
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, २८ फागुन । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको आज बिहीबार दिउँसो निधन भएको छ ।
बिहीबार पोखरा–९ शान्तिवनस्थित एमाले कास्की जिल्ला पार्टी कार्यालयमा कास्की क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचन समीक्षा बैठक चलिरहेको थियो । बैठकमा बोल्ने क्रममा करिब १० मिनेट सम्बोधन गरेपछि उनी अचानक ढलेका थिए । उनलाई तत्कालै पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकहरूले आज दिउँसो ३ः३७ बजे मृत घोषणा गरेका थिए ।
एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले घटनाको पुष्टि गर्दै अस्पताल स्रोतले पनि निधन भएको जानकारी दिएका छन् ।
बिहीबार कास्की क्षेत्र नं। १ को निर्वाचन समीक्षा बैठक जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको थियो। बैठक समाप्त भएपछि थप अनौपचारिक छलफल चलिरहेको क्रममा थापालाई अचानक हृदयघात भएको थियो ।
बैठकमा कार्यकर्ताहरूले चुनावी टिकट बाँडफाँड, पार्टीको नतिजा र थापाको भूमिकाबारे प्रश्न उठाएका थिए। सबैको कुरा सुनेपछि थापाले सन्तुलित ढंगले जवाफ दिएका थिए । प्रत्यक्षदर्शी तथा एमाले नेता टिकाराम पंगेनीका अनुसार, थापाले चुनावी हारको पूर्ण नैतिक जिम्मेवारी आफूले लिने घोषणा गरेका थिए।
उनले भनेका थिए, “पार्टीले मलाई टिकट दियो, पछि खोसियो पनि। तर पार्टीले सर्मनाक हार व्यहोर्यो। म उठेका सबै प्रश्नको जवाफ दिन तयार छु। यो परिणामको जिम्मा म लिन्छु। पार्टीले साधारण सदस्यबाट पनि हटाउने गरी कारबाही गरे पनि भोग्न तयार छु।”
मन्तव्य सकेपछि बैठक औपचारिक रूपमा सकियो। पंगेनी मञ्चमा गएर थापासँग हात मिलाउँदै गर्दा अचानक थापाको घाँटीबाट अस्वाभाविक घुरेको आवाज आयो। तुरुन्तै जुत्ता खोलेर गाडीमा राखी मणिपाल शिक्षण अस्पताल लगियो। करिब ९ मिनेटमै अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरे।
कृष्ण थापा राजनीतिक रूपमा सक्रिय व्यक्तित्व थिए । उनी २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा गण्डकी प्रदेशसभाको सदस्य बनेका थिए भने २०७९ मा पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यसँग पराजित भएका थिए ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कास्की–२ बाट एमालेले सुरुमा उनलाई टिकट दिएको थियो तर पछि रश्मि आचार्यलाई टिकट हस्तान्तरण गरिएको थियो । थापा जेनजी आन्दोलनपछि एमालेको महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए र हाल कास्की जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हालिरहेका थिए ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा