
१गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
२पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
३विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
४साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
५गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
६पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
७अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
८श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
९भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
१०१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
११पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
१२पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
९गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
पोखरा, १० साउन । गण्डकी प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको ‘औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन र उपयोगसम्बन्धी विधेयक’ प्रदेश प्रमुख डिल्लीराज भट्टले पुनर्विचारका लागि प्रदेश सभामै फिर्ता पठाइदिएका छन्।
गत असार २५ गते प्रदेश सभाबाट पारित भएपछि प्रमाणीकरणका लागि असार ३० गते प्रदेश प्रमुख कार्यालयमा पुगेको उक्त विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाझिएको ठहर गर्दै प्रदेश प्रमुख भट्टले संविधानको धारा २०१ को उपधारा (३) बमोजिम सन्देशसहित साउन ८ गते फिर्ता पठाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिएका छन्।
प्रदेश प्रमुखले विधेयक फिर्ता गर्नुको मुख्य आधार नेपालको संविधान, संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ तथा विद्यमान संघीय लागु औषध कानूनलाई बनाएका छन्। नेपालको संविधानको धारा ५७ को उपधारा (६) तथा संघ, प्रदेश र स्थानीय तह समन्वय ऐनको दफा ४ मा प्रदेशले बनाउने कानूनहरू संघीय कानूनसँग बाझिन नहुने र बाझिएको हदसम्म अमान्य हुने स्पष्ट कानूनी व्यवस्था रहेको छ।
त्यसैगरी, विद्यमान संघीय कानूनको रूपमा रहेको ‘लागु औषध (नियन्त्रण) ऐन, २०३३’ को दफा ३ ले गाँजा र औषधोपयोगी गाँजालाई लागुऔषधका रूपमा परिभाषित गरेको छ भने दफा ४ ले गाँजाको खेती, उत्पादन, खरीदबिक्री, ओसारपोसार र सेवन जस्ता कार्यहरूलाई पूर्ण रूपमा निषेध गरेको छ। यही संघीय कानूनी व्यवस्थासँग प्रदेशको विधेयक बाझिएको हुनाले प्रदेश प्रमुखले यसमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन