
१शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
२नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
३लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
४फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
५कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
६शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
७अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
८ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
९सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१०आजदेखि एसईई परीक्षा सुरु
११एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
१२इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
काठमाडौं, २२ चैत । सम्पत्ति शुद्धीकरणको गम्भीर आरोपमा शंकर ग्रुपका प्रमुख सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । सञ्चालक सुलभविरुद्ध ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो ।
शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष समेत रहेका उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार बिहान नियन्त्रणमा लिएको हो । उनको पक्राउसँगै नेपालको नौ दशक पुरानो व्यावसायिक घराना शंकर ग्रुप अहिले ठूलो संकटमा परेको छ ।
विवादित र कुख्यात विचौंलिया दीपक भट्टसँगको साँठगाँठले गर्दा यतिबेला शंकर ग्रुपको छविमाथि प्रश्न चिन्ह उठ्नुका साथैं यिनीहरुको भित्री कर्तुत सबै सार्वजनिक हुँदैं गईरहेको छ । शुक्रबार राति नै शंकर ग्रुपका अध्यक्ष एवं सुलभका बाबु शंकरलाल अग्रवाललाई विभागले काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसअघि भट्टको इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्टलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्सालबाट नियन्त्रणमा लिएको थियो । तीनै जना अब सम्पत्ति शुद्धीकरणको सिलसिलामा अनुसन्धानको दायरामा छन् ।
अनुसन्धानको मूल जड भने ४५ करोड रुपैयाँको शंकास्पद कारोबार हो । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले सन् २०२१ जुनमा जगदम्बा स्टिल्स प्रालिबाट दीपक भट्टको सिद्धार्थ बैंक खातामा ४५ करोड ट्रान्सफर भएको देखाएको थियो । उक्त रकम भट्टको ओभरड्राफ्ट खाताबाट हिमालयन रिइन्स्योरेन्समा लगानी भएको थियो ।
तर जगदम्बा स्टिल्सको २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा यो कारोबारको कुनै उल्लेख छैन । राष्ट्र बैंकले यो लेनदेनलाई ‘शंकास्पद’ ठहर गर्दै साढे दुई वर्षअघि नै सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाएको थियो । विभागले पुस २०७९ मा भट्टसँग प्रारम्भिक बयान लिए पनि गत वैशाखमा मुद्दा नचलाई फाइल फिर्ता गरेको थियो । अहिले रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि पुरानो फाइल ब्युँताएर अनुसन्धान तीव्र पारिएको छ ।
शंकर ग्रुपको इतिहास भने ९१ वर्ष लामो छ । सन् १९३५ मा रावतलाल अग्रवालले काठमाडौंको न्युरोडमा विदेशी कपडा आयात गरेर व्यापार सुरु गरेको यो समूहलाई शंकरलाल अग्रवालले व्यावसायिक साम्राज्यमा बदलिदिए । सन् १९७९ मा जगदम्बा समूह स्थापना गरेपछि दुई छोरा सुलभ र साहिल अग्रवाल व्यवसायमा जोडिए ।
जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ र जगदम्बा ग्रुपका अध्यक्ष साहिल रहेको यो समूहले अहिले जगदम्बा स्टिल्स, जगदम्बा मोटर्स, सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, युनियन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, मोदीखोला र बलेफी हाइड्रोपावरलगायत ४० भन्दा बढी उद्योग सञ्चालन गरिरहेको छ । वार्षिक कारोबार सवा खर्बभन्दा माथि छ, १५ हजारभन्दा बढी रोजगारी दिइरहेको छ र बैंकिङ क्षेत्रमा करिब दुई खर्बको ऋण जोखिममा छ । जगदम्बा समूहले मात्र ३० अर्बभन्दा बढी ऋण लिएको छ ।
यो समूहलाई संकटमा पु¥याउने मुख्य कारण दीपक भट्टसँगको ‘अनौपचारिक साझेदारी’ हो । स्रोतका अनुसार भट्टले राजनीतिक पहुँच र सेटिङ मिलाउने, शंकर ग्रुपले पैसा हाल्ने काम चलेको थियो । यो सम्बन्धको सुरुवात २०७६ चैतमा भएको थियो । कोरोना महामारीको लकडाउनमा सुलभ अग्रवाल थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका थिए ।
पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजारमा बेच्न खोजेको र कूटनीतिक नीलो प्लेटको गाडी दुरुपयोग गरेको आरोप थियो । भट्टले राजनीतिक पहुँच प्रयोग गरेर सुलभलाई छुटाएपछि दुवैबीचको ‘दोस्ती’ गहिरियो । त्यसपछि बिमा क्षेत्रमा वर्चस्व कायम गर्न, पुनर्बिमा कम्पनीको लाइसेन्स हात पार्न र बजेटमा नीतिगत लाभ लिन भट्टले सहयोग गरेको आरोप छ ।
७८/७९ को पूरक बजेटमा जगदम्बा स्टिल्सलाई मात्र स्पन्ज आइरन कर छुट दिइएको, २०७९/८० को बजेट घोषणाको अघिल्लो रात सिंहदरबारमा बिचौलिया घुसाएर कर दर हेरफेर गरिएको घटनामा पनि भट्ट र शंकर ग्रुप जोडिएको थियो । हिमालयन रिइन्स्योरेन्समा भएको लगानीको स्रोत र अन्तिम लाभग्राहीबारे प्रश्न उठेपछि राष्ट्र बैंकले अनुसन्धान अघि बढाएको हो ।
अहिले अनुसन्धानले तीव्रता पाउँदा शंकर ग्रुपका दर्जनौं उद्योग, हजारौं रोजगारी र ठूलो ऋण जोखिममा परेका छन् । गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा पक्राउ सूची सार्वजनिक गरे पनि विभाग, सीआईबी र प्रहरीले अझै आधिकारिक पुष्टि गरेका छैनन् । सुलभ भारतबाट पक्राउ भएर नेपाल ल्याइँदै गरेको सूचना भने बाहिरिएको छ ।
शंकर ग्रुप जस्तो प्रतिष्ठित र पुरानो घराना विवादास्पद व्यक्तिसँगको साझेदारीमा फसेर यति ठूलो संकटमा पर्नु नेपालको व्यावसायिक इतिहासमा दुर्लभ घटना हो । अनुसन्धानले अब शंकर ग्रुपको अन्य कारोबारसम्म फैलिन्छ कि भन्ने प्रश्न उठेको छ । यदि प्रमाणित भयो भने यो केवल व्यक्तिगत पक्राउ नभई ठूलो आर्थिक अपराध र राजनीतिक–व्यावसायिक सेटिङको खुलासा हुनेछ । शंकर ग्रुपको भविष्य, रोजगारी र बैंकिङ क्षेत्रको स्थिरता अहिले अनुसन्धानको नतिजामा निर्भर छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने