
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, ६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक बहुमत प्राप्त गर्दै सरकार गठनको तयारी तीव्र पारेको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने र सोही दिन मन्त्रिपरिषद् गठन गरी मन्त्रीहरूलाई पनि शपथ गराउने समझदारी बनेको छ।
प्रधानमन्त्री पदको शपथ भने चैत १३ गते हुने निश्चित भएको छ। वरिष्ठ नेता बालेन्द्र शाहले सोही दिन प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने र उक्त अवसरमा नै सबै मन्त्रीहरूलाई पनि शपथ गराउने तयारी भइरहेको बुर्लाकोटीले जानकारी दिए। शपथपछि पार्टीको संसदीय दलको बैठक बोलाएर थप औपचारिक प्रक्रिया अघि बढाइने योजना छ।
रास्वपा महामन्त्री बुर्लाकोटीका अनुसार हाल १८ सदस्यीय मन्त्रिपरिषद् गठनको गृहकार्य भइरहेको छ। ’हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद् बनाउने प्रयास गरिरहेका छौं। १८ वरिपरि रहने गरी छलफल जारी छ,’ उनले बताए।
यस क्रममा केही मन्त्रालय गाभ्ने वा मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी दिने विकल्पबारे पनि छलफल चलिरहेको छ। मन्त्रालय संख्या र मन्त्रीहरूको नामावली अझै अन्तिम टुंगो लागिसकेको छैन, तर पार्टीले घोषणापत्रमा उल्लेखित १८ भन्दा बढी मन्त्रालय नराख्ने प्रतिबद्धतालाई आधार बनाएर अघि बढिरहेको छ।
पार्टी शीर्ष नेतृत्व—सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले—बीच भएको बैठकमा सरकारमा बढीमा १८ मन्त्रालय रहने सहमति भएको छ। प्रतिनिधिसभामा झन्डै दुई तिहाइ नजिकको बलियो बहुमत (१८२ सिट आसपास) प्राप्त भएकाले सांसदहरूको शपथपछि मात्र प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने निर्णय गरिएको हो। सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने संसद् सचिवालयले जनाएको छ।
यो निर्वाचन परिणामले नेपाली जनताको दशकौंदेखिको वितृष्णा र असन्तुष्टिलाई स्पष्ट रूपमा व्यक्त गरेको छ। पुराना राजनीतिक दलहरूले वर्षौंसम्म भ्रष्टाचार, देश लुट्ने र वेथितिपूर्ण शासन चलाउँदा जनतामा गहिरो निराशा थियो। यसैको परिणामस्वरूप सुशासन, पारदर्शिता र जवाफदेहिताको अपेक्षा बोकेर आएको रास्वपालाई जनताले अस्वीकारको भोट दिएका छन्।
जेनजी आन्दोलनका क्रममा जेल भत्काएर भगाईएका रास्वपाका सभापति रवि लामिछानेको घट्दो क्रेजलाई सुधन गुरुङले बालेन्द्र शाहलाई लामिछानेसँग मिसाएपछि अहिलेको यो परिणाम आएको हो । सामाजिक सञ्जालले बनाएको बालेन शाहको छविप्रति युवापुस्ताको क्रेजका कारण पनि रास्वपालाई चुनाव जित्न सहज भएको हो ।
यसैबीच, जनताले सहकारी ठगीमा संलग्न जीबी राई जस्ता व्यक्तिहरूको समूहलाई उन्मुक्ति दिने खेलविरुद्ध पनि स्पष्ट विरोध जनाएका छन्। रवि लामिछानेलाई बचाउने नाममा यस्ता ठगीका नाइकेहरूलाई संरक्षण दिने प्रयासप्रति जनमत आक्रोशित छ। जनताले अब सुशासनको खोजीमा छन्—भ्रष्टाचारमुक्त, प्रभावकारी र जनमुखी शासनको।
रास्वपाले सरकार गठनसँगै सुशासनका कडा कदम चाल्ने प्रतिबद्धता भने जनाएको छ। निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरी राष्ट्रपतिलाई प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठनको संवैधानिक बाटो खुलेको छ। प्रधानमन्त्री शपथका लागि राष्ट्रपति कार्यालयसँग परामर्श भइरहेको पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताएका छन्। यो सरकारले जनताको अपेक्षा पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा आगामी दिनमा परीक्षण हुनेछ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा