
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
मुस्ताङ, २२ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट आफ्नो विजयी खाता खोलेको छ। हिमालपारीको एक मात्र निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्।
योगेश गौचन थकालीले ३,३०७ मत प्राप्त गर्दै विजयी घोषित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का इन्द्रधारा विष्टले १,८०६ मत पाए। तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरे।
मुस्ताङमा कुल ११,३२८ मतदाता रहेकोमा ६,३८८ मत खसेको थियो। ३२ वर्षीय योगेश गौचन थकाली कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी थासाङ गाउँपालिका–लेतेका बासिन्दा हुन्। यसअघि २०७९ को निर्वाचनमा पनि उनी मुस्ताङबाटै विजयी भएका थिए, जसले गर्दा यो उनको संघीय संसद्मा दोस्रो कार्यकाल हो। त्यतिबेला उनी संसद्का सबैभन्दा कान्छा सांसद बनेका थिए।
पूर्वसांसद रहिसकेका योगेशले निर्वाचनपछि प्रतिक्रिया दिँदै भने, “जनताले नीतिका आधारमा अनुमोदन गरेका हुन्। दुईपटक जिताएर पठाउनुभएको छ, यो विश्वासलाई कमजोर हुन दिनेछैन।” उनले जिल्लाको विकासलाई प्राथमिकता दिने बताए। विशेष गरी हिमाली अर्थतन्त्र, माटो सुहाउँदो कृषि (स्याउ, आलु आदि), पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनबाट प्रभावित समस्याहरू समाधानमा नीतिगत प्रयास गर्ने उनको योजना छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई पनि प्राथमिकतामा राख्ने उनले उल्लेख गरे। साथै, उपल्लो मुस्ताङका बासिन्दाले निषेधित क्षेत्रका कारण भोग्नुपरेको कठिनाइलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए। “एउटै देशका नागरिकले दुई देशका नागरिकजस्तो व्यवहार खेप्नुपरेको छ,” उनले भने।
राजनीतिमा युवा पुस्ताको खोजी र परिवर्तनको चाहनासँग मेल खाँदै योगेशको जित आएको छ। सानैदेखि राजनीतिक वातावरणमा हुर्केका उनले अघिल्लो कार्यकालमा अधुरा रहेका काम पूरा गर्ने तथा नयाँ चुनौती सम्हाल्ने अवसर पाएको बताए। मुस्ताङको विकास र जनआकांक्षालाई मागअनुसार सम्बोधन गर्दै “प्याराडाइम सिफ्ट” र “आइस ब्रेक” को गतिमा अघि बढ्ने उनको भनाइ छ। यो जितसँगै नेपाली कांग्रेसले यस निर्वाचनमा मुस्ताङबाट महत्वपूर्ण सुरुवात गरेको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम