
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अब कास्की जिल्ला अदालतमा हरेक महिना नियमित तारेख बुझ्न आउनु नपर्ने भएको छ । यतिबेला देश कैं प्रमुख राजनीतिक दलको प्रमुख भएकै कारण अदालत पनि लामिछानेप्रति नरम देखिएको हो ।
मंगलबार जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले लामिछानेको निवेदन मागबमोजिम तारेखमा उपस्थित हुन नपर्ने आदेश जारी गरेको सूचना अधिकारी रामबहादुर किसानले बताए ।
लामिछानेले आइतबार मात्रै अदालतमा निवेदन दर्ता गरेका थिए । उनले प्रमाण बुझ्ने प्रक्रिया पूरा भएपछि तारेखमा व्यक्तिगत उपस्थिति नचाहिने माग गरेका थिए । अदालतले सोही माग स्वीकार गर्दै नियमित तारेख काटिदिएको छ ।
यद्यपि, मुद्दाको क्रममा अदालतले थप प्रमाण बुझ्न आवश्यक ठानेमा वा बोलाएमा भने उनी उपस्थित हुनुपर्नेछ । अन्य सबै कानुनी प्रक्रिया भने यथावत् रहने अदालतले जनाएको छ ।
लामिछानेमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा उनको भागमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
गत वर्ष कात्तिकमा पक्राउ परेका लामिछाने पुसमा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । त्यसयता उनी हरेक महिना कास्की जिल्ला अदालतमा तारेख बुझ्न आइरहेका थिए । अन्तिम पटक माघ २९ गते उनी अदालतमा उपस्थित भएका थिए ।
यो आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ८८ अनुसार दिइएको हो । उक्त दफाले प्रमाण बुझ्ने चरणपछि पक्षले तारेखमा बस्न नचाहेमा अदालतलाई अनुमति दिन सक्ने व्यवस्था गरेको छ । यो सुविधा मुद्दालाई छिटो छरितो बनाउन र पक्षलाई अनावश्यक झन्झटबाट बचाउनका लागि राखिएको कानुनी प्रावधान हो । अब लामिछानेले वकिलमार्फत नै मुद्दाको प्रतिरक्षा गर्न सक्नेछन्, तर अदालतले आवश्यक ठानेमा भने उपस्थित हुनुपर्नेछ ।