
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, २५ असार । गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक उत्पादन र उद्यमशीलतामा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार एक समारोहका बीच प्रदेशका पाँच उत्कृष्ट कृषक तथा कृषि फर्महरूलाई नगदसहित सम्मान गरेको हो।
कृषि पेशालाई मर्यादित, सम्मानित र व्यावसायिक बनाउँदै युवा पुस्तालाई समेत स्वदेशमै कृषि कर्ममा आकर्षित गर्ने उद्देश्यले मन्त्रालयले हरेक वर्ष यो सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्षको ’सर्वोत्कृष्ट कृषि पुरस्कार’ बागलुङको गलकोट–१ स्थित सहारा कृषि फर्मका सञ्चालक गमबहादुर कुँवरले प्राप्त गरेका छन्। उनलाई ५० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।
त्यसैगरी, ‘प्रदेश उत्कृष्ट कृषि पुरस्कार’ बाट नवलपरासीको मौलाकालिका कृषि फर्मका निर्मल भट्टराई, पोखरा–१४ को रोशन एण्ड रोहित कृषि फर्मका रमेश खनाल, तनहुँको व्यास–१० स्थित दाजुभाइ गाई फार्मका रमेश तिमिल्सिना, स्याङ्जाको भीरकोट–७ को खिलुङ कालिका अर्गानिक कृषि फर्मका शालिग्राम अर्याल र मुस्ताङको नीलगिरी पशुपक्षी तथा कृषि व्यवसायका भूपेन्द्र शेरचन सम्मानित भएका छन्। प्रदेश उत्कृष्ट पुरस्कार प्राप्त गर्ने कृषकहरूले जनही ३२ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्राप्त गरेका छन्।
कार्यक्रममा कृषिमन्त्री भीमबहादुर कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा विकास गर्न सरकार दृढ रहेको बताए। मन्त्री कार्कीले भने, ‘हामी कृषि उत्पादनलाई बजारसँग जोड्दै आधुनिक, प्रतिस्पर्धी र आत्मनिर्भर कृषि प्रणालीको विकास गर्न केन्द्रित छौं। उत्कृष्ट कृषकलाई दिइने यस्ता सम्मानले उनीहरूको हौसला मात्र बढाउँदैन, बरु अन्य धेरै किसानलाई व्यावसायिक कृषिमा लाग्न प्रेरणा प्रदान गर्दछ।’
मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईं भट्टराईले कृषिमा नवप्रवर्तन र यान्त्रिकीकरणलाई जोड दिँदै उत्पादन वृद्धिमा लागेका किसानको योगदानको कदर गर्नु राज्यको दायित्व भएको बताइन्। मन्त्रालयका सूचना अधिकारी एवं पशु चिकित्सक डा. राजेशकुमार चौधरीका अनुसार, यस प्रकारको प्रोत्साहनले गण्डकी प्रदेशमा कृषि उद्यमशीलताको विस्तार, आयात प्रतिस्थापन र खाद्य सुरक्षाको लक्ष्य हासिल गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ।
उत्कृष्ट कृषकहरूको यो सफलताले कृषि क्षेत्रमा भविष्य खोजिरहेका युवाहरूका लागि समेत नयाँ ढोका खोलेको छ। आगामी दिनमा पनि यस्ता सम्मान र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्रान्तिमार्फत आत्मनिर्भर प्रदेश निर्माण गर्ने सरकारको लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति