
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएकी छन्।
बुटवलमा लुम्बिनी प्रदेशको निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै उनले निर्वाचन बहिष्कार गर्ने समूहहरूबाट आउन सक्ने जोखिममा ध्यान दिनुपर्ने बताइन्।
उनका अनुसार केही साना समूहहरू (एक–दुई, चार–पाँच जनाको) ले चुनाव लड्ने क्षमता पनि छैन, जनतासँग राम्रो सम्बन्ध पनि छैन। तर यिनीहरूले बहिष्कारको बहानामा पैसा असुली (एक्सटर्सन) गर्ने र आफ्नो पार्टीको अस्तित्व देखाउने गरेका छन्। उनले भनिन्, ‘बहिष्कार भन्दै पैसा उठाउँछन्, पार्टी चलाउँछन्। कुनै कार्यक्रम पनि गर्दैनन्, तर पार्टी जीवित देखिन्छ र पैसा पनि आइरहन्छ। यो प्रवृत्ति बढ्दै गएको छ। यसबाट सतर्क रहनुपर्छ।’
यसबाहेक उनले फागु पूर्णिमा (होली) नजिकिँदै गरेको र हिमाली जिल्लाहरूमा (विशेष गरी रुकुम पूर्वमा) हिमपात जस्ता प्राकृतिक समस्या आउन सक्ने भएकाले पनि चिन्ता व्यक्त गरिन्। तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय छन्। तिनीहरूबीचको प्रतिस्पर्धा झडप वा झगडामा बदलिन सक्ने आशंका उनले गरिन्।
पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटनाहरू पनि रिपोर्ट भएका छन्, जसले निर्वाचनको समयमा तनाव बढाउन सक्छ भन्दै प्रधानमन्त्री कार्कीले यी सबै सम्भावित चुनौतीहरूको पूर्वतयारी गर्न र निर्वाचनलाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायहरूलाई आग्रह गरेकी छन्।