
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
लमजुङ, असार ३२ । लमजुङमा केही दिनअघि मृत फेला परेका ५७ वर्षीय बुद्धिबहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लुटपाटको उद्देश्यले आफ्नै साथीबाट उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार, बेंसीसहर–८ तामाङ टोलका ५७ वर्षीय बोहरा असार २१ गतेदेखि बेपत्ता थिए भने असार २५ गते उनको शव बेंसीसहर–१ स्थित भीरपानी सामुदायिक वनमा फेला परेको थियो। प्रहरीले घटनाको अनुसन्धान गर्दै दोर्दी गाउँपालिका–१ का ३० वर्षीय विजय लामिछानेलाई पक्राउ गरेको छ।
प्रहरी अनुसन्धानमा लामिछाने र मृतक बोहरा निकै मिल्ने साथी रहेको खुलेको छ। घटनाको दिन दुवै जना सँगै रहेका र लामिछानेकै आग्रहमा जंगलतर्फ गएको पाइएको छ। आर्थिक समस्याका कारण बोहराले लगाएको सुनको सिक्री र औंठीमा लोभिएर लामिछानेले चिलाउनेको रुखको हाँगाले प्रहार गरी उनको हत्या गरेको प्रहरी प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
हत्यापछि लामिछानेले लुटेको करिब साढे दुई तोला सुन चितवनको भरतपुर–२१ स्थित मौलाकालिका सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय दीपक विश्वकर्मालाई बिक्री गरेको खुलेको छ। सो सुन ६ लाख ४४ हजार रुपैयाँमा खरिद–बिक्री गर्ने सहमति भएको र ४४ हजार रुपैयाँ तत्काल भुक्तानी गरिएको अनुसन्धानबाट पत्ता लागेको छ। सुन खरिद गर्ने व्यवसायी विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
सुरुमा घटना अस्वीकार गरेका लामिछानेले पछिल्लो बयानमा अपराध स्वीकारेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीहरूविरुद्ध कर्तव्य ज्यान र चोरी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा