
१म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
२रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी
३मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
४स्याङ्जा क्षेत्र नं. १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
५कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
६कास्की–३ मा रास्वपाकी बिना गुरुङको ऐतिहासिक जित
७कास्कीका तीनै क्षेत्रमा रास्वपाको अग्रता कायमैं
८भ्रष्टाचार र उम्मेदवारी खारेजीको मुद्दा परेका मनाङका उम्मेदवार टेकबहादुर गुरुङ पुनः विजयी
९गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा मतपेटिका संकलनमा ढिलाइ
१०रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी
११मुस्ताङमा कांग्रेसका युवा नेता योगेश विजयी
१२रास्वपाले खोल्यो खाता : काठमाडौं १ बाट रञ्जु दर्शना विजयी
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
पोखरा, २३ फागुन । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेलले भारी मतान्तरसहित विजय हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त गर्दै उनले यो क्षेत्रबाट संसद प्रवेश गरेका हुन् ।
पौडेलले ३१ हजार ९११ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका नेकपा (एमाले) की रश्मि आचार्यले ७ हजार ४९३ मत मात्र ल्याइन् । यो मतान्तर झन्डै २४ हजार ४१८ को छ । कुल खसेको ५२ हजार ५१९ मतमध्ये पौडेलले करिब ६० प्रतिशत मत हासिल गरेका छन् । यस क्षेत्रमा ८४ हजार १३४ मतदाता रहेका थिए भने १ हजार ८४४ मत बदर भएका थिए ।
यो क्षेत्र विगतका निर्वाचनहरूमा नेकपा (एमाले) को ’लालकिल्ला’ मानिन्थ्यो । यसअघिका चुनावमा एमालेका लोकप्रिय नेता स्व. रवीन्द्र अधिकारी र पछि उनकै पत्नी विद्या भट्टराईले निरन्तर जित हासिल गर्दै आएका थिए । तर यसपटक रास्वपाले एमालेको यो परम्परागत बलियो आधार तोड्दै निर्णायक जित निकालेको छ ।
नेपाली कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ६ हजार ५०० मत प्राप्त गरे । अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हेमजंग गुरुङले १ हजार ६४३, नेकपाका हेमबहादुर थापाले १ हजार २७६, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २७ मत ल्याए । अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको मत भने नगण्य रह्यो । यस क्षेत्रमा कुल १२ दल र ५ स्वतन्त्रसहित १७ उम्मेदवार मैदानमा थिए ।
सञ्चारकर्मी पृष्ठभूमिबाट राजनीतिमा आएका पौडेल यसअघि रास्वपामा सक्रिय थिए । उनी रास्वपा सभापति रवि लामिछानेसँगै टेलिभिजन क्षेत्रमा काम गरेका अनुभवी व्यक्ति हुन् । वैकल्पिक राजनीतिप्रतिको बढ्दो आकर्षण र युवा तथा शहरी मतदाताको समर्थनले उनको जितलाई सहज बनाएको विश्लेषकहरू बताउँछन् ।
यो जितले कास्की जिल्लामा रास्वपाको प्रभाव विस्तार भएको संकेत गरेको छ । कास्की–३ मा पनि रास्वपाकी बिना गुरुङले ठूलो मतान्तरले जित हासिल गरेकी थिइन् । यस क्षेत्र पोखराको मुख्य बजार क्षेत्रसँग जोडिएको छ, जसले पर्यटन, व्यापार र शहरी विकासका मुद्दालाई केन्द्रमा राखेर पौडेलले मतदातालाई आकर्षित गरेको देखिन्छ ।
अघिल्लो निर्वाचनमा एमालेले यो क्षेत्रमा बलियो पकड कायम राखेको थियो, तर यसपटकको परिणामले वैकल्पिक शक्तिको उदय र परम्परागत दलहरूको प्रभावमा कमी आएको प्रष्ट देखिन्छ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल