
१वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
३पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
८कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
९रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, २५ असार । गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक उत्पादन र उद्यमशीलतामा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार एक समारोहका बीच प्रदेशका पाँच उत्कृष्ट कृषक तथा कृषि फर्महरूलाई नगदसहित सम्मान गरेको हो।
कृषि पेशालाई मर्यादित, सम्मानित र व्यावसायिक बनाउँदै युवा पुस्तालाई समेत स्वदेशमै कृषि कर्ममा आकर्षित गर्ने उद्देश्यले मन्त्रालयले हरेक वर्ष यो सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्षको ’सर्वोत्कृष्ट कृषि पुरस्कार’ बागलुङको गलकोट–१ स्थित सहारा कृषि फर्मका सञ्चालक गमबहादुर कुँवरले प्राप्त गरेका छन्। उनलाई ५० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।
त्यसैगरी, ‘प्रदेश उत्कृष्ट कृषि पुरस्कार’ बाट नवलपरासीको मौलाकालिका कृषि फर्मका निर्मल भट्टराई, पोखरा–१४ को रोशन एण्ड रोहित कृषि फर्मका रमेश खनाल, तनहुँको व्यास–१० स्थित दाजुभाइ गाई फार्मका रमेश तिमिल्सिना, स्याङ्जाको भीरकोट–७ को खिलुङ कालिका अर्गानिक कृषि फर्मका शालिग्राम अर्याल र मुस्ताङको नीलगिरी पशुपक्षी तथा कृषि व्यवसायका भूपेन्द्र शेरचन सम्मानित भएका छन्। प्रदेश उत्कृष्ट पुरस्कार प्राप्त गर्ने कृषकहरूले जनही ३२ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्राप्त गरेका छन्।
कार्यक्रममा कृषिमन्त्री भीमबहादुर कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा विकास गर्न सरकार दृढ रहेको बताए। मन्त्री कार्कीले भने, ‘हामी कृषि उत्पादनलाई बजारसँग जोड्दै आधुनिक, प्रतिस्पर्धी र आत्मनिर्भर कृषि प्रणालीको विकास गर्न केन्द्रित छौं। उत्कृष्ट कृषकलाई दिइने यस्ता सम्मानले उनीहरूको हौसला मात्र बढाउँदैन, बरु अन्य धेरै किसानलाई व्यावसायिक कृषिमा लाग्न प्रेरणा प्रदान गर्दछ।’
मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईं भट्टराईले कृषिमा नवप्रवर्तन र यान्त्रिकीकरणलाई जोड दिँदै उत्पादन वृद्धिमा लागेका किसानको योगदानको कदर गर्नु राज्यको दायित्व भएको बताइन्। मन्त्रालयका सूचना अधिकारी एवं पशु चिकित्सक डा. राजेशकुमार चौधरीका अनुसार, यस प्रकारको प्रोत्साहनले गण्डकी प्रदेशमा कृषि उद्यमशीलताको विस्तार, आयात प्रतिस्थापन र खाद्य सुरक्षाको लक्ष्य हासिल गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ।
उत्कृष्ट कृषकहरूको यो सफलताले कृषि क्षेत्रमा भविष्य खोजिरहेका युवाहरूका लागि समेत नयाँ ढोका खोलेको छ। आगामी दिनमा पनि यस्ता सम्मान र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्रान्तिमार्फत आत्मनिर्भर प्रदेश निर्माण गर्ने सरकारको लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ