
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, २६ पुस । पोखरा महानगरपालिका वडा नं. ३३, झाँक्रीबगरमा प्रस्तावित फोहोर प्रशोधन केन्द्र निर्माणको विषयलाई लिएर स्थानीयवासी, वडाध्यक्ष र महानगरपालिकाबीच चर्किएको विवादले फोहोर व्यवस्थापनको समस्या झन् जटिल बन्दै गएको छ।
महानगरपालिकाले गत २ मंसिरमा निजी कम्पनी टेरासोल्भ रिनुएबल प्रालिसँग सार्वजनिक–निजी साझेदारीमा यो परियोजना अघि बढाउने सम्झौता गरेको थियो। स्थानीयवासीहरूले यो क्षेत्र खेतीयोग्य जमिन, धार्मिक स्थल, पानीका मुहान तथा सेती नदी नजिकै भएकोले प्रदूषणको उच्च जोखिम रहेको भन्दै विरोध गरेका छन्। यसअघि महानगरले २०८० को सुरुदेखि नै १७ जना जग्गाधनीको ९६ रोपनी जग्गा रोक्का राखेको भए पनि मूल्यांकन विवादका कारण प्रक्रिया अझै अल्झिएको छ।
विवाद चर्किनुभन्दा अघि वडाध्यक्ष रामचन्द्र अधिकारीले फेसबुकममा लेखेका थिए, ‘फोहोर प्रशोधन केन्द्र प्रभावित क्षेत्रका सम्पूर्ण बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरु, म सदैव तपाईहरुको हितको पक्षमा छु। तपाईहरुको निर्णय नै मेरो निर्णय हुनेछ।’
पोखराका मेयर धनराज आचार्य, पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी र स्थानीयबीच समन्वय हुन नसक्दा विवाद झनै चर्किएको हो । जबकि यो वडा मेयर आचार्यको आफ्नै जन्मथलो र वडा पनि हो । पोखरा महानगरपालिकाका मेयर आचार्यले यो विवादलाई असमझदारीका कारण उत्पन्न भएको बताउँदै भनेका छन्, ‘जनताले बुझ्दै नबुझी विरोध गरेका छन्। त्यहाँ ल्याण्डफिल साइट होइन, फोहोर प्रशोधन केन्द्र मात्र बनाउने हो। माटो परीक्षणका लागि प्राविधिक टोली गएका थिए, परीक्षणपछि मात्र बनाउन मिल्ने/नमिल्ने निश्चित हुन्छ। त्यसपछि छलफल गर्न सकिन्थ्यो, तर स्थिति भड्काउने काम भयो।’
‘वडाध्यक्षज्यूबाट पनि त्यस्तो गतिविधि हुनु दुःखद छ।’ उनले थपे, ‘हरेक ठाउँमा विरोध स्वाभाविक हो, तर प्रशोधन केन्द्र कहीँ न कहीँ बनाउनैपर्छ। समझदारीमा नै यो परियोजना अघि बढ्छ। माटो परीक्षणपछि मिल्ने भए छलफल हुन्छ, नभए अन्यत्र विकल्प खोजिन्छ।’
शुक्रबार स्थानीयवासीहरूले वडा कार्यालयमा तालाबन्दी गरेपछि वडाध्यक्ष रामचन्द्र अधिकारी घटनास्थल पुगेका थिए। उनी वडा कार्यालय नजिकै पुग्दा प्रदर्शनकारीहरूले उनको गाडी तोडफोड गरेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि वडाध्यक्षले खुकुरी निकालेको प्रत्यक्षदर्शीहरूको भनाइ छ, जसले झडपलाई थप उग्र बनायो। यस क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिका वडा नंं. ३३ मेयर धनराज आचार्यको आफ्नै जन्मथलो र वडा पनि हो ।

पोखरा वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी । (यो तस्विर एआईको प्रयोग गरी बनाईएको हो । सम्पादक)
विवाद चर्किनुभन्दा अघि वडाध्यक्ष अधिकारीले फेसबुकममा लेखेका थिए, ‘फोहोर प्रशोधन केन्द्र प्रभावित क्षेत्रका सम्पूर्ण बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरु, म सदैव तपाईहरुको हितको पक्षमा छु। तपाईहरुको निर्णय नै मेरो निर्णय हुनेछ।’
कास्कीका एसपी नविन कार्कीले घटनापछि वडाध्यक्ष रामचन्द्र अधिकारीलाई नियन्त्रणमा लिइएको र उनको साथबाट खुकुरी भेटिएको जानकारी दिए। उनले भने, ‘जाहेरी दर्ता नभए पनि जाहेरी परेपछि मुद्दा अघि बढ्नेछ। थप स्थिति जटिल नहोस् भनेर सुरक्षाका लागि नै नियन्त्रणमा लिइएको हो।’

पोखरा वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको यो प्राइभेट गाडी तोडफोड गरेपछि स्थिति असामान्य बनेको थियो ।
स्थानीयहरूले महानगरले समन्वय र सहमति बिना नै परियोजना अघि बढाएको आरोप लगाउँदै योजना रोक्ने अडान लिएका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष पनि ध्यानाकर्षण गराएका छन्। यो घटनाले पोखराको समग्र फोहोर व्यवस्थापनलाई अझ चुनौतीपूर्ण बनाएको छ, किनकि अस्थायी ल्याण्डफिल साइटहरू पनि विवादित छन्। स्थानीय सहमतिबिना यस्ता परियोजना सफल हुन कठिन देखिएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा