
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
पोखरा, १ भदौं । केन्द्रको राजनीतिक समीकरणमा आएको तिक्ततासँगै नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय लिएको छ। दुई ठूला दलबीचको यो ‘ब्रेक’सँगै मुलुकको प्रादेशिक सत्ता राजनीति नयाँ मोडमा पुगेको छ। विशेषगरी, बारम्बारको सत्ता फेरबदलले संघीयताको औचित्यमाथि नै प्रश्न उठ्ने चिन्ताबीच गण्डकी प्रदेशमा समेत यसको बाछिटा पर्ने संकेत देखिएको छ।
सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेलगत्तै एमालेले समर्थन फिर्ता लिएपछि यसको असर राष्ट्रव्यापी बनेको हो। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् भने अन्य प्रदेशमा पनि मन्त्रीहरू फिर्ता बोलाउने तयारी कांग्रेसले गरेको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सहकार्यमा ‘उकुसमुकुस’ बढेकाले अलग हुनुपरेको स्पष्ट पारेका छन्।
यस परिस्थितिले विशेष गरी गण्डकी प्रदेशको राजनीतिलाई केन्द्रमा ल्याएको छ। यहाँको विशिष्ट अवस्थालाई ध्यानमा राख्दै दलहरू तत्काल सत्ता समीकरण फेर्ने पक्षमा देखिँदैनन्। पटक-पटकको सरकार परिवर्तनले नागरिकमा निराशा बढ्ने र संघीयता विरोधी आवाज बलियो हुने भन्दै गण्डकीका नेताहरूले संयमता अपनाउन जोड दिएका छन्।
गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। यहाँ कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिल्दा सहज बहुमत पुग्ने भए पनि, वर्तमान सत्ता साझेदार दलहरूबीचको सौहार्दपूर्ण वातावरणलाई बिथोल्न नहुने मत बलियो छ। एमाले प्रमुख सचेतक देवका पहारीले सहज रूपमा चलिरहेको गण्डकी सरकारमा अन्यत्रको विवादको छाया पर्न नहुने बताउँछिन्।
त्यस्तै, कांग्रेस प्रमुख सचेतक प्रकाश बरालले पनि गण्डकीको विशिष्ट अवस्थालाई केन्द्रीय नेतृत्वले बुझ्नुपर्नेमा जोड दिएका छन्। यद्यपि, केन्द्रबाटै निर्णय लादिएको अवस्थामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने यसपटक मुख्यमन्त्री पदमा आफ्नो दाबी रहने अडान राखेको छ। संसदीय दलका नेता हरिबहादुर चुमानका अनुसार सरकार फेर्नैपर्ने बाध्यात्मक अवस्था आए ‘बटमलाइन’ मुख्यमन्त्री नै हुनेछ।
अन्य प्रदेशको अवस्था हेर्दा, मधेशबाहेकका ६ वटै प्रदेशमा नेतृत्व परिवर्तनको कसरत सुरु भएको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा कांग्रेस र एमाले दुवै दलले नेकपा (माओवादी केन्द्र) लाई आफ्नो पक्षमा पार्न निर्णायक कसरत गरिरहेका छन्। कोशी प्रदेशमा राप्रपाको भूमिका निर्णायक देखिएको छ भने, लुम्बिनी र बागमतीमा साना दलहरू सत्ता समीकरणको ‘कि–फ्याक्टर’ बनेका छन्।
प्रदेशमा सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र)को भूमिका निर्णायक देखिएपछि दुवै दलका नेताहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग सम्वाद तीव्र बनाएका छन्। कांग्रेस सभापति गगन थापा र दाहालबीच यस विषयमा गम्भीर छलफल भएको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नेकपासँग संवाद अघि बढाएका छन्।
१७ असार २०८२ मा भएको सातबुँदे सहमतिअनुसार केन्द्रमा नेतृत्व फेरिँदा प्रदेशमा पनि सोहीअनुसार नेतृत्व बदल्ने समझदारी कांग्रेसको थियो। तर, बजेट पारित गर्ने विषयमा सुदूरपश्चिम र कोशीमा देखिएको विवादले अन्ततः यो सत्ता सहकार्य नै तोडिने अवस्थामा पुगेको हो। अबको केही दिनमा नेकपाका अध्यक्ष दाहालको निर्णयले सातै प्रदेशको नयाँ सत्ता समीकरण र नेतृत्वको भविष्य तय गर्नेछ। केन्द्रको यो राजनीतिक ‘ब्रेक’ले प्रदेशहरूलाई कस्तो असर पार्छ भन्ने कुरा अबको केही दिनमा स्पष्ट हुनेछ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ