
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
पोखरा, १ माघ । नेपाली कांग्रेसमा ठूलो परिवर्तन भएको छ। भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनले गगन थापालाई नयाँ सभापति चुनेको छ। यो महाधिवेशनमा करिब ५६ प्रतिशत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो र नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरियो।
यो घटनाले पार्टीमा लामो समयदेखिको आन्तरिक विवादलाई चरममा पुर्यायो। शेरबहादुर देउवा नेतृत्वको पुरानो केन्द्रीय कार्यसमितिले महाधिवेशनको केही घण्टाअघि नै गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको थियो। तर विशेष महाधिवेशनले पुरानो समिति खारेज गरी नयाँ कार्यसमिति गठन गर्यो। यससँगै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ।
नयाँ कार्यसमितिमा गगन थापा सभापति भएका छन्। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्विरोध निर्वाचित भए। विभिन्न समावेशी कोटाबाट सहमहामन्त्रीहरू पनि चयन गरिएका छन्। साथै १२१ जना केन्द्रीय सदस्यहरू पनि निर्वाचित भएका छन्।
सभापति बनेपछि गगन थापाले शेरबहादुर देउवाको अध्याय अब टुंगिएको घोषणा गरे। उनले पार्टी अब गुटबाट मुक्त भएको र सबै क्रियाशील सदस्य बराबर हुने नयाँ परम्परा सुरु भएको बताए। उनले वर्षौंदेखि पार्टी सुधार र ठीक ठाउँमा उभ्याउनका लागि जोखिम मोलेको उल्लेख गरे।
यो विभाजन जेन–जी आन्दोलनपछि महाधिवेशन समयमै नभएको, नेतृत्व परिवर्तनको माग र देउवाले कार्यकारी भूमिका छोड्न नमानेपछि आएको हो। लामो समयसम्म भएका वार्ता र सहमतिको प्रयास असफल भएपछि पार्टी दुई धारमा विभक्त भयो। अब देउवा पक्ष र गगन थापा पक्षका दुई समानान्तर कार्यसमिति छन्।
पार्टीको झन्डा, चुनाव चिह्न रुख र आधिकारिकताको विवाद पनि उत्पन्न भएको छ। दुवै पक्षले निर्वाचन आयोगमा आफ्नो दाबी पेस गरिसकेका छन्। यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्ने सम्भावना छ।
यो नेपाली कांग्रेसको इतिहासमा तेस्रो ठूलो विभाजन हो। यसअघि पनि २०१० र २०५९ मा विभाजन भएको थियो, जसमा देउवा नै मुख्य पात्र थिए। ती विभाजनपछि केही वर्षमै एकता भएको थियो। अब यो नयाँ विभाजनले नेपाली राजनीतिमा ठूलो तरंग ल्याउने देखिन्छ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन कुमार थापालाई सर्वसम्मत रूपमा नयाँ सभापति चुनेको छ। भृकुटीमण्डपमा सम्पन्न यो महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ। यसले पार्टीमा नयाँ पुस्ताको नेतृत्व स्थापित गरेको छ।
पदाधिकारीहरू यस प्रकार छन् :
सभापति : गगन कुमार थापा
उपसभापति (दुई): विश्व प्रकाश शर्मा र पुष्पा भुषाल
महामन्त्री (दुई): प्रदीप पौडेल र गुरु राज घिमिरे
केन्द्रीय सहमहामन्त्रीहरू (समावेशी कोटाबाट):
महिला :डा. डिला संग्रौला पन्त
दलित: प्रकाश रसाइली स्नेही
आदिवासी जनजाति: बहादुर सिंह लामा
खस आर्य: उदय शम्शेर राणा
मधेशी: मुक्ता कुमारी यादव
मुस्लिम: फर्मुल्लाह मन्सुर
थारु: योगेन्द्र चौधरी
पिछडिएको क्षेत्र: कर्ण बहादुर बुढा
केन्द्रीय सदस्यहरू विभिन्न कोटाबाट निर्वाचित भएका छन्। खुला पदका लागि ३५ जना यस प्रकार छन् : गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट, राजेन्द्र गोपाल सिंह।
महिला खुला (९ जना): चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल, सन्तोषी साउद ऐरी, दिल कुमारी राई।
प्रदेशगत महिला तथा खुला सदस्यहरू यस प्रकार छन् :
कोशी प्रदेश (महिला) : सारदा देवी कोईराला
कोशी प्रदेश (खुला): हिमालय कर्माचार्य, अग्नी पौडेल
मधेश प्रदेश (महिला):मधु शाही
मधेश प्रदेश (खुला): रामानन्द यादव, बजरंग नेपाली
बागमती प्रदेश (महिला) : उमा दाहाल
बागमती प्रदेश (खुला) : जितनारायण श्रेष्ठ, रमेश धमाला
गण्डकी प्रदेश (महिला) : विष्णु देवी पाण्डे
गण्डकी प्रदेश (खुला) : रेशम बानिया, कृष्ण के।सी।
लुम्बिनी प्रदेश (महिला) : पवित्रा कुमारी अर्याल
लुम्बिनी प्रदेश (खुला): केशव आचार्य, राम बहादुर कार्की
कर्णाली प्रदेश (महिला): राम देवी खड्का
कर्णाली प्रदेश (खुला) :दिक्पाल शाही, नारायण भट्टराई
सुदूरपश्चिम प्रदेश (महिला) : निपा चोख्याल
सुदूरपश्चिम प्रदेश (खुला): हिम बहादुर रावल, नरेन्द्र प्रसाद भट्ट
समावेशी कोटाबाट केन्द्रीय सदस्यहरू:
अपाङ्गता भएका खुल्ला : प्रकाश पन्थ
अल्पसंख्यक खुल्ला : शिवनारायण सिंगनगाई
दलित (महिला) : सिता मिजार, छायाँ सुनार, गंगा सुनार, लिला नेपाली
दलित (खुल्ला) : मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार, धर्म नेपाली दर्जी, सुर्य बि।क।, दिनेश सुनार
आदिवासी जनजाति महिला: सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ्ग, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा। अमिता प्रधान, छीन्दुल्होमु शेर्पा
आदिवासी जनजाति (खुल्ला) :तारामान गुरुङ्ग, अस्टकुमार कबे, छन्द बहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रिष, नरेन्द्र केरुङ, दिपन श्रेष्ठ
खसआर्य (महिला): उमा सिवाकोटी, बाला अधीकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का, सम्झना खत्री
खसआर्य (खुल्ला): विजय स्वार, मथुरा घिमिरे, जगदिश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल, कमल भुषाल
मधेशी (महिला): अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी, निलम साह
मधेशी (खुल्ला): राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव, रामरुप प्रसाद
मुस्लिम (महिला): सनम वेगम
मुस्लिम (खुल्ला): अब्दुल रज्जाक गद्दी, अब्दुल सत्तार
थारु (महिला): नवोदिता चौधरी, सुनिता राना
थारु (खुल्ला): सुरेन्द्र प्रसाद चौधरी, गोपाल दहित
पिछडिएको क्षेत्र (खुल्ला) : दिपक जंग शाह
यो नयाँ कार्यसमितिले पार्टीमा गुटबन्दी अन्त्य गरी एकताबद्ध बनाउने र सुधारको सन्देश दिएको छ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन