
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
गोरखा, २४ फागुन । गोरखा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी भारी मतान्तरले विजयी भएका छन्।
निर्वाचन कार्यालयले आइतबार साँझ उनलाई निर्वाचित घोषणा गरेको हो। बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गरेका छन्। कुल १ लाख ८ हजार ५३३ मतदाता रहेको यस क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो, जसमध्ये ५४ हजार १४७ मत सदर र ३ हजार ९ मत बदर भएका थिए।
बुर्लाकोटीले सदर मतको करिब ४९ प्रतिशत प्राप्त गर्दै प्रतिस्पर्धीलाई उल्लेख्य मतान्तरले पछि पारेका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन्। बुर्लाकोटीले दवाडीभन्दा १४ हजार ९६० मत बढी ल्याएका हुन्।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे। नेकपा (एमाले) का मिलन गुरुङ (चक्रे मिलन) ले ३ हजार ८७ मत ल्याएका छन्।
अन्य उम्मेदवारहरूको मत यस प्रकार छः
बलराम तामाङ (उज्यालो नेपाल पार्टी) – ६३९
कुल बहादुर बस्नेत (राष्ट्रिय प्रजातन्त्र पार्टी) – २९२
सोम बहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) – २९०
टेक बहादुर प्रधान (नेपाल कम्युनिस्ट पार्टी माओवादी) – १३०
प्रसाद गुरुङ (नेशनल रिपब्लिक नेपाल) – १११
चूडा प्रसाद ढकाल (स्वतन्त्र) – ८०
कल्पना कुमाल (आम जनता पार्टी) – ४१
राम शरण बुढाथोकी (नेपाल मजदुर किसान पार्टी) – ३०
हरि पोखरेल (स्वतन्त्र) – १४
रास्वपाका संस्थापक सदस्यमध्येका एक बुर्लाकोटी पार्टी स्थापना (२०७९ असार) हुँदादेखि नै सक्रिय छन्। उनी सुरुमा केन्द्रीय सदस्य, केही महिनामै सहमहामन्त्री र दुई वर्षभित्रै महामन्त्री बनेका थिए। यस क्षेत्रमा यसअघि २०७९ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल ’प्रचण्ड’ विजयी भएका थिए, जहाँ बुर्लाकोटी दोस्रो स्थानमा थिए।