
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं, चैत २० । नेपालको सत्ताको गलियारादेखि ठेक्कापट्टा र वित्तीय बजारसम्म ‘पावर ब्रोकर’का रूपमा चिनिने दीपक भट्ट अन्ततः प्रहरीको हिरासतमा पुगेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार बिहान गैह्रीधाराबाट उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंले उनलाई थप अनुसन्धानका लागि १० दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।
विभागले भट्टसहितका अभियुक्तविरुद्ध पाँच अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गर्ने तयारी गरेको छ । अनुसन्धानका क्रममा उनले विभिन्न पब्लिक कम्पनी र बीमा कोषबाट रकम दुरुपयोग गरी नेपाल रि–इन्स्योरेन्सलगायत कम्पनीको सेयर खरिद गरेको पुष्टि भएको छ । बिमा प्राधिकरणले गरेको छानबिनले यो दुरुपयोगलाई वैधानिक रूपमा पुष्टि गरेपछि विभागले कारबाही अघि बढाएको हो ।
रकम दुरुपयोगको विवरण
विभागका अनुसार भट्टले हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट तीन अर्ब ८१ करोड रुपैयाँ दुरुपयोग गरेका छन् । दोस्रो बजारबाट सेयर खरिद गर्न विभिन्न मितिमा निम्न कोषबाट रकम निकासी भएको देखिएको छ :
हिमालयन रिबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार
हिमालयन सेक्युरिटिजबाट २२ करोड १९ लाख ७१ हजार
नेपाल लाइफको सहायक कम्पनीबाट ३७ करोड
एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख ८४ हजार
नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख ५२ हजार
यी रकम भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५०) मार्फत सेयर खरिदमा लगानी गरिएको विभागको दाबी छ । भट्ट हिमालयन रिको आधारभूत सेयरधनी हुन् — उनको इन्फिनिटी होल्डिङ्सको नाममा ४.५० प्रतिशत (४६ लाख ८० हजार कित्ता) सेयर छ । नेपाल माइक्रो इन्स्योरेन्समा पनि उनको ११ लाख २५ हजार कित्ता सेयर छ । उनले नेपाल रिलाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास गरेको अनुसन्धानले देखाएको छ ।
चार मुख्य कसुर
सम्पत्ति शुद्धीकरण विभागले अदालतमा म्याद थपका लागि पेस गर्दा भट्टमाथि निम्न चार कसुर लगाएको छ :
१. सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिमको कसुर
२. बीमा ऐन, २०७९ को दफा १४० विपरीत अवैध सम्पत्ति आर्जन
३. गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने, स्वरूप बदल्ने र धितोपत्र बजारमा लगानी गरी अवैध धनलाई वैध बनाउने प्रयास
४. सम्पत्ति शुद्धीकरण ऐनको दफा ३(१) को खण्ड (क), (ख) र (ग) बमोजिम निषेधित कार्य (सम्पत्ति रूपान्तरण, हस्तान्तरण, स्रोत लुकाउने आदि)
अनुसन्धानका क्रममा उनको थप बयान, वित्तीय विवरण र प्रमाण विश्लेषण बाँकी छ । भाग्न सक्ने भएकाले अध्यागमन विभागले उनको राहदानी रोक्का गरिसकेको छ ।
ठेक्काबाट सत्तासम्मको यात्रा
कैलाली स्थायी घर भएका भट्टले प्रहरीका साना ठेक्काबाट व्यवसाय सुरु गरे । पछि हतियारको ठेक्कामा सिन्डिकेट चलाए । तत्कालीन गृहमन्त्री वामदेव गौतमको साथ पाएपछि उनको सञ्जाल विस्तार भयो । उच्च प्रहरी अधिकारीहरूका अनुसार आइजिपी नियुक्तिमा समेत उनको लबिङ प्रभावशाली थियो । केही आइजिपीहरू उनकै पहलमा नियुक्त भएको चर्चा प्रहरी वृत्तमा छ ।
उनले हरेक दलका शीर्ष नेतासँग हिमचिम बढाए । सचिव सरुवा, महत्वपूर्ण सरकारी निकायमा नियुक्ति र कानुन संशोधनमा समेत उनको सिफारिसले काम गरेको थियो । जेन–जी आन्दोलनअघिको कांग्रेस–एमाले सरकार गठनमा समेत उनको भूमिका रहेको चर्चा छ । उनीलाई ‘देशका सबैभन्दा शक्तिशाली पावर ब्रोकर’का रूपमा चिनिन्थ्यो ।
अनुसन्धानको लामो इतिहास
दुई वर्षअघि नै राष्ट्र बैंकले भट्टमाथि छानबिन गर्न विभागलाई पत्र पठाएको थियो । तर तत्कालीन प्रधानमन्त्री केपी ओलीको दबाबमा विभागले अनुसन्धान पन्छाएर राष्ट्र बैंकमै फर्काएको थियो । जेन–जी आन्दोलनपछि अनुसन्धानले तीव्रता पायो । बिमा प्राधिकरणले आर्थिक दुरुपयोग पुष्टि गर्दै विभागलाई सिफारिस गरेपछि यो प्रकरणले निर्णायक मोड लिएको हो ।
भट्टको गिरफ्तारीले नेपालको वित्तीय क्षेत्रमा व्याप्त ‘बिचौलिया संस्कृति’ र राजनीतिक संरक्षणको प्रश्न फेरि एकपटक उजागर गरेको छ ।विभागले अब उनसँगै जोडिएका अन्य व्यवसायिक घराना र व्यक्तिहरूमाथि समेत अनुसन्धान अगाडि बढाउने संकेत गरेको छ ।
यो प्रकरणले बीमा क्षेत्रको नियमन, म्युचल फन्डको पैसा दुरुपयोग र सेयर बजारको अखण्डिताको विषयलाई पनि गम्भीरतापूर्वक उठाएको छ । अनुसन्धानको निष्कर्षले नेपालको सत्ता र व्यवसायबीचको गहिरो अन्तर्सम्बन्धलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा