
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, ३० असार । ‘अन्धकारमा उज्यालो छर्ने, पानी जमाएर डल्लो बनाउने र कोपिलालाई तत्काल फूल फुलाउने’ अदभूत शक्तिको दाबी गर्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, ’बहुमूल्य’ क्रिस्टलको प्रलोभन देखाई ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको हो । पोखरा महानगरपालिका–१८ का दिपेन्द्र तिमिल्सिनालाई उक्त क्रिस्टल देखाएर ‘यसको मूल्य अरबौँ पर्छ’ भनी झुक्याउँदै गिरोहले १० लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
पिडित तिमिल्सिनालाई फागुन महिनामा नै प्रलोभनमा पारी रकम असुलेको सो गिरोहले पुनः २८ असारमा थप २० लाख रुपैयाँ माग गरेको थियो । पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि पिडितले प्रहरीलाई गुहारेका थिए । सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले २९ असारको मध्यरातमा पोखरा-२६, कालिकास्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले छापा मार्ने क्रममा सेतो टल्किने क्रिस्टलजस्तो वस्तु, काठको बट्टा, चार्जर र ६ थान मोबाइल बरामद गरेको छ। पक्राउ पर्नेहरुमा डिल बहादुर बुढाथोकी (५१), म्याग्दी-(हाल पोखरा–२६), दिपक गोतामे (२९)-म्याग्दी, प्रेम चन्द बिश्वकर्मा (४५)-पोखरा–२८, राजन विश्वकर्मा (३५)-पर्वत, रोशनी सुनार (२९) –पर्वत र खैसरा सुनार (७२) – पर्वत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानका अनुसार, पक्राउ परेका ६ जना विरुद्ध सम्मानित कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले सर्वसाधारणलाई यस्ता अन्धविश्वासपूर्ण र काल्पनिक प्रलोभनमा नपर्न समेत आग्रह गरेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा