
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौँ, १४ जेठ । गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलन र प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले वर्तमान सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १७ जना सांसद एवं नेताहरूमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले बुधबार सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट, आगजनी र ललितपुरस्थित नक्खु कारागार तोडफोड भएको घटनामा रास्वपाका शीर्ष नेतृत्वको संलग्नता सङ्केत गर्दै सूक्ष्म छानबिनका लागि सिफारिस गरिएको हो।
आयोगको प्रतिवेदन अनुसार, भदौ २४ गते नक्खु कारागारमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने बाहिरिएको र त्यसलगत्तै बन्दीहरूले कारागार तोडेर भागेको घटनामा गम्भीर कानुनी त्रुटि र मानवअधिकार उल्लंघन भएको औँल्याइएको छ।
‘लामिछाने थुनामा रहेको ललितपुर नक्खुस्थित कारागारमा रास्वपाका नेता तथा तत्कालीन सांसदहरू मनिष झा र हरि ढकालसहितको भीडले कारागार घेरेको र सुरक्षाको कारण देखाउँदै रवि लामिछाने बाहिरिएपश्चात सो कारागारका बन्दीहरू कारागार तोडी बाहिर निस्किएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ। आयोगले कारागार र बाल सुधार गृहका कैदीबन्दी एवं बालबिझ्याइँकर्तालाई बाहिर पठाउन सहयोग गरी आम नागरिकको मानवअधिकार उल्लंघन हुने कार्यमा लामिछाने र नक्खु कारागारका तत्कालीन प्रशासक (जेलर) सत्यराज जोशीको संलग्नता देखिएकाले छानबिन गर्नुपर्ने उल्लेख गरेको छ।
प्रतिवेदनको ’सिफारिस खण्ड’ को बुँदा नम्बर १४ मा आयोगले आफ्नो अधिकार क्षेत्रको सिमितताका कारण पूर्ण अनुसन्धान गर्न नसकेका विषयमा सरकारले थप छानबिन गर्नुपर्ने स्पष्ट पारेको छ। प्रतिवेदनमा अनधिकृत रूपमा कारागारबाट बाहिर निस्किएको घटनामा को–कसको संलग्नता थियो भन्ने विषयमा विश्लेषण गर्दै जेलर र लामिछानेको बयान बाझिएको तथ्य समेत उजागर गरिएको छ।
जेलर जोशीले भीडको डर, त्रास र धम्कीका कारण दबाबमा परेर लामिछानेलाई छोड्ने पत्रमा सहीछाप गरेको बयान दिएका छन् भने लामिछानेले जेलरले नै सुरक्षाको कारण देखाउँदै आफू बाहिर गए जेल सुरक्षित हुने भन्दै पत्र दिएर पठाएको दाबी गरेका छन्। आयोगले जेलरले दबाबमा हस्ताक्षर गरेको दाबी गरे पनि त्यसबारे तत्काल कतै जानकारी नगराएकाले ’कारागार ऐन, २०७९’ विपरीत कार्य भए–नभएको यकिन गर्न सरकारलाई सूक्ष्म अनुसन्धानको सिफारिस गरेको हो। यद्यपि, लामिछाने पक्षका कानुन व्यवसायी र समर्थकहरूले भने स्वयं थुनामा रहेको व्यक्तिलाई ’जेलबाट निस्कने योजनाकार’ का रूपमा प्रस्तुत गर्नु कानुनी र तथ्यगत रूपमा गलत हुने दाबी गर्दै आएका छन्।
यसैगरी, प्रतिवेदनमा पूर्वगृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङले ’हामी नेपाल’ संस्थाको अध्यक्षका रूपमा आन्दोलनलाई उग्र बनाउन भूमिका खेलेको उल्लेख छ। शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर कार्यक्रम हिंसात्मक बन्दा समेत घुसपैठ रोक्न आवश्यक कार्य नगरेको भन्दै गुरुङसहित पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेमराज साउदमाथि थप अनुसन्धान गर्न भनिएको छ।
आयोगले आन्दोलनपूर्व र आन्दोलनका क्रममा सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदनका आधारमा रास्वपाका अन्य १४ जना सांसद एवं नेताहरूमाथि पनि मानवीय र भौतिक क्षतिको घटनामा संलग्नता रहे–नरहेकोबारे छानबिन गर्न सिफारिस गरेको छ। अनुसन्धानको दायरामा तानिएका सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, तोसिमा कार्की, राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, आशिका तामाङ, शिव यादव र हरि ढकाल रहेका छन्।
यता, आयोगको प्रतिवेदन र सिफारिसप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। रास्वपाका प्रवक्ता एवं सांसद मनिष झाले आयोगको सिफारिसलाई स्वीकार गर्दै यथाशीघ्र निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरेका छन्। ‘आयोगले थप अनुसन्धान गर्न भनेर सिफारिस गरेको छ। त्यो अनुसन्धान चाँडै गरियोस् भन्ने अनुरोध छ। निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस्,’ झाले भने। उनले पार्टी सभापति लामिछानेलाई भीडबाट जोगाउनका लागि मात्र आफू नक्खु कारागार पुगेको स्पष्टीकरण समेत दिएका छन्।
अर्की सांसद डा. तोसिमा कार्कीले प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार र उद्धारमा संलग्न भएकै कारण अनुसन्धानको दायरामा ल्याइनु आपत्तिजनक रहेको टिप्पणी गरेकी छन्। राज्यको तर्फबाट प्रहार भएको गोली लागेर घाइते भएकाहरूलाई सिभिल अस्पतालमा उपचार गर्न चिकित्सक र सांसदको हैसियतले गएको उल्लेख गर्दै उनले भनिन्, “सरकार नै हत्यामा संलग्न भएपछि यसको कठपुतली बनेको संसद्को सदस्य बन्न सक्दैन भनेर सांसद पदबाट राजीनामा पनि दिएको हो। मानवअधिकार आयोगले मानवलाई बचाउन गएको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउनु नपर्ने हो, तर अनुसन्धान गर्नू भन्दैमा आपत्ति जनाइहाल्नुपर्ने छैन।“
त्यस्तै, बाग्लुङ–२ बाट निर्वाचित सांसद सोम शर्माले आयोगको सिफारिसप्रति गम्भीर आपत्ति जनाएका छन्। आन्दोलनमा आफू स्वयं घाइते भएको दाबी गर्दै शर्माले भने, ‘घाइतेलाई नै दोषी बनाएर कारबाही सिफारिस गरिन्छ भने प्रतिवेदनमाथि नै शंका उब्जिन्छ। अनुसन्धान पर्याप्त नगरी प्रतिवेदन ल्याएको हो कि भन्ने लाग्यो।’ उनले अनुसन्धानका लागि बोलाइएको ठाउँमा उपस्थित भएर आफ्नो धारणा राख्ने स्पष्ट पारेका छन्।
आयोगले राजनीतिक दलका नेता–सांसदहरू मात्र नभई ‘जेन–जी’ आन्दोलनलाई प्रोत्साहन गर्ने कलाकार र सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूमाथि समेत अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको छ।
अनुसन्धानका लागि सिफारिस गरिएका रास्वपा सांसद:
१. रवि लामिछाने
२. सुधन गुरुङ
३. दीपक बोहोरा
४. मनिष झा
५. गणेश कार्की
६. सुलभ खरेल
७. बब्लु गुप्ता
८. कृष्ण कार्की
९. तोषिमा कार्की
१०. राजिव खत्री
११. शोम शर्मा
१२. केपी खनाल
१३. ज्वाला संग्रौला
१४. पुरुषोत्तम यादव
१५. आशिका तामाङ
१६. हरि ढकाल
१७. शिव यादव
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?