
१न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
२सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
३डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
४सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
५चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
६नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
७आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
११डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१२ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै दलमार्फत अघि बढ्ने गरी ७ बुँदे सहमति भएको छ। यो सहमति ‘बृहत् एकता’ का रूपमा भएको हो र दुवै नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार, रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आसन्न निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने छ। सहमतिपत्रको मुख्य बुँदामा भनिएको छ : ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।’
सहमतिपत्रमा नेपालको समतामूलक उन्नति, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। आम नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै दुवै पक्ष एकतामा सहमत भएका छन्।
सहमतिको पहिलो बुँदामा भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी (नवयुवा) आन्दोलनको अपनत्व लिने र घाइते तथा शहीद परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। दोस्रो बुँदामा नीतिगत, संस्थागत र संरचनागत सुधार गरी नेपाललाई एक दशकभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा समर्पित हुने उल्लेख छ।
रास्वपाको नाम, झण्डा र चुनाव चिन्ह यथावत रहने सहमति भएको छ। पार्टीको संगठनात्मक संरचनालाई सक्षम बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने प्रावधान पनि राखिएको छ।
सहमतिपछि निर्वाचन आयोगमा पार्टीको अभिलेख अद्यावधिक गर्ने र समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने तयारी भइरहेको छ। बालेन पक्षका उम्मेदवारहरू पनि रास्वपाबाटै प्रतिस्पर्धा गर्ने भएका छन्। यसैगरी, अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबन्द हुन आह्वान गरिएको छ।
हस्ताक्षरपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् : ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।’ यो सहमतिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा वैकल्पिक शक्तिहरूको बृहत् एकताको सङ्केत दिएको छ। यद्यपि, कुलमान घिसिङसँगको छलफल जारी रहे पनि यो सहमतिमा उनको नाम उल्लेख छैन।