
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल एकहजार ६७ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
पोखरा, ११ चैत । धनुष बचत तथा ऋण सहकारी संस्थाको १२ करोड ५६ लाख रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका कृष्णप्रसाद जैसीलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासँग जोडेर रास्वपा सभापति रवि लामिछानेको मुद्दासँग अनावश्यक लिङ्क गरिएकोप्रति सूर्यदर्शन सहकारीले गम्भीर ध्यानाकर्षण गरेको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल एकहजार ६७ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको भन्दैं शुरुमा १९ जना र पुरक अभियोजनपछि थप २५ जना विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।
सूर्यदर्शन सहकारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्ट पारिएको छ कि सूर्यदर्शन सहकारीको मुद्दा प्रकरणमा रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन्। संस्थाको विज्ञप्तिमा भनिएको छ, “सूर्यदर्शन सहकारीको मुद्दा प्रकरणमा पहिलो मुद्दाका जाहेरवाला र पूरक तथा थप मुद्दाका जाहेरवालाहरू फरक–फरक व्यक्तिका नाममा दर्ता गरिएको छ। हरेक मुद्दाको मिति पनि फरक–फरक छन्। कृष्णप्रसाद जैसीको जाहेरीमा रवि लामिछानेको मुद्दाको सुरुवात गरिएको होइन।”
विज्ञप्तिमा जैसीको व्यक्तिगत जीवन र कामकाजका विषयलाई सूर्यदर्शन सहकारीको मान–मर्यादा तथा रवि लामिछानेविरुद्धको मुद्दासँग जोडेर प्रचार प्रसार नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ। ‘कुनै बचतकर्ता वा जाहेरवालाले बाहिर गरेका उचित–अनुचित क्रियाकलापलाई यस संस्थासँग जोडेर समाचार बनाइनु र सामाजिक सञ्जालमा ल्याइनुले हामीलाई अति नै मर्माहत बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
सूर्यदर्शन सहकारीका सञ्चालक समिति अध्यक्ष किरण श्रेष्ठले यसअघि नै बताएअनुसार, जीबी राईसहित ७ जनाविरुद्धको सुरुवाती जाहेरी जैसीको नामबाट परे पनि रवि लामिछानेविरुद्धको पूरक जाहेरी भने गोविन्दप्रसाद अधिकारीको नाममा रहेको थियो।
संस्थाले विज्ञप्तिमार्फत थप जोड दिँदै भनेको छ— हाल सूर्यदर्शन सहकारीसँग जोडिएका मुद्दाहरू सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा समाचार सम्प्रेषण गर्दा अदालतको मान–मर्यादा र सम्मानलाई ध्यान दिन सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अनुरोध गरिएको छ।
कृष्णप्रसाद जैसी धनुष सहकारीको ऋण उपसमितिमा रहँदा कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ अपचलन गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा उल्लेख छ। कास्की प्रहरीले सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
सूर्यदर्शन सहकारीले भने जैसीलाई केवल एक पीडित बचतकर्ता र सामान्य जाहेरवाला मात्र ठहर गर्दै, धनुष सहकारीको प्रकरणलाई सूर्यदर्शनसँग जोडेर विषयवस्तु मोड्न खोजिएको भन्दै आपत्ति जनाएको छ।

१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी