
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
पोखरा, २७ चैत्र । पोखराको मालेपाटनमा जारी पहिलो संस्करणको ‘३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता’को प्रिक्वाटरफाइनल चरणका सबै खेलहरू शुक्रबार सम्पन्न भएका छन् । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटन खेलमैदानमा भएको प्रतियोगितामा चारवटा प्रिक्वाटरफाइनल खेलहरूमा आयोजकसहित पाँच टिमले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
आजको पहिलो खेलमा आयोजक गण्डकी स्पोर्टस् क्लब ‘ए’ ले टाइटन भेट्रान्सलाई ३–० गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । आयोजकको जितमा गणेश कुँवर, अमृत आलेमगर र बासु जिसीले एक–एक गोल गरे ।
दोस्रो प्रिक्वाटरफाइनलमा एनके एफसीले सबिन मेमोरिय एक्स एलजी एकतालाई ३–० गोल अन्तरले पराजित गर्यो । एनके एफसीको जितमा मनिष थापाले दुई गोल गरे भने कन्या गुरुङले एक गोल गरे ।
तेस्रो खेलमा पोखरा १५ ले एट टु नाइनलाई २–० गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । पोखरा १५ को जितमा अशोक लामा र रोशन सुनारले एक–एक गोलको योगदान दिए ।
चौथो खेलमा पोखरा लायन्सले टिचर्स एफसीमाथि ५–२ गोलको फराकिलो जित हासिल ग¥यो । पोखरा लायन्सका लागि दिपेन शाही, विष्णु केसी, रोशन सुहाङ, विष्णु लामिछाने र विजय गुरुङले एक–एक गोल गरे । टिचर्स एफसीका डिटी मगर र भरत अधिकारीले एक–एक गोल फर्काए ।
अन्तिम प्रिक्वाटरफाइनल खेलमा कस्केरी भेट्रान्सले हेमजा एफसीलाई २–१ गोलले साँघुरो जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । कस्केरीको जितमा अन्तिम गुरुङ र लक्ष्मण महतले एक–एक गोल गरे भने हेमजा एफसीका मिलन गुरुङले एक सान्त्वना गोल गरे ।
प्रतियोगिताका संयोजक र्यामोस गुरुङका अनुसार शनिबार क्वाटरफाइनलका चार खेलहरू हुनेछन् ।
प्रतियोगिताको विजेता टिमले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षकलाई २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता मालेपाटन खेलमैदानमा नै जारी रहनेछ ।
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट