
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २१ चैत । मध्यरातमा काठमाडौंबाट गृह मन्त्रालयको निर्देशन आएलगत्तै पोखराको फेवाताल किनारमा मापदण्ड विपरीतका अस्थायी संरचना भत्काउने अभियान सुरु भएको छ । शनिबार बिहान साढे ४ बजेदेखि नै झण्डै डेढ सय प्रहरी परिचालन गरेर तालको ६५ मिटरभित्रका संरचना डोजरले ध्वस्त पारिन थालिएको हो ।
सबैभन्दा चर्चित र विवादास्पद बनेको पर्यटन व्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, मुख्य गेट, पर्खाल र आसपासका संरचना पहिलो चरणमा भत्काइएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएअनुसार बिहानैदेखि ३० वटाभन्दा बढी संरचनामा डोजर चलेको छ । केही स्थानीयले सामान्य असहमति जनाए पनि ठूलो अवरोध भएको छैन ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भत्काइएका सबै संरचना अस्थायी भएको स्पष्ट पार्दै भने, ‘अहिले भत्काइएका संरचनाहरू अस्थायी हुन् । यसले भोगाधिकार वा मुआब्जा पाउने प्रक्रियामा कुनै असर गर्दैन । धेरै व्यवसायी अदालतबाट स्टे अर्डर लिन गएका थिए, तर अदालतले स्टे नदिएपछि यो प्रक्रिया अगाडि बढेको हो ।’
यो भत्काउने अभियान सर्वोच्च अदालतको २०८० असार ४ गतेको ऐतिहासिक फैसलाको प्रत्यक्ष कार्यान्वयन हो । सर्वोच्चले १२ वर्ष लामो मुद्दालाई किनारा लगाउँदै शाक्यको वाटर फ्रन्ट रिसोर्टलाई पूर्ण रूपमा अवैध ठहर गर्दै भत्काउन परमादेश दिएको थियो । असोज ९ मा फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि पनि वर्षौंसम्म अल्झिएको यो संरचना अब डोजरको सामुन्ने परेको छ ।
अधिवक्ता खगेन्द्र सुवेदी र बालकृष्ण भण्डारीले दायर गरेको रिटमा सर्वोच्चले स्पष्ट रूपमा भनेको छ : रिसोर्ट निर्माण प्रक्रिया नै कानुनसम्मत थिएन । तत्कालीन सराङ्कोट गाविसले बैठक नै नराखी सचिवको एकल निर्णयमा दिएको स्वीकृति अवैध थियो । पोखरा उपत्यका नगर विकास समितिको बैठक बिना र समितिको निर्णय बिना मात्र कर्मचारीको हस्ताक्षरमा सिफारिस गरिएको पत्रलाई अदालतले ‘अस्वाभाविक र अवैध’ ठहर गरेको थियो ।

कर्ण शाक्य आफूले लेखेका पुस्तकहरुका साथमा । विभिन्न विद्यालयमा सकारात्मक सोंचका लागि भन्दैं मन्तव्य दिने यिनै कर्ण शाक्यले फेवातालको मापदण्ड मिचेर होटल बनाएका थिए ।
रिसोर्टका पानी शुद्धीकरण ट्यांक, स्विमिङ पुल, शौचालय, ट्रस, बगैंचा, पार्किङ, मुख्य गेट र पालेघर सबै तालको उच्चतम पानी सतहबाट ६५ मिटरभित्र पर्छन् । शाक्यले ‘व्यक्तिगत लालपूर्जा भएको जग्गा’ भनी दाबी गरेका कित्ता नम्बर १७३, ३०४ र ३०५ लाई अदालतले सार्वजनिक पर्ती जग्गा ठहर गर्दै दर्ता स्रेस्ता खारेज गरेको छ । फोहोर पानी प्रशोधन गरेर पिउन मिल्ने पानी बनाएको दाबी पनि अदालतले खारेज गर्यो । छानबिन समितिको प्रयोगशाला परीक्षणले प्रशोधित पानी पनि पिउन अयोग्य रहेको रिपोर्ट बुझाएको थियो ।
फैसलामा भनिएको छ, ‘फेवातालको दीर्घकालीन स्वच्छता, सुन्दरता र संरक्षणका लागि उक्त अनधिकृत संरचना पूर्ण रूपमा हटाउनू ।’ सर्वोच्चले ६५ मिटरभित्रका अन्य सयौं संरचना पनि ६ महिनाभित्र हटाउन आदेश दिएको थियो ।
पोखरा महानगरले प्रदेश सरकारसँग समन्वय गरी ताल किनारमा पोल गाड्ने र ६५ मिटर सीमा छुट्याउने कार्यसहित यहाँको वस्तुस्थितिका विषयमा बुधबार महानगरले प्रधानमन्त्री कार्यालयलाई प्रगति विवरण बुझाइसकेको छ । अब यो अभियानले फेवातालको अतिक्रमणविरुद्ध लामो समयदेखि चलेको संघर्षलाई कसरी टुङ्गयाउँछ, त्यो भने हेर्न नै बाँकी छ ।