
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२’ पारित गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माको नेतृत्वमा तयार पारिएको उक्त निर्देशिका पारित गरेको हो।
निर्देशिकाले चुनावी अभियानलाई स्वस्थ, सभ्य र परिपक्व बनाउने जोड दिएको छ। यसमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि पार्टीले प्रतिस्पर्धी दल तथा तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी र विषयगत तर्कसहितको आलोचना मात्र गर्ने नीति अख्तियार गरेको छ। गालीगलौज वा व्यक्तिगत आक्रमण गर्न नपाइने व्यवस्था गरिएको छ।
निर्देशिकामा भनिएको छ, “नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ।”
यसैगरी, चुनावी मैदानलाई दुश्मनीको अखडा नभई विचार र व्यक्तित्वको प्रतिस्पर्धाको महायज्ञ का रूपमा चित्रण गर्दै निर्देशिकाले भनेको छ, “चुनाव मैदानमा रहेका कुनै पनि दल वा उम्मेदवार नेपाली कांग्रेसका लागि दुश्मन होइनन्।” पार्टीले आफ्नो व्यवहारबाट यो सन्देश प्रवाह गर्ने र अन्य दलहरूलाई पनि यस्तै स्वस्थ प्रतिस्पर्धाको संस्कृति अपनाउन प्रेरित गर्ने उल्लेख छ।
निर्देशिकाले घृणास्पद, उत्तेजक तथा भड्काउने प्रकृतिका अभिव्यक्ति पूर्ण रूपमा त्याग्ने र उम्मेदवार तथा प्रचारकहरूलाई यस्ता कुराबाट टाढा रहन निर्देशन दिएको छ। सामान्य तथा स्वस्थ व्यङ्ग्यलाई निर्वाचन मैदानमा स्वाभाविक माने पनि सार्वजनिक प्रस्तुति पूर्ण संयमित र परिपक्व रहने उल्लेख छ।
पार्टीले निर्वाचनको मैदानलाई स्वस्थ तथा हार्दिक बनाउने मुख्य जिम्मेवारी राजनीतिक दलहरूकै भएको भन्दै यसमा सबै दललाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
यसैबीच, नेपाली कांग्रेसले आगामी निर्वाचनमा १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता–कार्यकर्तालाई परिचालन गर्ने योजना पनि निर्देशिकामा समेटेको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी