
१बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
३न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
४डा. गोविन्द केसी पुन: आन्दोलनमा
५विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
६विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
७प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
८न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
९सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
१०डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
११सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
१२चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, ६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक बहुमत प्राप्त गर्दै सरकार गठनको तयारी तीव्र पारेको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने र सोही दिन मन्त्रिपरिषद् गठन गरी मन्त्रीहरूलाई पनि शपथ गराउने समझदारी बनेको छ।
प्रधानमन्त्री पदको शपथ भने चैत १३ गते हुने निश्चित भएको छ। वरिष्ठ नेता बालेन्द्र शाहले सोही दिन प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने र उक्त अवसरमा नै सबै मन्त्रीहरूलाई पनि शपथ गराउने तयारी भइरहेको बुर्लाकोटीले जानकारी दिए। शपथपछि पार्टीको संसदीय दलको बैठक बोलाएर थप औपचारिक प्रक्रिया अघि बढाइने योजना छ।
रास्वपा महामन्त्री बुर्लाकोटीका अनुसार हाल १८ सदस्यीय मन्त्रिपरिषद् गठनको गृहकार्य भइरहेको छ। ’हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद् बनाउने प्रयास गरिरहेका छौं। १८ वरिपरि रहने गरी छलफल जारी छ,’ उनले बताए।
यस क्रममा केही मन्त्रालय गाभ्ने वा मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी दिने विकल्पबारे पनि छलफल चलिरहेको छ। मन्त्रालय संख्या र मन्त्रीहरूको नामावली अझै अन्तिम टुंगो लागिसकेको छैन, तर पार्टीले घोषणापत्रमा उल्लेखित १८ भन्दा बढी मन्त्रालय नराख्ने प्रतिबद्धतालाई आधार बनाएर अघि बढिरहेको छ।
पार्टी शीर्ष नेतृत्व—सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले—बीच भएको बैठकमा सरकारमा बढीमा १८ मन्त्रालय रहने सहमति भएको छ। प्रतिनिधिसभामा झन्डै दुई तिहाइ नजिकको बलियो बहुमत (१८२ सिट आसपास) प्राप्त भएकाले सांसदहरूको शपथपछि मात्र प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने निर्णय गरिएको हो। सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने संसद् सचिवालयले जनाएको छ।
यो निर्वाचन परिणामले नेपाली जनताको दशकौंदेखिको वितृष्णा र असन्तुष्टिलाई स्पष्ट रूपमा व्यक्त गरेको छ। पुराना राजनीतिक दलहरूले वर्षौंसम्म भ्रष्टाचार, देश लुट्ने र वेथितिपूर्ण शासन चलाउँदा जनतामा गहिरो निराशा थियो। यसैको परिणामस्वरूप सुशासन, पारदर्शिता र जवाफदेहिताको अपेक्षा बोकेर आएको रास्वपालाई जनताले अस्वीकारको भोट दिएका छन्।
जेनजी आन्दोलनका क्रममा जेल भत्काएर भगाईएका रास्वपाका सभापति रवि लामिछानेको घट्दो क्रेजलाई सुधन गुरुङले बालेन्द्र शाहलाई लामिछानेसँग मिसाएपछि अहिलेको यो परिणाम आएको हो । सामाजिक सञ्जालले बनाएको बालेन शाहको छविप्रति युवापुस्ताको क्रेजका कारण पनि रास्वपालाई चुनाव जित्न सहज भएको हो ।
यसैबीच, जनताले सहकारी ठगीमा संलग्न जीबी राई जस्ता व्यक्तिहरूको समूहलाई उन्मुक्ति दिने खेलविरुद्ध पनि स्पष्ट विरोध जनाएका छन्। रवि लामिछानेलाई बचाउने नाममा यस्ता ठगीका नाइकेहरूलाई संरक्षण दिने प्रयासप्रति जनमत आक्रोशित छ। जनताले अब सुशासनको खोजीमा छन्—भ्रष्टाचारमुक्त, प्रभावकारी र जनमुखी शासनको।
रास्वपाले सरकार गठनसँगै सुशासनका कडा कदम चाल्ने प्रतिबद्धता भने जनाएको छ। निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरी राष्ट्रपतिलाई प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठनको संवैधानिक बाटो खुलेको छ। प्रधानमन्त्री शपथका लागि राष्ट्रपति कार्यालयसँग परामर्श भइरहेको पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताएका छन्। यो सरकारले जनताको अपेक्षा पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा आगामी दिनमा परीक्षण हुनेछ।