
१तिब्बतर्फ ताल पुन: फुट्यो
२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
३रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
४स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
५विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
६बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
७स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
८पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८अफवाह नफैलाउन प्रहरीको आग्रह
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
दैलेख । मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती प्रदेश बाट ल्याइएको ०१–००६–१०३८ नं को गाडीमा सल्लाको दार लाद्दै गरेका अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।
मध्यपहाडी सडकमा दिउँसै दाउराका लागि भनी अत्याधुनिक यन्त्रमार्फत काटिएको सल्लाको १५ गोलियाभन्दा बढी काठ गाडीमा लाद्दै गरेका अवस्थामा प्रहरीले बरामद गरेको छ । काठ लाद्दै गरेका करीब १२मध्ये मुख्य व्यक्तिका रूपमा रहेका प्रकाश पाल थापालाई यन्त्रसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी प्रमुख अनुपम श्रेष्ठ र जिल्ला वन कार्यालय दैलेखको संयुक्त टोलीले क्रसर उद्योग अनुगमन गरेर शुक्रबार मध्यपहाडी राजमार्गको पश्चिमखण्ड हुँदै दैलेख सदरमुकाम आउँदै गर्दा सडकखण्डमै काठ तस्करी भएको भेटाएको हो । उपभोक्ता समितिको पुर्जी नदेखाएपछि थापालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरीको टोली देख्नेबित्तिकै टिपर चालक भने फरार भएका छन् ।
काठ तस्करीमा संलग्न सबैलाई आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाउने तयारी भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । दैलेखको पश्चिम क्षेत्रमा नियमित गस्ती बढाउने तयारी भएको छ । तस्करी भएको थाहा पाउनेबित्तिकै प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले नागरिकसँग आग्रह गरेको छ ।
पश्चिम क्षेत्रमा वन विनाश
जिल्लाको पश्चिममा पर्ने चामुण्डा बिन्द्रासैनी र आठबीस नगरपालिकाका जङ्गलमा अवैध रुपमा सल्ला, साललगायत अन्य काठको तस्करी बढेको स्थानीयवासीले गुनासो गरेका छन् । सार्वजनिक वन क्षेत्र अतिक्रमण गरेर विभिन्न पूर्वाधार निर्माण गर्ने कार्य पनि तीव्र बढेको छ ।
मध्यपहाडी सडकखण्डको तलमाथि रहेका काठका रुख वन उपभोक्ता समिति र पहुँचवालाको मिलोमतोमा फँडानी हुने क्रम बढेको छ । चामुण्डा बिन्द्रासैनीका उपप्रमुख ताराकुमारी शाहीले वन विनाश, र सार्वजनिक जग्गा अतिक्रमणको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि स्थानीय सरकार, वन कार्यालय, प्रहरी र प्रशासनको संयुक्त अभियान सञ्चालन गर्नुपर्नेमा सुझाव दिनुभयो ।
सुकेको, बूढो र सडेगलेको रुखका लागि जिल्ला वन कार्यालयबाट सिफारिस लिएर वनले टाँचा लगाएपछि मात्र काट्नुपर्ने नियम भए पनि वन उपभोक्ता समितिले बलमिचाइ गर्दै वन फँडानी गर्ने क्रम बढेको जिल्ला वन कार्यालयका होमकुमारी खड्काले बताउनुभयो । वन जोगाउन सबै जिम्मेवार नागरिकको एक हुनुपर्ने खड्काको भनाइ छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति