
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच राजनीतिक सहकार्यको अन्तिम निर्णय आज (शनिबार) हुने भएको छ। दुवै पक्षका दोस्रो तहका नेताहरू सम्मिलित मस्यौदा समितिले सहमतिको प्रारम्भिक खाका तयार गरे पनि शुक्रबार दुवै नेता व्यस्त भएकाले अन्तिम छलफल शनिबारका लागि सारिएको हो।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा वैकल्पिक राजनीतिक शक्तिहरूको एकीकरणका लागि जारी संवाद निर्णायक चरणमा पुगेको छ। सोमबार करिब ६ घण्टा र बिहीबार अढाई घण्टासम्म चलेको प्रत्यक्ष वार्तापछि दुवै नेताले सहकार्यको रणनीतिक खाका तयार गर्न दोस्रो तहका नेतालाई जिम्मेवारी दिएका थिए।
रास्वपाबाट असिम शाह, शिशिर खनाल र आसिफ शाह तथा मेयर शाहका तर्फबाट सल्लाहकार कुमार बेन र भूपदेव शाह सम्मिलित मस्यौदा समितिले शुक्रबार प्रारम्भिक खाका तयार पारेको थियो। स्रोतका अनुसार मस्यौदामा मुख्य सहमति यस प्रकार छ ः
एकीकृत पार्टीको सभापति रवि लामिछाने नै रहने।
पार्टीमा दोस्रो वरीयतामा मेयर बालेन्द्र शाह रहने।
निर्वाचनपछि बहुमत प्राप्त भए मेयर शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने।
यद्यपि पार्टीभित्र शक्ति सन्तुलन (जस्तै ५०–५०, ६०–४० वा ७०–३० प्रतिशत), पार्टी नाम, चुनाव चिह्न, झन्डा तथा अन्य वैकल्पिक शक्तिहरूको व्यवस्थापनका विषयमा विभिन्न विकल्पहरू राखिएका छन्। यी विषयमा थप छलफल आवश्यक रहेको समितिका सदस्यहरूले बताएका छन्।
यसैगरी जेन–जी आन्दोलनका अगुवाहरूको सम्मानजनक व्यवस्थापन पनि प्रमुख एजेन्डा बनेको छ। मेयर शाहले जेन–जी समूहलाई प्राथमिकता दिनुपर्ने अडान राखेका छन्। अन्य क्षेत्रका प्रतिष्ठित व्यक्ति तथा वैकल्पिक शक्तिहरू (जस्तै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी, धरानका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपाल हमाल आदि) लाई समेट्ने स्पेस सिर्जना गर्ने विषय पनि छलफलमा छ।
शुक्रबार मेयर शाह महानगरको नगरसभामा तथा सभापति लामिछाने पार्टीको आन्तरिक छलफल र कानुनी प्रक्रियामा व्यस्त भएकाले मस्यौदालाई अन्तिम रूप दिन सकिएन। दुवै पक्षका नेताहरूले छलफल सकारात्मक रहेको र आजै टुंगो लाग्ने विश्वास व्यक्त गरेका छन्।
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भने, “वृहत् वैकल्पिक एकताको छलफल सकारात्मक छ। सबैलाई विन–विन हुने नतिजा खोज्दा समय लागेको हो।” मस्यौदा समितिका सदस्य असिम शाहले पनि “सकारात्मक छलफल जारी छ, आज टुंगो लाग्छ” भनेका छन्। यदि सहमति जुटेमा यो एकताले परम्परागत दलहरूलाई ठूलो चुनौती दिने अपेक्षा गरिएको छ। सहमति नजुटेमा मेयर शाह आफ्नै नेतृत्वमा छुट्टै दल अघि बढाउने तयारीमा रहेको बुझिएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा