
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
काठमाडौं, ३२ असार । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई अकुत सम्पत्ति आर्जनको मुद्दामा साढे ८ वर्ष कैद र भारी जरिवानाको फैसला सुनाएको छ। न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले अकुत सम्पत्ति आर्जनमा ८ वर्ष र सार्वजनिक पदको दुरुपयोग गरेको अभियोगमा थप ६ महिना कैद सजाय निर्धारण गरेको हो।
अदालतले पौडेललाई १ करोड ५४ लाख २५ हजार २ सय रुपैयाँ जरिवाना भराउने फैसला गरेको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ (३) बमोजिम थप ६ लाख १७ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने ठहर पनि गरेको छ। सोही मुद्दामा पौडेलको गैरकानुनी सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा दीपक आनन्दलाई पनि समान सजाय र जरिवाना सुनाइएको छ।
यसअघि मंगलबार मात्रै विशेष अदालतले पौडेललाई भ्रष्टाचारको अर्को मुद्दामा साढे १५ करोड बिगो कायम गर्दै साढे २ वर्ष कैदको फैसला सुनाएको थियो। उक्त घुस प्रकरणमा उनलाई १२ करोड ७५ लाख ७० हजार रुपैयाँ बिगो र सोही बराबरको जरिवानाका साथै ५१ लाख रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान र सिंगापुरस्थित बैंक खाताको विवरणले पौडेलले लामो समयदेखि गैरकानुनी रूपमा विदेशी मुद्राको कारोबार गर्दै आएको पुष्टि गरेको थियो। फरेन्सिक प्रतिवेदन र सिंगापुरका आधिकारिक निकायबाट प्राप्त कागजातका आधारमा उनको खातामा १३ करोड ५३ लाख रुपैयाँ बराबरको विदेशी रकम फेला परेको थियो। राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वप्रमुख समेत रहेका पौडेलले कुल १४ करोड ९७ लाख रुपैयाँ अवैध रूपमा आर्जन गरेको अदालतको ठहर छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति