
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
लमजुङ, असार ३२ । लमजुङमा केही दिनअघि मृत फेला परेका ५७ वर्षीय बुद्धिबहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लुटपाटको उद्देश्यले आफ्नै साथीबाट उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार, बेंसीसहर–८ तामाङ टोलका ५७ वर्षीय बोहरा असार २१ गतेदेखि बेपत्ता थिए भने असार २५ गते उनको शव बेंसीसहर–१ स्थित भीरपानी सामुदायिक वनमा फेला परेको थियो। प्रहरीले घटनाको अनुसन्धान गर्दै दोर्दी गाउँपालिका–१ का ३० वर्षीय विजय लामिछानेलाई पक्राउ गरेको छ।
प्रहरी अनुसन्धानमा लामिछाने र मृतक बोहरा निकै मिल्ने साथी रहेको खुलेको छ। घटनाको दिन दुवै जना सँगै रहेका र लामिछानेकै आग्रहमा जंगलतर्फ गएको पाइएको छ। आर्थिक समस्याका कारण बोहराले लगाएको सुनको सिक्री र औंठीमा लोभिएर लामिछानेले चिलाउनेको रुखको हाँगाले प्रहार गरी उनको हत्या गरेको प्रहरी प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
हत्यापछि लामिछानेले लुटेको करिब साढे दुई तोला सुन चितवनको भरतपुर–२१ स्थित मौलाकालिका सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय दीपक विश्वकर्मालाई बिक्री गरेको खुलेको छ। सो सुन ६ लाख ४४ हजार रुपैयाँमा खरिद–बिक्री गर्ने सहमति भएको र ४४ हजार रुपैयाँ तत्काल भुक्तानी गरिएको अनुसन्धानबाट पत्ता लागेको छ। सुन खरिद गर्ने व्यवसायी विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
सुरुमा घटना अस्वीकार गरेका लामिछानेले पछिल्लो बयानमा अपराध स्वीकारेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीहरूविरुद्ध कर्तव्य ज्यान र चोरी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति