
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, २६ भदौं । दुई दिनदेखि चलेको जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदर्शनकारी, प्रहरी र आगजनीका घटनामा यति धेरैको ज्यान गएको हो। पहिलो दिन सोमबार १९ जनाको मृत्यु भयो भने मंगलबार यो संख्या बढेर ३० पुग्यो।
बुधबार पोखराको लेकसाइडस्थित गण्डकी प्रदेशका मन्त्री समेत रहेका विन्दु थापाको अंशुभारा बिल्डिङ र उनका भाइ ध्रुव थापाको नयाँबजारमा रहेको अटो शोरुममा आगजनी हुँदा दुईजनाको शव जलेको अवस्थामा भेटियो। मंगलबार प्रदर्शनकारीले यी दुवै ठाउँमा आगो लगाएका थिए। त्यस्तै, ललितपुरको ढोलाहिटीमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरमा पनि एक शव जलेको अवस्थामा फेला प¥यो। यी तीनैजनाको पहिचान हुन बाँकी छ।
अस्पतालहरूले स्वास्थ्य मन्त्रालयलाई दिएको तथ्यांकअनुसार ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पताल नेपालगन्जमा ५, एभरेस्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसीमा २, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ।
देशभरका अस्पतालमा १,०६१ जना घाइते भर्ना भए, जसमध्ये ७१९ जना डिस्चार्ज भएका छन्। अहिले २७४ जना उपचाररत छन्। सबैभन्दा धेरै सिभिल अस्पतालमा ६३६, ट्रमा सेन्टरमा १६१, एभरेस्टमा १०९, केएमसीमा ३३, त्रिवि शिक्षणमा २६ र वीर अस्पतालमा २० जना उपचारमा छन्। पाटनमा १०, गण्डकी मेडिकल कलेजमा ६, अन्नपूर्ण न्युरोमा ४ र नर्भिकमा ३ जना भर्ना छन्।
आन्दोलनका क्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाएको घाइतेहरूको गुनासो छ। सिराहाका २६ वर्षीय निशेष महत, जो युनिग्लोब कलेजमा स्नातक पढ्छन्, मंगलबार संसद् भवन छिर्न खोज्दा प्रहरीको गोलीले उनको दाहिने कुहिनाको हड्डी फुट्यो। उनी अहिले सिभिल अस्पतालमा उपचाररत छन्।
बाजुराका सन्तोष रावल, महेन्द्र रत्न क्याम्पसका विद्यार्थी, सोमबार संसद् भवनबाहिर ब्यानर समातेर उभिँदा घुँडामा गोली लाग्यो। उनको पनि सिभिलमै उपचार भइरहेको छ। सिन्धुपाल्चोकका समीर आचार्य आन्दोलनमा नभए पनि बुद्धनगरमा प्रहरीको गोलीले घुँडा छेडियो।
उनी ट्रमा सेन्टरमा छन्। रौतहटका दानिस आलमलाई कालिमाटी चोकमा पाखुरामा गोली लाग्यो, उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ। धरानका सहन राई, जो एनसेलमा काम गर्छन्, मंगलबार संसद् भवनअगाडि पुग्दा दुवै हात र दाहिने खुट्टामा गोली लाग्यो। उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ। बागलुङका संघर्ष भुसाललाई टाउको, हात र खुट्टामा गोली लाग्यो। उनी सिभिलको जनरल वार्डमा छन्।
घाइतेहरूले जेन–जी समूहको उद्देश्य तोडफोड नभएको, तर प्रहरीको गोली प्रहार र बाहिरी समूहको हस्तक्षेपले आन्दोलन हिंसात्मक बनेको बताए। संघर्ष भुसालले सञ्चारकर्मीहरुसँग भने,“हामी नेतृत्व परिवर्तन र युवालाई अवसर दिन आन्दोलनमा थियौँ, तर सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी जेन–जीले गरेको होइन। बाहिरी समूहले देशका सम्पत्ति नष्ट ग¥यो।” सिभिलमै उपचाररत केशर लिम्बूले पनि यस्तै कुरा दोहो¥याए।
आन्दोलनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। स्वास्थ्य मन्त्रालयको चारतले भवन, स्टोर रुमका उपकरण र औषधि जलेर नष्ट भए। धेरै अस्पतालका ओपिडी सेवा बन्द छन्, एम्बुलेन्स तोडफोड भए। स्वास्थ्यसचिव विकास देवकोटाले घाइतेको निःशुल्क उपचार भइरहेको बताए पनि मन्त्रालय ध्वस्त भएकाले व्यवस्थापनमा कठिनाइ भइरहेको छ।