
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं, १७ चैत । जेनजी आन्दोलन दमन प्रकरणमा काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकपछि तेस्रो उच्च अधिकारीका रूपमा काठमाडौंका तत्कालिन सीडीओ रिजाल पक्राउ परेका हुन् ।
प्रहरीले मंगलबार बिहान काठमाडौंको सुविधानगर (तिनकुने क्षेत्र)बाट उनलाई नियन्त्रणमा लिएको हो। भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा घातक बल प्रयोग हुँदा भएको मानवीय क्षतिको जिम्मेवारीमा लापरबाही गरेको आरोपमा गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसअनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आयोगले तत्कालीन प्रजिअ रिजाललाई घटनामा दोषी ठहर गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै कारबाही प्रक्रिया अघि बढेको छ। यसअघि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पनि सोही प्रकरणमा पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप भइसकेको छ।
जाँचबुझ आयोगको प्रतिवेदनअनुसार रिजालमाथि मुख्य आरोप पदीय जिम्मेवारीमा गम्भीर हेलचेक्र्याइँ गरेको छ। बानेश्वरमा झण्डै चार घण्टासम्म सुरक्षाकर्मीले लगातार गोली चलाउँदा र प्रदर्शनकारीहरूको ज्यान जाँदा पनि सीडीओको हैसियतमा गोली रोक्न वा स्थिति नियन्त्रणमा ल्याउन कुनै प्रभावकारी कदम नचालेको आयोगले ठहर गरेको छ।

काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल
त्यस्तै, कफ्र्यु आदेश जारी भएपछि पनि सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गर्न नसकेको र बल प्रयोगको सिद्धान्त पालना गराउन पूर्ण रूपमा असफल भएको प्रतिवेदनमा उल्लेख छ। अधिकारीहरूको हेलचेक्र्याइँका कारण ठूलो मानवीय क्षति भएको निष्कर्ष निकाल्दै आयोगले रिजाललगायतमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८२ उपदफा (१) बमोजिम अनुसन्धान गरी अभियोजन गर्न सरकारलाई सिफारिस गरेको थियो।
पक्राउ परेका रिजालले भने आयोगसमक्ष दिएको बयानमा आफूले घातक हतियारबाट गोली प्रहार गर्ने कुनै आदेश नदिएको दाबी गरेका छन्। उनले संसद् भवन जोगाउने र प्रदर्शनकारी युवाहरूको ज्यान बचाउने ‘डुअल अब्जेक्टिभ’ अनुसार न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको र अन्तिम विकल्पका रूपमा घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउने मौखिक निर्देशन मात्र दिएको जिकिर गरेका थिए।
भदौ २३ गते प्रदर्शनकारीहरू संसद् भवनतर्फ बढ्दै गएपछि तत्कालीन गृहमन्त्री, मुख्यसचिव र गृहसचिवलाई जानकारी गराई उनीहरूकै निर्देशनमा साढे १२ बजेदेखि कफ्र्यु लगाएको उनको भनाइ छ। आफूले सुरक्षाकर्मीलाई संयमता अपनाउन र मानवअधिकारको सम्मान गर्न निरन्तर निर्देशन दिएको दाबी गर्दै रिजाल जिम्मेवारीबाट पन्छिन खोजे पनि आयोगले भने उनलाई उक्त जघन्य घटनाको जिम्मेवारीबाट मुक्त राख्न नसकिने स्पष्ट पारेको छ।
यो पक्राउसँगै जेनजी आन्दोलन दमन प्रकरणमा उच्च पदाधिकारीहरूमाथि कारबाहीको प्रक्रिया थप तीव्र भएको छ। प्रहरीले रिजाललाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको जनाएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा