
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं, २ कार्तिक । जेन–जी आन्दोलनको प्रभावमा आफ्नै सरकारविरुद्ध विद्रोह हुँदा सत्ताबाट बाहिरिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमा कुनै पश्चात्ताप देखिएको छैन। आन्दोलनको पहिलो दिन सडकमा सुरु भएको प्रदर्शनलाई नियन्त्रण गर्न र दोस्रो दिनको विध्वंस रोक्ने जिम्मेवारी उनको भए पनि उनी प्रधानमन्त्री निवासबाट हेलिकप्टरमार्फत सेनाको शरणमा पुगेका थिए। यसले देश १२ घण्टासम्म अराजक अवस्थामा पुग्यो, सरकारी र निजी सम्पत्तिमा क्षति भयो।
आन्दोलनको एक महिनापछि ओलीले पत्रकार सम्मेलन र सम्पादकहरूसँगको अन्तरक्रियामा जेन–जी आन्दोलनलाई ‘राजनीतिक लीला’ भन्दै सामान्यीकरण गरे। उनले यस्ता घटनाले आफूलाई नडराउने र नआत्तिने दाबी गरे। “यो दुई दिनको तमासा हो। यस्ता कुराले म अँध्यारो मुख लगाएर बस्दिनँ,” उनले भने।
ओलीले आफूले धेरै राजनीतिक सङ्कट देखिसकेको भन्दै जेन–जी आन्दोलनलाई अस्थायी घटनाको रूपमा चित्रण गरे। “१४ वर्षको उमेरमा आन्दोलनमा सहभागी भएको, शाही कुको अनुभव गरेको, १४ वर्ष जेल बसेको मान्छे हुँ। यस्ता घटनाले मलाई कमजोर बनाउँदैन,” उनले तर्क गरे। तर, उनको शासनकालमा देश सङ्कटमा पुगेको बारे उनमा कुनै खिन्नता देखिएन।
जेन–जी आन्दोलनमा सहभागी युवाहरूबीच एकता र स्पष्ट कार्ययोजनाको अभाव रहेको उनको भनाइ थियो। उनले आन्दोलनमा ‘चीनविरोधी तत्त्व’ को संलग्नता रहेको र वास्तविक युवाहरू त्रसित भएको दाबी गरे। “ड्र्यागनको ट्याटु खोपेका केही तत्त्वले युवाहरूलाई धम्क्याइरहेका छन्,” उनले भने।
जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालको स्वतन्त्रताका मागलाई उनले औचित्यपूर्ण माने, तर यी मागको कारक आफ्नो नीति भएको स्वीकार गरेनन्। सामाजिक सञ्जालमाथिको नियन्त्रणको निर्णयपछि नेपोबेबी अभियान र भ्रष्टाचारविरुद्धको प्रदर्शन चर्किएको थियो। ओलीले आन्दोलनकारीले प्रधानमन्त्रीको राजीनामा नमागेको, तर उनीहरूलाई ‘प्रयोग’ गरिएको दाबी गरे।
आन्दोलन चर्किएपछि ओलीले राजीनामा दिएर बालुवाटारबाट हटे। राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकार गरी सुशीला कार्कीलाई ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारीसहित प्रधानमन्त्री नियुक्त गरे। ओलीले आफूले संविधानभित्र समाधान खोज्न सुझाएको, तर कार्कीको नाम सिफारिस नगरेको दाबी गरे। “मैले संविधान र लोकतान्त्रिक प्रक्रियाभित्र समाधान खोज्न भनेको थिएँ, सुशीला कार्कीको नाम कतै छैन,” उनले भने।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीले नै कार्कीलाई सिफारिस गरेको भन्दै आलोचना गरेपछि ओलीले चुनौती दिए, “मेरो सिफारिसको प्रमाण छ भने ल्याएर देखाउनुस्।” ओलीले राजीनामा दिएपछि सेनाको ब्यारेकमा रहेको र त्यस अवधिमा आफ्नो मोबाइल ‘सिज’ गरिएको बताए। “सुशीला कार्कीले शपथ नलिँदासम्म म पूर्ण निगरानीमा थिएँ, स्वतन्त्र रूपमा कुराकानी गर्न पाएको थिइनँ,” उनले भने।
आफूमाथि लागेका भ्रष्टाचारका आरोपलाई ओलीले खारेज गर्दै छानबिनको चुनौती दिए। “मैले एक पैसा भ्रष्टाचार गरेको छैन। पत्रकार महासङ्घले पनि छानबिन गर्न सक्छ। मेरो खरानीको कण–कणको हिसाब गर्नुस्, केही भेटिँदैन,” उनले भने। उनले आफ्नो कार्यकालमा देशमा शान्ति, स्थिरता र विकासको दिशा रहेको दाबी गरे।
यो अन्तरक्रियाले ओलीको दम्भ र राजनीतिक रणनीतिलाई उजागर गरेको छ, तर जेन–जी आन्दोलनको सङ्कट र त्यसले ल्याएको परिवर्तनप्रति उनको जवाफदेहिता भने स्पष्ट हुन सकेन।