
१फेवातालमा कार खस्दा अदित गुरुङको मृत्यु
२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
३प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
६नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
७रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
८घट्यो बाल मृत्युदर
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
५आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
६गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
७गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
८कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
९घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
१०टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
११पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
पोखरा, १४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकीकरण भएको छ । यो एकीकरणसँगै उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा घिसिङ रहनेछन् ।
सोमबार भएको ७ बुँदे सहमतिमा कुलमानलाई पहिलो उपसभापति बनाउने उल्लेख छ । यसपछि डीपी अर्याल र डा. स्वर्णिम वाग्ले रहनेछन् । सहमतिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ साक्षी रहेका छन् ।
सहमतिअनुसार समानुपातिक सूचीमा उज्यालो नेपाललाई करिब १८ जनाको कोटा दिने र प्रत्यक्ष निर्वाचनमा पनि उल्लेख्य हिस्सा मिल्ने समझदारी भएको छ । रास्वपाको केन्द्रीय कमिटीमा उज्यालो नेपालले ३० प्रतिशतजति प्रतिनिधित्व पाउने भएको छ ।
यो सहमतिसँगै रास्वपाले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने पूर्व समझदारी कायम रहेको छ तर बालेन पार्टीको कुनै पदमा नबस्ने सहमति छ ।
सहमतिको बुँदा ४ मा स्पष्ट रूपमा उल्लेख छः ’राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।’
यो एकीकरणले वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरणलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।