
१कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
२स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
९गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१०तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
११लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१२उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१०सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
११कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१२सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
पोखरा, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई जनअधिकारी पत्र बुझाएको छ ।
पार्टीले उक्त पत्रमा कास्कीका सेक्रेटरी एल.बी. सुजनले कास्की जिल्लामा व्याप्त भ्रष्टाचार, कालोबजारी, महँगी, तस्करी, गुण्डागर्दी तथा सार्वजनिक सम्पत्तिको दोहन रोक्न र जनविरोधी कार्यहरूविरुद्ध सशक्त कारबाही गर्न माग गरेका छन् । पार्टीले आफू निरन्तर दलाल पुँजीवाद र भ्रष्टाचारविरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै यी बेथितिविरुद्ध जनसङ्घर्षमा जुटीरहेको जनाएको छ ।
जनअधिकारी पत्रमा उल्लेख गरिएका प्रमुख मागहरू निम्नानुसार छन् :
नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले बतास ग्रुप र नारायण पौडेलद्वारा सञ्चालित मणिपाल अस्पतालले तिर्नुपर्ने १९ करोड रुपैयाँ राजस्वमध्ये मालपोत र पोखरा महानगरको मिलेमतोमा केवल ३६ लाख रुपैयाँ मात्र तिरिएको भन्दै उक्त रकमको हिनामिना भए नभएको तुरुन्त छानबिन गरी बाँकी राजस्व असुल गर्न माग गरेको छ ।
त्यसैगरी, बाराही ग्रुपले तिर्नुपर्ने २ करोड ८० लाख रुपैयाँ राजस्वमा २६ लाख रुपैयाँ मात्र तिरेर बाँकी रकम महानगर प्रमुख धनराज आचार्य र सञ्चालक विप्लव पौडेलको मिलेमतोमा ठगी गरेको आरोप लगाउँदै पार्टीले तुरुन्त छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
फेवातालको ६५ मिटर मापदण्डभित्र बनेका सबै होटल, रेस्टुरेन्ट तथा टहराहरूलाई उचित मुआब्जा दिएर तत्काल हटाउनुपर्ने माग पनि पार्टीले गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई जनअधिकारी पत्र बुझाउँदैं नेकपा (बहुमत) कास्कीका सेक्रेटरी एल.बी. सुजन लगायतका नेताहरु ।
पातले छाँगो (डेभिज फल्स)लाई दलाल कक्रेन गुरुङलाई ४० वर्षका लागि ठेक्का दिइएको कार्य तुरुन्त खारेज गरी यसलाई विद्यालय, वडा तथा महानगरको मातहतमा सञ्चालन गर्न पार्टीले जोड दिएको छ ।
पोखरा–३३ मा वडा अध्यक्ष रामचन्द्र अधिकारी र ठेकेदार साइबहादुर दुराको मिलेमतोमा टेन्डरबिना नै रातिको समयमा डोजर प्रयोग गरी पशुपति घुमाउने घाटको दोहन गरिएको भन्दै सो घटनाको छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।
फोहोरमैला व्यवस्थापनका नाममा भएको ४५ करोडभन्दा बढीको भ्रष्टाचारको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि जनअधिकारी पत्रमा समावेश छ ।
विप्लव पौडेलको निर्माणाधीन बाराही सेदी ५ तारे होटलले केवल २ दिनको अनुमति लिएर ४ वर्षसम्म प्राकृतिक सम्पत्ति दोहन गरेको र ३ करोड ७ लाख रुपैयाँ राजस्व नतिरी महानगर प्रमुखसँगको मिलेमतोमा भ्रष्टाचार गरेको आरोप लगाउँदै पार्टीले तुरुन्त कारबाही गर्न माग गरेको छ ।
पोखरा विमानस्थलभित्र फोहोरबाट बिजुली निकाल्ने र प्रशोधन केन्द्र बनाउने नाममा ५ करोडभन्दा बढी रकम भुक्तानी लिएर गरिएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग गरिएको छ ।
बानिया पाखामा ३२ वटा कित्ता रहेको ८६ रोपनी १ आना जग्गा डाँडा कटान गरी ३२ करोड रुपैयाँको भ्रष्टाचार भएको रिठ्ठेपानी जग्गा घोटालाको छानबिन गर्न पार्टीले माग गरेको छ ।
पोखरा–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि समावेश छ ।
फेवाताल क्याम्पिङ चोकको सार्वजनिक जमिन मिचेर बनाइएका होटल तथा रेस्टुरेन्टहरू तत्काल हटाउनुपर्ने, रिठ्ठेपानी डाँडा कटान गरी ल्यान्डफिल्ड बनाउने नाममा मैती ताल, दिपाङ ताल, रूपा ताल लगायतका तालहरू माटोले पुर्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने माग गरिएको छ ।
विगतको जनसङ्घर्षका क्रममा महानगरले तालघर छेउमा गाडेको पिल्लरभित्र निर्माण गरिएका नयाँ संरचनाहरू तुरुन्त भत्काउनुपर्ने, वडा नं ३३ को तल्लो खेत घाटमा टेन्डर नगरी चियान घाट र बाटो भत्काएर प्राकृतिक स्रोतको चोरी निकासी रोक्नुपर्ने माग पनि पार्टीले गरेको छ ।
ठुलाखेत घाटमा पराजुली ग्रुप र महानगरको मिलेमतोमा २४ वर्षका लागि दिइएको फेवा सिल्टेसन क्रसरको ठेक्का खारेज गरी ६ करोड रुपैयाँ राजस्व तत्काल असुल गर्नुपर्ने, सेती रामघाटको बालुवा–गिट्टी उत्खननका लागि बतास ग्रुपलाई २० वर्षका लागि दिइएको ठेक्का खारेज गरी राजस्व असुल गर्नुपर्ने माग गरिएको छ ।
वडा नं ३३ घुमाउरो घाटको ७० रोपनी सार्वजनिक जमिन व्यक्तिको नाममा दर्ता गरिएको घटनाको छानबिन गरी तुरुन्त कारबाही गर्नुपर्ने, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको छानबिन गरी लालपूर्जा वितरण गर्नुपर्ने माग पनि जनअधिकारी पत्रमा उल्लेख छ ।
पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य खाद्य वस्तुहरूमा भएको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने र रात्रीकालीन व्यवसायीहरूमा हुने यौनजन्य क्रियाकलाप बन्द गर्नुपर्ने माग गर्दै पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ती सबै विषयमा तत्काल ध्यान दिन आग्रह गरेको छ । पार्टीले जनअधिकारी पत्र बुझाउँदै यी मागहरूको यथाशीघ्र सम्बोधन गर्न जोड दिएको छ ।

१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा