
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, १० साउन । गण्डकी प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको ‘औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन र उपयोगसम्बन्धी विधेयक’ प्रदेश प्रमुख डिल्लीराज भट्टले पुनर्विचारका लागि प्रदेश सभामै फिर्ता पठाइदिएका छन्।
गत असार २५ गते प्रदेश सभाबाट पारित भएपछि प्रमाणीकरणका लागि असार ३० गते प्रदेश प्रमुख कार्यालयमा पुगेको उक्त विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाझिएको ठहर गर्दै प्रदेश प्रमुख भट्टले संविधानको धारा २०१ को उपधारा (३) बमोजिम सन्देशसहित साउन ८ गते फिर्ता पठाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिएका छन्।
प्रदेश प्रमुखले विधेयक फिर्ता गर्नुको मुख्य आधार नेपालको संविधान, संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ तथा विद्यमान संघीय लागु औषध कानूनलाई बनाएका छन्। नेपालको संविधानको धारा ५७ को उपधारा (६) तथा संघ, प्रदेश र स्थानीय तह समन्वय ऐनको दफा ४ मा प्रदेशले बनाउने कानूनहरू संघीय कानूनसँग बाझिन नहुने र बाझिएको हदसम्म अमान्य हुने स्पष्ट कानूनी व्यवस्था रहेको छ।
त्यसैगरी, विद्यमान संघीय कानूनको रूपमा रहेको ‘लागु औषध (नियन्त्रण) ऐन, २०३३’ को दफा ३ ले गाँजा र औषधोपयोगी गाँजालाई लागुऔषधका रूपमा परिभाषित गरेको छ भने दफा ४ ले गाँजाको खेती, उत्पादन, खरीदबिक्री, ओसारपोसार र सेवन जस्ता कार्यहरूलाई पूर्ण रूपमा निषेध गरेको छ। यही संघीय कानूनी व्यवस्थासँग प्रदेशको विधेयक बाझिएको हुनाले प्रदेश प्रमुखले यसमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति