
१टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
३स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
६गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
७कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
८२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
९गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
१०पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
११३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
१२वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
काठमाडौं, ३२ असार । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई अकुत सम्पत्ति आर्जनको मुद्दामा साढे ८ वर्ष कैद र भारी जरिवानाको फैसला सुनाएको छ। न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले अकुत सम्पत्ति आर्जनमा ८ वर्ष र सार्वजनिक पदको दुरुपयोग गरेको अभियोगमा थप ६ महिना कैद सजाय निर्धारण गरेको हो।
अदालतले पौडेललाई १ करोड ५४ लाख २५ हजार २ सय रुपैयाँ जरिवाना भराउने फैसला गरेको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ (३) बमोजिम थप ६ लाख १७ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने ठहर पनि गरेको छ। सोही मुद्दामा पौडेलको गैरकानुनी सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा दीपक आनन्दलाई पनि समान सजाय र जरिवाना सुनाइएको छ।
यसअघि मंगलबार मात्रै विशेष अदालतले पौडेललाई भ्रष्टाचारको अर्को मुद्दामा साढे १५ करोड बिगो कायम गर्दै साढे २ वर्ष कैदको फैसला सुनाएको थियो। उक्त घुस प्रकरणमा उनलाई १२ करोड ७५ लाख ७० हजार रुपैयाँ बिगो र सोही बराबरको जरिवानाका साथै ५१ लाख रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान र सिंगापुरस्थित बैंक खाताको विवरणले पौडेलले लामो समयदेखि गैरकानुनी रूपमा विदेशी मुद्राको कारोबार गर्दै आएको पुष्टि गरेको थियो। फरेन्सिक प्रतिवेदन र सिंगापुरका आधिकारिक निकायबाट प्राप्त कागजातका आधारमा उनको खातामा १३ करोड ५३ लाख रुपैयाँ बराबरको विदेशी रकम फेला परेको थियो। राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वप्रमुख समेत रहेका पौडेलले कुल १४ करोड ९७ लाख रुपैयाँ अवैध रूपमा आर्जन गरेको अदालतको ठहर छ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?