
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
पोखरा, २८ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको दाबी गरेका छन्। उनले विपक्षी दलहरू, बुद्धिजीवी तथा पत्रकारहरूले समेत नेकपाको प्रदर्शन अपेक्षाभन्दा राम्रो हुने निष्कर्ष निकालिसकेको जिकिर गरे।
पोखरामा बुधबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो मैले मात्रै भनेको होइन— हाम्रा विपक्षी राजनीतिक दल, बुद्धिजीवी, पत्रकार सबैले आजभोलि भन्न थालेका छन् कि नेपाली कम्युनिस्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ। यसमा कसैको विमति छैन।’
उनले विगतमा केहीले नेकपालाई कमजोर ठानेर ’एकदम कम ल्याउँछ, भनेजस्तो आउँदैन’ भन्दै हेपेको उल्लेख गर्दै अहिले स्थिति उल्टिएको बताए। ‘पहिला त हामीलाई हेप्थे, अब बजारमा चर्चा छ— नेकपा कम्पिटिसनमा गयो, चारवटाको बीचमा कडा प्रतिस्पर्धा हुन्छ भन्ने,’ प्रचण्डको भनाइ थियो।
प्रचण्डले प्रत्यक्ष निर्वाचनतर्फ नेकपाको राम्रो नतिजा आउने देखिएको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ प्रचार अभियानमा जुट्न निर्देशन दिए।
उनले नयाँ भनिएका राजनीतिक दलहरूले केही नयाँ ठाउँमा मात्र माहोल देखाए पनि पुराना आधार क्षेत्रमा प्रभाव नपारेको टिप्पणी गरे। ‘हाम्रो नेकपा, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच देशभरि कडा प्रतिस्पर्धा हुँदैछ— यो कुरा सबैले स्वीकारेका छन्,’ उनले भने।
प्रचण्डको विश्वास छ-आउँदा १०–१५ दिनभित्र नेकपा अगाडि बढेर ‘टप’ मा पुग्ने वातावरण बन्नेछ। “हामी सबैले मेहनत गर्यौं भने अहिले त्यो परिस्थिति बन्दैछ,” उनले जोड दिए।
संयोजक प्रचण्डले फागुन २१ गते तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुने बताउँदै पार्टीका कार्यकर्तालाई तुरुन्तै चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन्। कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “निर्वाचन हुँदैन कि भन्ने शंका अब हटेको छ। अबको तीन हप्ता पूरै पार्टीले चुनावी अभियानमा लगाउनुपर्छ।”
उनले यो निर्वाचन जेनजी आन्दोलनपछि बनेको असामान्य अवस्थामा हुँदै गरेको उल्लेख गर्दै देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले आफ्नो ठाउँबाट सक्रिय भएर नेकपालाई बलियो बनाउनुपर्नेमा जोड दिए। ‘आजैदेखि खटिएर आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस्,’ उनको आह्वान थियो।
यसैगरी, अन्य पार्टीसँग तालमेल वा समीकरण गर्ने कुनै योजना नभएको स्पष्ट पार्दै उनले भने, ‘कुनै पनि किसिमको तालमेल वा गठबन्धन गर्दैनौं। आफ्नै खुट्टामा उभिएर जनताको विश्वास जितेर संसद्मा सबैभन्दा ठूलो पार्टी बन्न चाहन्छौं।’
अन्त्यमा, उनले चुनावी अन्तिम चरणमा नेकपाले उम्मेदवारी फिर्ता लिने वा अन्यसँग मिल्ने जस्ता हल्ला फैलाउने प्रयास हुन सक्ने भन्दै कार्यकर्तालाई त्यसप्रति सजग रहन पनि आग्रह गरेका छन्।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा