
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
पोखरा, २६ भदौं । दुई दिनदेखि चलेको जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदर्शनकारी, प्रहरी र आगजनीका घटनामा यति धेरैको ज्यान गएको हो। पहिलो दिन सोमबार १९ जनाको मृत्यु भयो भने मंगलबार यो संख्या बढेर ३० पुग्यो।
बुधबार पोखराको लेकसाइडस्थित गण्डकी प्रदेशका मन्त्री समेत रहेका विन्दु थापाको अंशुभारा बिल्डिङ र उनका भाइ ध्रुव थापाको नयाँबजारमा रहेको अटो शोरुममा आगजनी हुँदा दुईजनाको शव जलेको अवस्थामा भेटियो। मंगलबार प्रदर्शनकारीले यी दुवै ठाउँमा आगो लगाएका थिए। त्यस्तै, ललितपुरको ढोलाहिटीमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरमा पनि एक शव जलेको अवस्थामा फेला प¥यो। यी तीनैजनाको पहिचान हुन बाँकी छ।
अस्पतालहरूले स्वास्थ्य मन्त्रालयलाई दिएको तथ्यांकअनुसार ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पताल नेपालगन्जमा ५, एभरेस्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसीमा २, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ।
देशभरका अस्पतालमा १,०६१ जना घाइते भर्ना भए, जसमध्ये ७१९ जना डिस्चार्ज भएका छन्। अहिले २७४ जना उपचाररत छन्। सबैभन्दा धेरै सिभिल अस्पतालमा ६३६, ट्रमा सेन्टरमा १६१, एभरेस्टमा १०९, केएमसीमा ३३, त्रिवि शिक्षणमा २६ र वीर अस्पतालमा २० जना उपचारमा छन्। पाटनमा १०, गण्डकी मेडिकल कलेजमा ६, अन्नपूर्ण न्युरोमा ४ र नर्भिकमा ३ जना भर्ना छन्।
आन्दोलनका क्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाएको घाइतेहरूको गुनासो छ। सिराहाका २६ वर्षीय निशेष महत, जो युनिग्लोब कलेजमा स्नातक पढ्छन्, मंगलबार संसद् भवन छिर्न खोज्दा प्रहरीको गोलीले उनको दाहिने कुहिनाको हड्डी फुट्यो। उनी अहिले सिभिल अस्पतालमा उपचाररत छन्।
बाजुराका सन्तोष रावल, महेन्द्र रत्न क्याम्पसका विद्यार्थी, सोमबार संसद् भवनबाहिर ब्यानर समातेर उभिँदा घुँडामा गोली लाग्यो। उनको पनि सिभिलमै उपचार भइरहेको छ। सिन्धुपाल्चोकका समीर आचार्य आन्दोलनमा नभए पनि बुद्धनगरमा प्रहरीको गोलीले घुँडा छेडियो।
उनी ट्रमा सेन्टरमा छन्। रौतहटका दानिस आलमलाई कालिमाटी चोकमा पाखुरामा गोली लाग्यो, उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ। धरानका सहन राई, जो एनसेलमा काम गर्छन्, मंगलबार संसद् भवनअगाडि पुग्दा दुवै हात र दाहिने खुट्टामा गोली लाग्यो। उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ। बागलुङका संघर्ष भुसाललाई टाउको, हात र खुट्टामा गोली लाग्यो। उनी सिभिलको जनरल वार्डमा छन्।
घाइतेहरूले जेन–जी समूहको उद्देश्य तोडफोड नभएको, तर प्रहरीको गोली प्रहार र बाहिरी समूहको हस्तक्षेपले आन्दोलन हिंसात्मक बनेको बताए। संघर्ष भुसालले सञ्चारकर्मीहरुसँग भने,“हामी नेतृत्व परिवर्तन र युवालाई अवसर दिन आन्दोलनमा थियौँ, तर सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी जेन–जीले गरेको होइन। बाहिरी समूहले देशका सम्पत्ति नष्ट ग¥यो।” सिभिलमै उपचाररत केशर लिम्बूले पनि यस्तै कुरा दोहो¥याए।
आन्दोलनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। स्वास्थ्य मन्त्रालयको चारतले भवन, स्टोर रुमका उपकरण र औषधि जलेर नष्ट भए। धेरै अस्पतालका ओपिडी सेवा बन्द छन्, एम्बुलेन्स तोडफोड भए। स्वास्थ्यसचिव विकास देवकोटाले घाइतेको निःशुल्क उपचार भइरहेको बताए पनि मन्त्रालय ध्वस्त भएकाले व्यवस्थापनमा कठिनाइ भइरहेको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा