
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
लमजुङ, १३ चैत । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–५ समिभञ्ज्याङमा चैते दशैंको अवसरमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न भएको छ ।
विगत २५ वर्षदेखि सक्रिय कायापलट असल शासन क्लबको आयोजनामा भएको उक्त दौडको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले रिबन काटेर गरेका थिए । मेयर पाण्डेले मध्यनेपाल ऐतिहासिक र धार्मिक महत्त्व बोकेको ठाउँ भएको बताउँदै यस्ता खेलकुद कार्यक्रमले क्षेत्रको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने बताए ।
इशानेश्वर महादेव मन्दिर प्राङ्गण (वडा नं. ७ करापुटार)बाट सुरु भएको दौड वडा नं. ६ भोर्लेटार हुँदै समिभञ्ज्याङका विभिन्न बस्तीहरू पार गर्दै तान्द्राङकोट नागभैरव थानमा पुगेर समापन भएको थियो । निर्धारित २१ किलोमिटरको दूरी पार गर्न देशका विभिन्न भागबाट ८० जना धावकहरू सहभागी थिए ।
दौडमा गोरखाका निरज भट्ट क्षत्रीले १ घण्टा ३२ मिनेट ४८ सेकेन्डको समयमा पहिलो स्थान हासिल गर्दै नगद ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । रामेछापका श्याम लामा भोटेले १ घण्टा ३४ मिनेट २८ सेकेन्डमा दोस्रो स्थान हासिल गर्दै नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र जिते भने स्याङ्जाका धनु मानन्धरले १ घण्टा ३४ मिनेट ५४ सेकेन्डमा तेस्रो भएर नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी तनहुँका सनम गुरुङ, रामेछापका अमित राई, सोलुखुम्बुका मिलन कुलुङ, भोजपुरका उमेश विष्ट, तनहुँका आदित्य जीसी र नवलपुरका रिखुलाल सिञ्जालीले सान्त्वना पुरस्कारस्वरूप नगद ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पुरस्कार वितरण तथा समापन समारोह क्लबका अध्यक्ष बाबुराम मल्लको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष ओम वीर गुरुङ रहेका थिए । तान्द्राङकोट पैदल मार्ग पर्यटन विकास समितिका अध्यक्ष मेमबहादुर गुरुङले तान्द्राङकोटको ऐतिहासिक तथा धार्मिक महत्त्वबारे प्रकाश पारेका थिए ।
वडाध्यक्ष गुरुङले समुद्री सतहबाट करिब १५ सय मिटर उचाइमा रहेको यो क्षेत्र बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताए । कार्यक्रममा रेफ्री विश्वास केसी र सञ्जित काफ्लेलाई सम्मान गरिएको थियो । व्यास नगरपालिका–५ का अध्यक्ष हिमाल श्रेष्ठ, स्थानीय समाजसेवी देवप्रसाद श्रेष्ठलगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव इभन जोशीले गरेका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग