
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतदान आज बिहान ७ बजेदेखि देशभर निर्वाध रूपमा सुरु भएको छ । निर्वाचन आयोगले सबै मतदान केन्द्रहरूमा मतदान प्रक्रिया सुचारु रूपमा अगाडि बढेको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “भर्खरै ७ बजेदेखि देशव्यापी रूपमा मतदान सुरु भएको छ । सबैतिर निर्वाध ढंगले मतदान प्रक्रिया चलिरहेको खबर प्राप्त भएको छ ।” मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ ।
मतदाताले मतदान गर्नका लागि मतदाता परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपुर्जा (लालपूर्जा) मध्ये कुनै एक सक्कल कागजात देखाए पुग्ने आयोगले जनाएको छ । यसले मतदातालाई परिचय प्रमाणित गर्न सहज बनाएको छ ।
मतदान केन्द्रहरूमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । अपांगता भएका व्यक्ति, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी तथा गर्भवती मतदातालाई लाइनमा बस्न नपर्ने विशेष प्राथमिकता दिइएको छ ।
देशभर कुल १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र सञ्चालनमा छन् । यसमध्ये ३ हजार ६८० अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । यसबाहेक १४३ अस्थायी मतदानस्थल पनि तयार पारिएका छन् ।
निर्वाचनको सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जसअनुसार ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । यसका अतिरिक्त दुई लाख १५ हजार सरकारी कर्मचारी मतदान प्रक्रियामा संलग्न छन् ।
यो निर्वाचन गत वर्ष भएको जनआन्दोलनपछि संसद् विघटन भएयता पहिलो पटक हुन लागेको हो । मतदातालाई समयमै आफ्नो मतदान केन्द्र पुगेर शान्तिपूर्ण रूपमा मताधिकार प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा