
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
रुकुम पूर्व, १ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको राष्ट्रिय संकट समाधान गर्न सबै राष्ट्रिय राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। जनयुद्धको ३१औँ दिवसका अवसरमा रुकुम पूर्वबाट जारी गरेको भिडियो सन्देशमा उनले जेन–जेड आन्दोलन र त्यसपछिको विध्वंसले मुलुकलाई गम्भीर अप्ठ्यारो अवस्थामा पुर्याएको बताए।
जनयुद्धको आधार इलाका रुकुम पूर्वमा पुगेर दिवस मनाउँदै प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितहरूप्रति सम्मान व्यक्त गरे। उनले भने, ‘जेनजी आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना गरेको छ। विध्वंसले सिर्जना गरेको संकट समाधानका लागि सम्पूर्ण राष्ट्रिय राजनीतिक शक्ति एक हुनुपर्छ। निर्वाचनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न म हार्दिक अपिल गर्दछु।’
प्रचण्डले यो वर्षको जनयुद्ध दिवस आफ्नो लागि विशेष भएको उल्लेख गरे। रुकुम पूर्वलाई जनयुद्धको केन्द्रीय आधार क्षेत्रका रूपमा स्मरण गर्दै उनले भने, ‘यहाँ आएर जनयुद्ध मनाउँदा ती सबै स्मृतिहरू ताजा भएर आएका छन्। जनयुद्धमा रुकुम र रोल्पाले खेलेको भूमिकालाई फेरि देशभर स्थापित गर्ने जिम्मेवारी छ। सहिदका सपना पूरा गर्ने दायित्व सबैको हो।’
उनले देशको वर्तमान परिस्थितिलाई नयाँ मोडमा पुगेको बताउँदै जनयुद्ध दिवस एकातिर गर्वको विषय र अर्कोतर्फ ठूलो जिम्मेवारी भएको धारणा राखे। रुकुम पूर्वको प्रत्यक्ष निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका प्रचण्डले नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पसहित यो क्षेत्रमा आएको बताए।
जनयुद्ध दिवसका अवसरमा नेकपाले रुकुम पूर्वमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। प्रचण्डले स्थानीय सहिद परिवार, घाइते तथा बेपत्ता व्यक्तिका परिवारसँग भेटघाट गर्दै उनीहरूको योगदानलाई सम्मान गरेका छन्। उनको सन्देशले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेको छ।
यो दिवसले नेपालको राजनीतिक इतिहासमा जनयुद्धको योगदानलाई स्मरण गर्दै वर्तमान संकटबाट पार पाउन एकताको आवश्यकता औंल्याएको छ। प्रचण्डको अपिलले राजनीतिक दलहरूबीच सहकार्यको सम्भावनालाई बल पुर्याउने अपेक्षा गरिएको छ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ