
१न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
२सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
३डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
४सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
५चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
६नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
७आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
११डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१२ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २६ पुस । पोखरा महानगरपालिका वडा नं. ३३, झाँक्रीबगरमा प्रस्तावित फोहोर प्रशोधन केन्द्र निर्माणको विषयलाई लिएर स्थानीयवासी, वडाध्यक्ष र महानगरपालिकाबीच चर्किएको विवादले फोहोर व्यवस्थापनको समस्या झन् जटिल बन्दै गएको छ।
महानगरपालिकाले गत २ मंसिरमा निजी कम्पनी टेरासोल्भ रिनुएबल प्रालिसँग सार्वजनिक–निजी साझेदारीमा यो परियोजना अघि बढाउने सम्झौता गरेको थियो। स्थानीयवासीहरूले यो क्षेत्र खेतीयोग्य जमिन, धार्मिक स्थल, पानीका मुहान तथा सेती नदी नजिकै भएकोले प्रदूषणको उच्च जोखिम रहेको भन्दै विरोध गरेका छन्। यसअघि महानगरले २०८० को सुरुदेखि नै १७ जना जग्गाधनीको ९६ रोपनी जग्गा रोक्का राखेको भए पनि मूल्यांकन विवादका कारण प्रक्रिया अझै अल्झिएको छ।
विवाद चर्किनुभन्दा अघि वडाध्यक्ष रामचन्द्र अधिकारीले फेसबुकममा लेखेका थिए, ‘फोहोर प्रशोधन केन्द्र प्रभावित क्षेत्रका सम्पूर्ण बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरु, म सदैव तपाईहरुको हितको पक्षमा छु। तपाईहरुको निर्णय नै मेरो निर्णय हुनेछ।’
पोखराका मेयर धनराज आचार्य, पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी र स्थानीयबीच समन्वय हुन नसक्दा विवाद झनै चर्किएको हो । जबकि यो वडा मेयर आचार्यको आफ्नै जन्मथलो र वडा पनि हो । पोखरा महानगरपालिकाका मेयर आचार्यले यो विवादलाई असमझदारीका कारण उत्पन्न भएको बताउँदै भनेका छन्, ‘जनताले बुझ्दै नबुझी विरोध गरेका छन्। त्यहाँ ल्याण्डफिल साइट होइन, फोहोर प्रशोधन केन्द्र मात्र बनाउने हो। माटो परीक्षणका लागि प्राविधिक टोली गएका थिए, परीक्षणपछि मात्र बनाउन मिल्ने/नमिल्ने निश्चित हुन्छ। त्यसपछि छलफल गर्न सकिन्थ्यो, तर स्थिति भड्काउने काम भयो।’
‘वडाध्यक्षज्यूबाट पनि त्यस्तो गतिविधि हुनु दुःखद छ।’ उनले थपे, ‘हरेक ठाउँमा विरोध स्वाभाविक हो, तर प्रशोधन केन्द्र कहीँ न कहीँ बनाउनैपर्छ। समझदारीमा नै यो परियोजना अघि बढ्छ। माटो परीक्षणपछि मिल्ने भए छलफल हुन्छ, नभए अन्यत्र विकल्प खोजिन्छ।’
शुक्रबार स्थानीयवासीहरूले वडा कार्यालयमा तालाबन्दी गरेपछि वडाध्यक्ष रामचन्द्र अधिकारी घटनास्थल पुगेका थिए। उनी वडा कार्यालय नजिकै पुग्दा प्रदर्शनकारीहरूले उनको गाडी तोडफोड गरेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि वडाध्यक्षले खुकुरी निकालेको प्रत्यक्षदर्शीहरूको भनाइ छ, जसले झडपलाई थप उग्र बनायो। यस क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिका वडा नंं. ३३ मेयर धनराज आचार्यको आफ्नै जन्मथलो र वडा पनि हो ।

पोखरा वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी । (यो तस्विर एआईको प्रयोग गरी बनाईएको हो । सम्पादक)
विवाद चर्किनुभन्दा अघि वडाध्यक्ष अधिकारीले फेसबुकममा लेखेका थिए, ‘फोहोर प्रशोधन केन्द्र प्रभावित क्षेत्रका सम्पूर्ण बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरु, म सदैव तपाईहरुको हितको पक्षमा छु। तपाईहरुको निर्णय नै मेरो निर्णय हुनेछ।’
कास्कीका एसपी नविन कार्कीले घटनापछि वडाध्यक्ष रामचन्द्र अधिकारीलाई नियन्त्रणमा लिइएको र उनको साथबाट खुकुरी भेटिएको जानकारी दिए। उनले भने, ‘जाहेरी दर्ता नभए पनि जाहेरी परेपछि मुद्दा अघि बढ्नेछ। थप स्थिति जटिल नहोस् भनेर सुरक्षाका लागि नै नियन्त्रणमा लिइएको हो।’

पोखरा वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको यो प्राइभेट गाडी तोडफोड गरेपछि स्थिति असामान्य बनेको थियो ।
स्थानीयहरूले महानगरले समन्वय र सहमति बिना नै परियोजना अघि बढाएको आरोप लगाउँदै योजना रोक्ने अडान लिएका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष पनि ध्यानाकर्षण गराएका छन्। यो घटनाले पोखराको समग्र फोहोर व्यवस्थापनलाई अझ चुनौतीपूर्ण बनाएको छ, किनकि अस्थायी ल्याण्डफिल साइटहरू पनि विवादित छन्। स्थानीय सहमतिबिना यस्ता परियोजना सफल हुन कठिन देखिएको छ।