
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
गोरखा, २५ फागुन । गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार उनले २९,८९६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १५,३९८ मत प्राप्त गरे। यसरी गुरुङले खत्रीमाथि १४,४९८ मतको स्पष्ट अग्रता कायम गरेका छन्। तेस्रो स्थानमानेपाली कम्युनिष्ट पार्टी (नेकपा) हरिराज अधिकारी ११,१२४ मतसहित रहेका छन् भने चौथो स्थानमा एमालेका रामचन्द्र लामिछानेले ३,७३२ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले क्रमशः कम मत ल्याएका छन्।
सुधन गुरुङ को हुन् ?
सुधन गुरुङ (जन्मः २०४४) चुमनुव्री गाउँपालिका–३ सिर्दिवास (नाग्चेत) का पुख्र्यौली थलो भए पनि काठमाडौंमा जन्मेका र हुर्केका युवा नेता हुन्। उनले मल्टी इन्टरनेसनल कलेजबाट ‘ए लेभल्स’ पूरा गरेपछि विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका थिए। विभिन्न संघसंस्थासँग जोडिएर सामाजिक कार्यमा सक्रिय रहेका गुरुङले २०७२ सालको गोरखा भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था स्थापना गरी राहत तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
२०८२ भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि उनी एकाएक राष्ट्रिय चर्चामा आए। नेतृत्वविहीन यो आन्दोलनको मोर्चा सम्हाल्दै अगुवाइ गरेका गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन तथा मन्त्रिपरिषद् विस्तारसम्मका गतिविधिमा सक्रिय भूमिका खेलेका थिए। आन्दोलनपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी गोरखा–१ बाट उम्मेदवारी दिएका थिए।
ऐतिहासिक सन्दर्भ र महत्व
गोरखा–१ क्षेत्र विगतका निर्वाचनमा मुख्य रूपमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो जित्ने क्षेत्रका रूपमा चिनिन्थ्यो। २०६४ यताका निर्वाचनमा यी दुई दलले वर्चस्व कायम राखेका थिए। तर यसपटक जेन–जी आन्दोलनबाट उदाएका युवा नेतृत्वको प्रवेशले परम्परागत राजनीतिक शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रचेको छ।
विजयपछि गुरुङको प्रतिक्रिया
विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गुरुङले भने, ‘यो जित मेरो मात्र होइन, गोरखावासीको जित हो। जेन–जी आन्दोलनको सम्झौता कार्यान्वयन मेरो पहिलो प्राथमिकता हो। जेन–जी आन्दोलनलाई जनआन्दोलन घोषणा गर्ने विषय संसदमा उठाउँछु। क्षेत्र नम्बर १ विकासको दृष्टिले पछाडि परेको छ, यसलाई अगाडि बढाउन दिनरात नभनी काम गर्नेछु।’
उनको मुख्य चुनावी एजेन्डामा जेन–जी शहीद परिवार तथा घाइतेहरूको पीडा अन्त्य, ठूला फाइलहरूको खुलासा, शून्य सहिष्णुता तथा जिम्मेवारी निश्चितता जस्ता मुद्दा थिए। उनले संसदबाट सरकारलाई निरन्तर दबाब दिई छानबिन प्रतिवेदनको आधारमा अभियोजन तथा कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।