
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा, १२ साउन । पोखरा महानगरपालिका–२७, रिठ्ठेपानीस्थित शान्ति खहरे टोलमा जग्गा बिक्रीको विषयमा भएको विवादले उग्र रूप लिँदा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी शयामबाबु ओलियाका अनुसार मृतक ५३ वर्षीया जमुना नेपाली सार्कीको हत्याको आरोपमा उनका श्रीमान् ५८ वर्षीय जङ्गे सार्कीलाई पक्राउ गरिएको छ।
साउन ८ गते राति करिब १० बजेको समयमा पोखरा–२७, रिठ्ठेपानीस्थित आफ्नै घरको सुत्ने कोठामा जमुना मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानका अनुसार साउन ६ गते राति जङ्गेले खाना खाएर एक गिलास रक्सी पिएपछि जग्गा बिक्रीको विषयमा श्रीमतीसँग विवाद भएको थियो। विवाद चर्किंदै जाँदा आवेशमा आएका जङ्गेले जमुनालाई दुई मुक्का प्रहार गरी भित्तामा ठोक्काएका थिए। त्यसपछि उनी घरबाहिरको टिनको टहरामा सुत्न गएका थिए।
भोलिपल्ट साउन ७ गते बिहान जङ्गे छिमेकीको घरमा चिया खान गए र त्यसपछि ठेकेदारलाई भेट्न भन्दै शिसुवातर्फ लागे। दिनभर फर्केर नआएका उनले साँझ घर फर्किएर खाना बनाई खाए तर श्रीमतीको अवस्थाबारे कुनै चासो देखाएनन्। साउन ८ गते साँझ ५ः१५ बजे स्थानीयले घरबाट गन्ध आएको जानकारी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो। मृतकको शव सडिसकेको र दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको थियो। पोस्टमार्टम रिपोर्टले मृत्युको कारण टाउकोमा गम्भीर चोट भएको पुष्टि गरेको छ।
जङ्गे र जमुना विगत २०–२१ वर्षदेखि रिठ्ठेपानीको सुकुम्बासी टोलमा अस्थायी छाप्रो बनाएर बस्दै आएका थिए। माछापुच्छ्रे गाउँपालिका–५, रिमान स्थायी घर भएका यी दम्पतीको जीवनस्तर निम्न रहेको प्रहरीले जनाएको छ। जङ्गे मिस्त्रीको काम गर्थे भने जमुना घरायसी काममा संलग्न थिइन्। जङ्गेको पहिलो श्रीमतीले ३५–३६ वर्षअघि एक छोरालाई छोडेर अर्को विवाह गरेपछि जमुनाले ती छोरालाई हुर्काएकी थिइन्। हाल ती छोरा विवाहित भई माछापुच्छ्रे–५, रिमानमा परिवारसहित बस्दै आएका छन्।
जङ्गेलाई साउन ८ गते नै पक्राउ गरिएको छ। कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो घटनाले समाजमा बढ्दो घरेलु हिंसा र त्यसले निम्त्याउने दुखद परिणामलाई उजागर गरेको छ। यस्ता घटनाले परिवार र समाजमा गहिरो प्रभाव पार्ने भएकाले यस्ता विषयमा सचेतना र संवेदनशीलताको खाँचो रहेको स्थानीयले बताएका छन्। प्रहरीले पनि यस्ता घटना न्यूनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी