
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं, २४ फागुन । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आइतबार आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगका सदस्यहरू पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारीसहितको टोलीले आज आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन हस्तान्तरण गरेको हो ।
आयोगले आन्दोलनका क्रममा भएका सुरक्षा चुक, अत्यधिक बल प्रयोग तथा अन्य गल्तीहरूका लागि जिम्मेवार व्यक्तिहरूलाई कारबाहीको सिफारिस गरेको छ । आयोगका संयोजक गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “जेनजी आन्दोलनमा भदौ २३ गते युवाहरूमाथि गोली हान्ने आदेश दिनेदेखि गोली नरोक्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको छ । भदौ २४ गतेको घटनामा पनि दोषी देखिएकालाई कारबाहीको सिफारिस गरिएको छ ।”
आयोगका सदस्य विज्ञानराज शर्माले पनि ‘जसले गल्ती गरेको छ, उसलाई कारबाही हुन्छ । हामीले प्रमाणका आधारमा निष्पक्ष रूपमा राय तथा सुझाव दिएका छौं,’ भने । उनले प्रतिवेदनमा सुरक्षा चुकहरू सुरुदेखि नै देखिएको उल्लेख गर्दै ब्यारिकेडदेखि नै लापरबाही भएको बताए ।
प्रतिवेदनमा विशेष रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं जिल्ला सुरक्षा समितिका तत्कालीन अध्यक्ष (प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल) लाई जिम्मेवार ठहर गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरिएको छ । यसबाहेक तत्कालीन गृहमन्त्री रमेश लेखक, गृह सचिव तथा नेपाल प्रहरीका तत्कालीन आईजीपी लगायत अन्य जिम्मेवार अधिकारीहरूलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरिएको आयोग स्रोतले जनाएको छ ।
भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर २१ जनाको घटनास्थल तथा अस्पतालमा मृत्यु भएको थियो । समग्र जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । आयोगले २०० भन्दा बढी व्यक्तिको बयान, कागजात तथा प्रमाणहरू संकलन गरी करिब ८ देखि १० हजार पृष्ठसम्मको प्रतिवेदन तयार पारेको छ ।
आयोगले भदौ २४ गते भएको आगजनी, लुटपाट तथा तोडफोडमा संलग्नहरूलाई पनि सम्बन्धित कसुरमा अभियोजन गर्न सिफारिस गरेको छ । मङ्सिर २४ मा सरकार र आन्दोलनकारीबीच भएको १० बुँदे सम्झौताअनुसार उच्चस्तरीय आयोग गठन गरी निष्पक्ष छानबिन तथा कारबाही सिफारिस गर्ने उल्लेख थियो ।
आयोगले प्रतिवेदन बुझाइसकेपछि सरकारले यसलाई कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ । संयोजक कार्कीले प्रतिवेदन कार्यान्वयन नभए अर्को आन्दोलन हुन सक्नेप्रति सरकारलाई सचेत गराएको बताए । आयोगले निर्वाचनलाई असर नपरोस् भनेर निर्वाचनपछि प्रतिवेदन बुझाउने निर्णय गरेको पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन प्राप्त गरेपछि यसको अध्ययन गरी आवश्यक कारबाही अघि बढाउने बताइएको छ । आयोगले देश, जनता तथा शहीदहरूको न्यायका लागि निष्पक्ष रूपमा काम गरेको दाबी गरेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा