
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, ३ साउन । पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका परिवारमध्ये अधिकांशको अन्यत्रै घरजग्गा रहेको तथ्य सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाद्वारा गठित छानबिन समितिको प्रतिवेदनअनुसार बसपार्कको जग्गामा बसोबास गरिरहेकामध्ये २ सय २० परिवारको अन्यत्रै घरजग्गा रहेको पाइएको हो ।
महानगरपालिकाका सूचना अधिकारी एवं छानबिन समितिका संयोजक कृष्ण तिवारीका अनुसार बसपार्क क्षेत्रमा बसोबास गर्ने कुल परिवारमध्ये २ सय ९९ परिवार मात्र वास्तविक भूमिहीन सुकुम्वासीका रूपमा पहिचान भएका छन् । सुरुमा २ सय ३३ परिवारको अन्यत्र घरजग्गा रहेको भनिए पनि थप अध्ययनका क्रममा १३ परिवार सुकुम्वासी नै रहेको पुष्टि भएपछि अन्यत्र घरजग्गा हुनेको संख्या २ सय २० कायम भएको उनले जानकारी दिए ।
समितिको प्रतिवेदनअनुसार सुकुम्वासी, भूमिहीन वा अव्यवस्थित बसोबासीका नाममा निवेदन दिएका ५५ परिवारको हकमा भने फरक अवस्था देखिएको छ । निवेदन दिएका उनीहरूको बसपार्क क्षेत्रमा जग्गा वा पसल देखिए पनि फिल्डमा बसोबास नभएको पाइएको छ । कुल ५ सय ७४ जनाले निवेदन दिएकामा एक जनाको विवरणमा त्रुटि देखिएपछि ५ सय ७३ जनाको निवेदनमा छानबिन गरिएको थियो । अन्यत्र घरजग्गा देखिएका परिवारलाई के गर्ने भन्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ।
महानगरपालिकाले सुकुम्वासीका रूपमा पहिचान भएका परिवारको व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । वास्तविक सुकुम्वासीका लागि जग्गा पहिचान गर्न छुट्टै समिति गठन गरिएको छ भने उक्त समितिले सम्भावित सरकारी वा सार्वजनिक जग्गाको खोजी गरी महानगरलाई सिफारिससमेत गरिसकेको छ । पहिचान भएका सुकुम्वासीलाई जग्गा व्यवस्थापन गरेपछि वडा, महानगर हुँदै सुकुम्वासी समस्या समाधान आयोगको सिफारिसमा मालपोत कार्यालयमार्फत लालपुर्जा दिने प्रक्रिया अगाडि बढाइनेछ ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गा २०३१ सालमा २ सय ५ रोपनी अधिग्रहण गरिएको थियो । विभिन्न समयमा जग्गा बिक्री, साटफेर र अतिक्रमणका कारण हाल सो जग्गा २६ रोपनीमा मात्र सीमित हुन पुगेको छ ।
यसैबीच, महानगरपालिकाले बसपार्क निर्माण प्रक्रियालाई तीव्रता दिएको छ । मेयर धनराज आचार्यका अनुसार महानगरले अहिलेसम्म बसपार्क क्षेत्रका ५ सय २० वटा अनधिकृत संरचनाहरू हटाइसकेको छ । छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै महानगरले सात दिनभित्र दाबी विरोध गर्न सम्बन्धित सबैलाई आह्वान गरेको छ । बसपार्कको जग्गामा भएको भनिएको चलखेलको अनुसन्धान गर्न पूर्व न्यायाधीश शंकर बरालको संयोजकत्वमा छुट्टै समिति गठन गरी छानबिन प्रक्रियासमेत अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति