको मान्यताअनुसार कार्यालय नभएको पाइयो, निकै व्यवस्थित भएका कारण काम गर्न सहज भयो ।”
अन्य सरकारी कार्यालयभन्दा बढी सफा सुग्घर, अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, मूलद्वारमै हात धुने व्यवस्था रहेको सेवाग्राहीले बताएका छन् । हिजोको दिनमा सेवाग्राहीलाई कोठैपिच्छे कागज लिएर हिँड्नु पर्र्दथ्यो, अहिले सबै कोठा हटाएर एउटै हलमा काम हुने व्यवस्था गर्दा बढी पारदर्शी भएको छ । कोठैपिच्छे हिँड्नुपर्ने समस्याले हैरान पर्ने गरेका सेवाग्राहीलाई कार्यालय व्यवस्थापनसँगै सहज गराउने प्रयास भएको कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो ।
जग्गावालाभन्दा तेस्रो व्यक्तिको प्रयोगले समस्या हुँदै आए पनि अहिले सहज भएको शर्माको भनाइ छ । कार्यालयको भुइँतलामा रहेका आठ कोठालाई भत्काएर हल बनाई आलुमिनियम र सिसाको काउन्टर बनाई सेवाग्राही मात्र सेवा लिनका लागि भित्र जाने र पारदर्शीरूपमा सेवा दिने/लिने वातावरण बनाइएको शर्माले जानकारी दिनुभयो ।
कार्यालयभित्र पस्नासाथ कुन मानिसले कस्तो व्यवहार गरेको छ भन्ने कुरा सिसीक्यामेराबाटै देखिन्छ । नगद बैंकमा जम्मा गरेर भौचरमात्रै बुझाउनु पर्दा घुस खाने/खुवाउने प्रवृत्तिको समेत अन्त्य भएको कार्यालय प्रमुख शर्मा बताउनुहुन्छ ।
महिलाले बच्चा लिएर आउने र दूध खुवाउन समस्या भएका कारण स्तनपान कक्ष निर्माण, कार्यालय परिसरमै प्रभु बैंकको काउण्टर स्थापना गरिएको छ । कार्यालयमा शुद्ध खानेपानीको समेत व्यवस्था गरिएको छ । कोरोना महामारीले गर्दा धेरै भीडभाड गर्न नपाइने भएकाले अनावश्यक मानिसलाई प्रवेशमा रोक, मास्क तथा स्यानिटाइजरको प्रयोग, अनिवार्य हात धोएर मात्र प्रवेश गर्न दिने र सामाजिक दूरी कायम गराउँदै आएको छ । अब कार्यालयमा पुराना लिखत, पुराना दर्ता, भूमि सुधारका पुराना फारामलाई आगामी दिनमा व्यवस्थापन गर्ने र आवश्यक परेको समयमा तुरुन्तै भेट्टाउन सकिने गराउने मालापोत कार्यालयको योजना छ । रासस
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म