
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, १७ चैत । जेनजी आन्दोलन दमन प्रकरणमा काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकपछि तेस्रो उच्च अधिकारीका रूपमा काठमाडौंका तत्कालिन सीडीओ रिजाल पक्राउ परेका हुन् ।
प्रहरीले मंगलबार बिहान काठमाडौंको सुविधानगर (तिनकुने क्षेत्र)बाट उनलाई नियन्त्रणमा लिएको हो। भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा घातक बल प्रयोग हुँदा भएको मानवीय क्षतिको जिम्मेवारीमा लापरबाही गरेको आरोपमा गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसअनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आयोगले तत्कालीन प्रजिअ रिजाललाई घटनामा दोषी ठहर गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै कारबाही प्रक्रिया अघि बढेको छ। यसअघि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पनि सोही प्रकरणमा पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप भइसकेको छ।
जाँचबुझ आयोगको प्रतिवेदनअनुसार रिजालमाथि मुख्य आरोप पदीय जिम्मेवारीमा गम्भीर हेलचेक्र्याइँ गरेको छ। बानेश्वरमा झण्डै चार घण्टासम्म सुरक्षाकर्मीले लगातार गोली चलाउँदा र प्रदर्शनकारीहरूको ज्यान जाँदा पनि सीडीओको हैसियतमा गोली रोक्न वा स्थिति नियन्त्रणमा ल्याउन कुनै प्रभावकारी कदम नचालेको आयोगले ठहर गरेको छ।

काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल
त्यस्तै, कफ्र्यु आदेश जारी भएपछि पनि सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गर्न नसकेको र बल प्रयोगको सिद्धान्त पालना गराउन पूर्ण रूपमा असफल भएको प्रतिवेदनमा उल्लेख छ। अधिकारीहरूको हेलचेक्र्याइँका कारण ठूलो मानवीय क्षति भएको निष्कर्ष निकाल्दै आयोगले रिजाललगायतमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८२ उपदफा (१) बमोजिम अनुसन्धान गरी अभियोजन गर्न सरकारलाई सिफारिस गरेको थियो।
पक्राउ परेका रिजालले भने आयोगसमक्ष दिएको बयानमा आफूले घातक हतियारबाट गोली प्रहार गर्ने कुनै आदेश नदिएको दाबी गरेका छन्। उनले संसद् भवन जोगाउने र प्रदर्शनकारी युवाहरूको ज्यान बचाउने ‘डुअल अब्जेक्टिभ’ अनुसार न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको र अन्तिम विकल्पका रूपमा घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउने मौखिक निर्देशन मात्र दिएको जिकिर गरेका थिए।
भदौ २३ गते प्रदर्शनकारीहरू संसद् भवनतर्फ बढ्दै गएपछि तत्कालीन गृहमन्त्री, मुख्यसचिव र गृहसचिवलाई जानकारी गराई उनीहरूकै निर्देशनमा साढे १२ बजेदेखि कफ्र्यु लगाएको उनको भनाइ छ। आफूले सुरक्षाकर्मीलाई संयमता अपनाउन र मानवअधिकारको सम्मान गर्न निरन्तर निर्देशन दिएको दाबी गर्दै रिजाल जिम्मेवारीबाट पन्छिन खोजे पनि आयोगले भने उनलाई उक्त जघन्य घटनाको जिम्मेवारीबाट मुक्त राख्न नसकिने स्पष्ट पारेको छ।
यो पक्राउसँगै जेनजी आन्दोलन दमन प्रकरणमा उच्च पदाधिकारीहरूमाथि कारबाहीको प्रक्रिया थप तीव्र भएको छ। प्रहरीले रिजाललाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको जनाएको छ।