
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २३ फागुन । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेलले भारी मतान्तरसहित विजय हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त गर्दै उनले यो क्षेत्रबाट संसद प्रवेश गरेका हुन् ।
पौडेलले ३१ हजार ९११ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका नेकपा (एमाले) की रश्मि आचार्यले ७ हजार ४९३ मत मात्र ल्याइन् । यो मतान्तर झन्डै २४ हजार ४१८ को छ । कुल खसेको ५२ हजार ५१९ मतमध्ये पौडेलले करिब ६० प्रतिशत मत हासिल गरेका छन् । यस क्षेत्रमा ८४ हजार १३४ मतदाता रहेका थिए भने १ हजार ८४४ मत बदर भएका थिए ।
यो क्षेत्र विगतका निर्वाचनहरूमा नेकपा (एमाले) को ’लालकिल्ला’ मानिन्थ्यो । यसअघिका चुनावमा एमालेका लोकप्रिय नेता स्व. रवीन्द्र अधिकारी र पछि उनकै पत्नी विद्या भट्टराईले निरन्तर जित हासिल गर्दै आएका थिए । तर यसपटक रास्वपाले एमालेको यो परम्परागत बलियो आधार तोड्दै निर्णायक जित निकालेको छ ।
नेपाली कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ६ हजार ५०० मत प्राप्त गरे । अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हेमजंग गुरुङले १ हजार ६४३, नेकपाका हेमबहादुर थापाले १ हजार २७६, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २७ मत ल्याए । अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको मत भने नगण्य रह्यो । यस क्षेत्रमा कुल १२ दल र ५ स्वतन्त्रसहित १७ उम्मेदवार मैदानमा थिए ।
सञ्चारकर्मी पृष्ठभूमिबाट राजनीतिमा आएका पौडेल यसअघि रास्वपामा सक्रिय थिए । उनी रास्वपा सभापति रवि लामिछानेसँगै टेलिभिजन क्षेत्रमा काम गरेका अनुभवी व्यक्ति हुन् । वैकल्पिक राजनीतिप्रतिको बढ्दो आकर्षण र युवा तथा शहरी मतदाताको समर्थनले उनको जितलाई सहज बनाएको विश्लेषकहरू बताउँछन् ।
यो जितले कास्की जिल्लामा रास्वपाको प्रभाव विस्तार भएको संकेत गरेको छ । कास्की–३ मा पनि रास्वपाकी बिना गुरुङले ठूलो मतान्तरले जित हासिल गरेकी थिइन् । यस क्षेत्र पोखराको मुख्य बजार क्षेत्रसँग जोडिएको छ, जसले पर्यटन, व्यापार र शहरी विकासका मुद्दालाई केन्द्रमा राखेर पौडेलले मतदातालाई आकर्षित गरेको देखिन्छ ।
अघिल्लो निर्वाचनमा एमालेले यो क्षेत्रमा बलियो पकड कायम राखेको थियो, तर यसपटकको परिणामले वैकल्पिक शक्तिको उदय र परम्परागत दलहरूको प्रभावमा कमी आएको प्रष्ट देखिन्छ ।