
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौँ, २६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने भएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई कसैको जिम्मा लगाएर हिरासतमुक्त गर्नुपर्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट काठमाडौं प्रहरीमा पुगेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार, ‘त्यसअनुसार प्रक्रिया अघि बढाइसकेका छौं ।’
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकको परिवारले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै महत्वपूर्ण आदेश जारी गरेको थियो । अदालतले उनीहरूलाई हिरासतमा राख्नुलाई कानुनविपरीत भन्न नमिल्ने ठहर गरे पनि, काठमाडौं जिल्ला अदालतबाट थपिएको पाँच दिनको म्याद सकिएपछि हिरासतमुक्त गर्न निर्देशन दिएको थियो ।
अदालतले आदेशमा उल्लेख गरेको छ कि, म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नुपर्ने छ । यदि सो हुन सकेन भने तेस्रो पटकको म्याद सकिएपछि मुलुकी फौजदारी संहिता, २०७४ को दफा १५ बमोजिम प्रक्रिया पूरा गरी उनीहरूलाई हिरासतमुक्त गर्दै थप अनुसन्धान अघि बढाउन सकिने छ । अदालतले ओली र लेखकको बयानलगायत अनुसन्धानका अन्य कार्यहरू मिसिलबाट सम्पन्न भइसकेको देखिएको पनि उल्लेख गरेको छ ।
यसैगरी, छानबिन समितिले कारबाही सिफारिस गरेकामध्ये तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत उपस्थित हुने गरी हाजिर जमानतमा छाडिएको सन्दर्भलाई उद्धृत गर्दै अदालतले समानताको सिद्धान्त लागू गर्नुपर्नेमा जोड दिएको थियो । पूर्वप्रधानमन्त्री ओली जटिल बिरामी भएकाले पनि अनुसन्धान प्रक्रिया छिटो टुंग्याउनुपर्ने देखिएको अदालतको ठहर छ ।
प्रहरीले गत १४ चैतमा ओली र लेखकलाई पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही सिलसिलामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
आयोगले गत वर्ष भदौ २३ मा भएको गोली प्रहारबाट केही व्यक्तिको मृत्यु भए पनि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायत पदाधिकारीले गोली रोक्न कुनै पहल नगरी लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण व्यवहार गरेको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । आयोगको सिफारिसअनुसार उनीहरूमाथि मुलुकी फौजदारी संहिताको दफा १८१ (लापरबाहीपूर्ण काम गरी ज्यान मार्ने) र दफा १८२ (हेलचेक्र्याइँपूर्ण काम गरी ज्यान मार्ने) बमोजिम कारबाही हुन सक्ने उल्लेख छ ।
गृहमन्त्री सुधन गुरुङले पक्राउ प्रक्रिया अघि बढाउन नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालसँग छलफल गरेका थिए । भोलिपल्ट बिहानै जरुरी पक्राउ पुर्जी जारी गरी उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । अदालतको पछिल्लो आदेशपछि अब ओली र लेखकलाई हाजिर जमानत (उपस्थित हुने गरी जिम्मा लगाएर) छाड्ने प्रक्रिया अघि बढेको छ । अनुसन्धान भने जारी रहने भएको छ । यो घटनाले नेपालको राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ ।