
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजको शोषणमा परेका किसान तथा मजदुरको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले पहिलो पटक मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ। यससँगै सरकारले पीडितका मागहरूलाई औपचारिक रूपमा सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको छ।
बिहीबार सरकार र मिटरब्याजविरुद्ध आन्दोलनरत पक्षबीच भएको पाँचबुँदे सहमतिअनुसार अब मिटरब्याजलाई संस्थागत आर्थिक शोषणका रूपमा परिभाषित गरिनेछ। सरकारले फर्जी तमसुक तथा जालसाजीपूर्ण लिखतलाई अवैध घोषणा गर्दै यसको नियन्त्रणका लागि तीन महिनाभित्र विशेष ऐन ल्याउने प्रतिबद्धता जनाएको छ। यसअघि गठन गरिएका आयोग र कार्यदलहरूले ठोस नतिजा दिन नसकेको यथार्थलाई स्वीकार गर्दै यसपटक सरकारले समस्याको दीर्घकालीन समाधानका लागि कानुनी संरचना नै परिवर्तन गर्ने तयारी गरेको हो।
नयाँ प्रस्तावित ऐनमा मिटरब्याजजन्य कारोबारको स्पष्ट परिभाषा, पीडितको पहिचान, क्षतिपूर्ति र हडपिएको जग्गा फिर्ता गराउने प्रक्रिया समेटिनेछ। विशेषगरी, नभएको ऋणको तमसुक बनाउने, ब्याजलाई साँवामा जोडेर नयाँ तमसुक तयार पार्ने, धम्की वा हिंसा प्रयोग गर्ने तथा बैंकिङ प्रमाणबिनै लिखत प्रमाणित गर्ने जस्ता कार्यलाई अब गम्भीर अपराधको दायरामा ल्याइनेछ। यो व्यवस्थाले मिटरब्याजको समस्यालाई सामान्य लेनदेनको विवादबाट माथि उठाई आपराधिक न्याय प्रणालीअन्तर्गत ल्याउने बाटो खुला गर्नेछ।
सम्झौता कार्यान्वयनका लागि सरकार, विज्ञ र आन्दोलनरत पक्षका प्रतिनिधि सम्मिलित उच्चस्तरीय वार्ता तथा संवाद समितिले सात दिनभित्र विशेष कार्यदल बनाएर कानुनको मस्यौदा तयार पार्नेछ। यस कार्यदलमा गृह, अर्थ, कानुन, भूमि व्यवस्था मन्त्रालयका साथै महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
सरकारसँगको यो सहमतिपछि आन्दोलनरत पक्षले जनकपुरदेखि काठमाडौंसम्म गर्दै आएको ‘पैदल न्याय मार्च’ तत्कालका लागि स्थगित गरेको छ। यद्यपि, आन्दोलनकारीहरूले सहमति कार्यान्वयनमा ढिलाइ वा बेवास्ता गरिए आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने चेतावनी दिएका छन्। यो पहलले वर्षौंदेखि साहुको जालमा फसेका हजारौं विपन्न किसान र मजदुरहरूले अब न्याय पाउने आशा जगाएको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ