
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, २३ फागुन । मुलुकको राजधानी काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्ण क्लिन स्वीप गरेको छ । मतगणना सम्पन्न भएसँगै रास्वपाका उम्मेदवारहरूले ठूलो मतान्तरका साथ जित हासिल गरेका छन् । यो परिणामले राजधानीमा परम्परागत दलहरूको प्रभाव निकै कमजोर भएको देखाएको छ ।
काठमाडौं–१ बाट रञ्जु दर्शना (न्यौपाने)ले १५ हजार ४५५ मत प्राप्त गर्दै जित हासिल गरिन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत मात्रै पाए । काठमाडौं–२ मा सुनिल केसीले ३४ हजार २३८ मत ल्याएर विजयी भए भने कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत पाए । काठमाडौं–३ मा राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित निर्वाचित भए, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ११ हजार १७१ मतमा रोकिए ।
यसैगरी काठमाडौं–४ मा पुकार बमले २९ हजार २४२ मत प्राप्त गरे, कांग्रेसका सचिन तिमल्सेना ८ हजार ८२४ मतमा सीमित रहे । काठमाडौं–५ मा सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भइन्, कांग्रेसका प्रदीप पौडेल ९ हजार १५९ मत ल्याए । काठमाडौं–६ मा शिशिर खनालले २७ हजार ७१९ मत प्राप्त गरे, कांग्रेसका कृष्ण बानियाँ क्षेत्री ६ हजार ६४७ मतमा पछि परे ।
काठमाडौं–७ मा गणेश पराजुली २७ हजार ८०५ मतसहित जिते, कांग्रेसका प्रमोदहरि गुरागाईं ३ हजार ९८२ मतमा रोकिए । काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मत ल्याएर निर्वाचित भए, नेकपाका सुमन सायमी ३ हजार २१७ मतमा सीमित रहे । काठमाडौं–९ मा डोलप्रसाद अर्यालले ३५ हजार ९३ मत प्राप्त गरे, कांग्रेसकी नानुमैया बास्तोला ५ हजार ४६० मत ल्याइन् । काठमाडौं–१० मा प्रदिप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भए, कांग्रेसका हिमाल कार्की ८ हजार १०० मतमा पछि परे ।
यी नतिजाले रास्वपाले काठमाडौंमा युवा तथा शहरी मतदाताको ठूलो समर्थन प्राप्त गरेको स्पष्ट भएको छ । धेरैजसो क्षेत्रमा प्रतिस्पर्धीहरूको जमानत जफत भएको छ, जसले मतदाताको असन्तुष्टि र परिवर्तनको चाहना झल्काउँछ ।
२०७९ को निर्वाचनसँग तुलना गर्दा यो परिवर्तन निकै उल्लेखनीय छ । त्यतिबेला रास्वपाले काठमाडौंका १० क्षेत्रमध्ये मात्र ४ वटामा जित हासिल गरेको थियो— काठमाडौं–२ (सोविता गौतम), काठमाडौं–६ (शिशिर खनाल), काठमाडौं–७ (गणेश पराजुली) र काठमाडौं–८ (विराजभक्त श्रेष्ठ) । बाँकी ६ क्षेत्रमा नेपाली कांग्रेस र अन्य दलहरूले जितेका थिए ।
तर अहिले रास्वपाले पुराना ४ क्षेत्रमा जित दोहोर्याएको मात्र होइन, थप ६ क्षेत्र पनि जितेर पूर्ण क्लिन स्वीप गरेको छ । यसले जेनजी आन्दोलनपछि आएको राजनीतिक परिवर्तनको लहरलाई संस्थागत गरेको देखिन्छ— परम्परागत दलहरूको प्रभाव घट्दै गएको र वैकल्पिक राजनीतिप्रति मतदाताको आकर्षण बढेको छ ।