
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
मुस्ताङ, २२ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट आफ्नो विजयी खाता खोलेको छ। हिमालपारीको एक मात्र निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्।
योगेश गौचन थकालीले ३,३०७ मत प्राप्त गर्दै विजयी घोषित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का इन्द्रधारा विष्टले १,८०६ मत पाए। तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरे।
मुस्ताङमा कुल ११,३२८ मतदाता रहेकोमा ६,३८८ मत खसेको थियो। ३२ वर्षीय योगेश गौचन थकाली कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी थासाङ गाउँपालिका–लेतेका बासिन्दा हुन्। यसअघि २०७९ को निर्वाचनमा पनि उनी मुस्ताङबाटै विजयी भएका थिए, जसले गर्दा यो उनको संघीय संसद्मा दोस्रो कार्यकाल हो। त्यतिबेला उनी संसद्का सबैभन्दा कान्छा सांसद बनेका थिए।
पूर्वसांसद रहिसकेका योगेशले निर्वाचनपछि प्रतिक्रिया दिँदै भने, “जनताले नीतिका आधारमा अनुमोदन गरेका हुन्। दुईपटक जिताएर पठाउनुभएको छ, यो विश्वासलाई कमजोर हुन दिनेछैन।” उनले जिल्लाको विकासलाई प्राथमिकता दिने बताए। विशेष गरी हिमाली अर्थतन्त्र, माटो सुहाउँदो कृषि (स्याउ, आलु आदि), पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनबाट प्रभावित समस्याहरू समाधानमा नीतिगत प्रयास गर्ने उनको योजना छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई पनि प्राथमिकतामा राख्ने उनले उल्लेख गरे। साथै, उपल्लो मुस्ताङका बासिन्दाले निषेधित क्षेत्रका कारण भोग्नुपरेको कठिनाइलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए। “एउटै देशका नागरिकले दुई देशका नागरिकजस्तो व्यवहार खेप्नुपरेको छ,” उनले भने।
राजनीतिमा युवा पुस्ताको खोजी र परिवर्तनको चाहनासँग मेल खाँदै योगेशको जित आएको छ। सानैदेखि राजनीतिक वातावरणमा हुर्केका उनले अघिल्लो कार्यकालमा अधुरा रहेका काम पूरा गर्ने तथा नयाँ चुनौती सम्हाल्ने अवसर पाएको बताए। मुस्ताङको विकास र जनआकांक्षालाई मागअनुसार सम्बोधन गर्दै “प्याराडाइम सिफ्ट” र “आइस ब्रेक” को गतिमा अघि बढ्ने उनको भनाइ छ। यो जितसँगै नेपाली कांग्रेसले यस निर्वाचनमा मुस्ताङबाट महत्वपूर्ण सुरुवात गरेको छ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा