
१न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
२सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
३डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
४सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
५चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
६नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
७आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
११डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१२ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकीकरण भएको छ । यो एकीकरणसँगै उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा घिसिङ रहनेछन् ।
सोमबार भएको ७ बुँदे सहमतिमा कुलमानलाई पहिलो उपसभापति बनाउने उल्लेख छ । यसपछि डीपी अर्याल र डा. स्वर्णिम वाग्ले रहनेछन् । सहमतिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ साक्षी रहेका छन् ।
सहमतिअनुसार समानुपातिक सूचीमा उज्यालो नेपाललाई करिब १८ जनाको कोटा दिने र प्रत्यक्ष निर्वाचनमा पनि उल्लेख्य हिस्सा मिल्ने समझदारी भएको छ । रास्वपाको केन्द्रीय कमिटीमा उज्यालो नेपालले ३० प्रतिशतजति प्रतिनिधित्व पाउने भएको छ ।
यो सहमतिसँगै रास्वपाले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने पूर्व समझदारी कायम रहेको छ तर बालेन पार्टीको कुनै पदमा नबस्ने सहमति छ ।
सहमतिको बुँदा ४ मा स्पष्ट रूपमा उल्लेख छः ’राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।’
यो एकीकरणले वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरणलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।