
१फेवातालमा कार खस्दा अदित गुरुङको मृत्यु
२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
३प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
६नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
७रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
८घट्यो बाल मृत्युदर
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
५आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
६गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
७गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
८कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
९घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
१०टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
११पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
पोखरा, ११ साउन । जलवायु परिवर्तनको बढ्दो प्रभावले गण्डकी प्रदेशको पशुपालन क्षेत्रमा गम्भीर चुनौती थपिएको एक नयाँ अनुसन्धानले देखाएको छ। शनिबार पोखरामा सार्वजनिक गरिएको सहकार्यात्मक अनुसन्धान प्रतिवेदनले तापमान वृद्धि र वर्षाको कमीले पशु स्वास्थ्य, प्रजनन क्षमता, उत्पादन र आहारमा संकट निम्त्याएको तथ्य बाहिर ल्याएको छ।
त्रिभुवन विश्वविद्यालयको अनुसन्धान समन्वय तथा विकास परिषदको वित्तीय सहयोगमा गण्डकीका पाँच जिल्लाका एकहजार एकसय ५८ घरधुरी र ११ समूहगत छलफलबाट संकलित तथ्यमा आधारित यो प्रतिवेदनले स्थानीय किसानहरूले अपनाएका अनुकूलन रणनीतिलाई समेत उजागर गरेको छ।
प्रमुख अनुसन्धानकर्ता प्राडा विकासकुमार केसीले गोष्ठीमा प्रतिवेदन प्रस्तुत गर्दै गण्डकीमा तापक्रम निरन्तर बढ्दै गएको र वर्षा घट्दो क्रममा रहेको बताए। “गर्मीको तनावले पशुहरूको दूध उत्पादन र प्रजनन क्षमता घटेको छ, भने अनियमित वर्षाले चरण र आहारको अभाव निम्त्याएको छ,” उनले भने।
यो संकट गण्डकीमा मात्र सीमित छैन, विश्वभर नै जलवायु परिवर्तनले पशुपालन क्षेत्रमा गम्भीर असर पारिरहेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार, विश्वव्यापी तापमान वृद्धिले दूध र मासु उत्पादनमा १० देखि २५ प्रतिशतसम्म कमी आएको छ। अफ्रिका र दक्षिण एसियाका विकासशील देशहरूमा खडेरी र बाढीले चरण क्षेत्र साँघुरिंदै गएको छ, जसले खाद्य असुरक्षाको जोखिम बढाएको छ।
गण्डकीका किसानहरूले भने यस्ता चुनौतीसँग जुध्न नवीन उपाय अपनाएका छन्। ताप सहन सक्ने स्थानीय पशु प्रजातिको प्रयोग, साइलेज र हरियो घाँसको भण्डारण, वर्षातको पानी संकलन र हावादार गोठ निर्माणजस्ता रणनीतिले उनीहरूको लचिलोपन देखिएको छ। यस्तै, विश्वका अन्य क्षेत्रमा पनि अनुकूलनका प्रयास भइरहेका छन्। उदाहरणका लागि, नेदरल्यान्ड्स र न्यूजील्याण्डले मिथेन उत्सर्जन कम गर्न प्राविधिक नवाचार अपनाएका छन् भने अफ्रिकामा तापसहनशील साहिवाल गाई प्रजातिको प्रयोग बढ्दो छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राडा किशोर कोइरालाले अनुसन्धान संस्कृतिको विकासमा जोड दिंदै प्राध्यापकहरूलाई ज्ञान निर्माणमा गम्भीर हुन आग्रह गरे। अनुसन्धान विभागका प्रमुख प्राडा नरेन्द्र खनालले यो प्रतिवेदन नीति निर्माण र कार्यान्वयनमा मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे।
गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले अनुसन्धानको अन्तर्राष्ट्रिय महत्व औंल्याउँदै यसलाई क्यु वान जर्नलसहित आठ प्रतिष्ठित जर्नलमा प्रकाशित भएको जानकारी दिए। “पशुपालन कृषि विकासको मेरुदण्ड हो, र यो शोधले किसानका वास्तविक समस्यालाई समेटेको छ,” उनले भने।
प्रतिवेदनमाथि प्राडा लेखनाथ भट्टराई, प्राडा शोभाकान्त लामिछाने, डा. लिला पुरीलगायतले टिप्पणी गर्दै जलवायु संकटले निम्त्याएका रोग र परजीवीको बढ्दो जोखिमप्रति ध्यानाकर्षण गराए। विश्व बैंकको एक प्रतिवेदनअनुसार, जलवायु परिवर्तनले पशुपालन क्षेत्रमा वार्षिक १५ देखि २० अर्ब डलरको आर्थिक नोक्सानी भइरहेको छ। यस्तोमा गण्डकीको अनुसन्धानले स्थानीय र विश्वव्यापी नीति निर्मातालाई दिगो समाधानको बाटो देखाउन सक्ने अपेक्षा गरिएको छ।
टिम लिडर प्राडा केसीले सहभागीहरूको जिज्ञासा सम्बोधन गर्दै थप अनुसन्धानको प्रतिबद्धता जनाए। परियोजनामा डा. अनन्तराज ढुंगाना र डा. पूर्णबहादुर खाँडको सहभागिताले अनुसन्धानलाई थप बलियो बनाएको छ। यो प्रतिवेदनले गण्डकीका किसानका लागि मात्र नभई विश्वव्यापी पशुपालन क्षेत्रमा जलवायु–अनुकूल रणनीति विकासमा योगदान पु¥याउने विश्वास गरिएको छ।