
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २८ फागुन । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको आज बिहीबार दिउँसो निधन भएको छ ।
बिहीबार पोखरा–९ शान्तिवनस्थित एमाले कास्की जिल्ला पार्टी कार्यालयमा कास्की क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचन समीक्षा बैठक चलिरहेको थियो । बैठकमा बोल्ने क्रममा करिब १० मिनेट सम्बोधन गरेपछि उनी अचानक ढलेका थिए । उनलाई तत्कालै पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकहरूले आज दिउँसो ३ः३७ बजे मृत घोषणा गरेका थिए ।
एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले घटनाको पुष्टि गर्दै अस्पताल स्रोतले पनि निधन भएको जानकारी दिएका छन् ।
बिहीबार कास्की क्षेत्र नं। १ को निर्वाचन समीक्षा बैठक जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको थियो। बैठक समाप्त भएपछि थप अनौपचारिक छलफल चलिरहेको क्रममा थापालाई अचानक हृदयघात भएको थियो ।
बैठकमा कार्यकर्ताहरूले चुनावी टिकट बाँडफाँड, पार्टीको नतिजा र थापाको भूमिकाबारे प्रश्न उठाएका थिए। सबैको कुरा सुनेपछि थापाले सन्तुलित ढंगले जवाफ दिएका थिए । प्रत्यक्षदर्शी तथा एमाले नेता टिकाराम पंगेनीका अनुसार, थापाले चुनावी हारको पूर्ण नैतिक जिम्मेवारी आफूले लिने घोषणा गरेका थिए।
उनले भनेका थिए, “पार्टीले मलाई टिकट दियो, पछि खोसियो पनि। तर पार्टीले सर्मनाक हार व्यहोर्यो। म उठेका सबै प्रश्नको जवाफ दिन तयार छु। यो परिणामको जिम्मा म लिन्छु। पार्टीले साधारण सदस्यबाट पनि हटाउने गरी कारबाही गरे पनि भोग्न तयार छु।”
मन्तव्य सकेपछि बैठक औपचारिक रूपमा सकियो। पंगेनी मञ्चमा गएर थापासँग हात मिलाउँदै गर्दा अचानक थापाको घाँटीबाट अस्वाभाविक घुरेको आवाज आयो। तुरुन्तै जुत्ता खोलेर गाडीमा राखी मणिपाल शिक्षण अस्पताल लगियो। करिब ९ मिनेटमै अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरे।
कृष्ण थापा राजनीतिक रूपमा सक्रिय व्यक्तित्व थिए । उनी २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा गण्डकी प्रदेशसभाको सदस्य बनेका थिए भने २०७९ मा पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यसँग पराजित भएका थिए ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कास्की–२ बाट एमालेले सुरुमा उनलाई टिकट दिएको थियो तर पछि रश्मि आचार्यलाई टिकट हस्तान्तरण गरिएको थियो । थापा जेनजी आन्दोलनपछि एमालेको महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए र हाल कास्की जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हालिरहेका थिए ।