
१गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
२कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
५पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१०मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
११गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१२गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
८पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
११कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
१२सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
पोखरा, ७ असार । इम्ब्रोइरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सीप विकास तालिम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत यही असार १ गतेदेखि बाग्लुङको ताराखोलामा अल्लो उद्योगको जानकारी, रूकुमकोट छिपखोला खोला अल्लो उद्योगमा तालिम, प्युठानको हिमाल अल्लो कपडा उद्योगमा कच्चा पदार्थ सम्बन्धी जानकारी लगायतका कार्यक्रम सम्पन्न गरिएको छ ।
रूकुमकोटको सिस्ने गाउँपालिका–२ स्थित छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सीप विकास तालिममा सहभागीले कच्चा पदार्थको प्रशोधन प्रक्रिया लगायतमा जानकारी लिएका छन् ।
त्यस्तै छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तीर्था पुनले अल्लोको खेती, कटानी, प्रशोधन र कपास धागो बनाउनेदेखि डिजाइन तथा बुन्ने लगायतका विषयमा तालिम दिएकी छन् । उक्त अवसरमा अल्लोको प्रयोगका फाइदा र उद्योग सञ्चालनका समस्या लगायतका बारेमा जानकारी गराइएको थियो ।
बागलुङको ताराखोला गाउँपालिका वडा नं ५ स्थल अल्लो उद्योगमा भएको कार्यक्रममा अल्लो उद्योग र त्यसका समाग्री उत्पादन प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो । ११ जना दिदी बहिनी कार्यरत केन्द्रमा १२ वटा तानमा चाल्ने सिस्नुको पाटबाट प्रशोधन गरी कपडा उत्पादन भैरहेको विषयमा पनि स्थलगत अवलोकन गराइएको थियो ।
स्थलगत अवलोकन एवम् तालिम पश्चात रुकुम पूर्वमा आयोजित समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै उद्यमशिलतामा जोड दिन आग्रह गरे ।
सभामुख घर्तीले स्थानीय सिप र साधनले पर्यटकीय बजार बिस्तार, पहुँच निर्माण र आर्थिक हिसाबले पनि समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरे । उनले वातावरणमैत्री उद्योग भएकोले यसले सिर्जना गर्ने रोजगारी र यसबाट प्राप्त हुने आम्दानीले जीवनस्तरमा सुधार ल्याउने धारणा व्यक्त गरे ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले कृषकको उत्पादन र बजारीकरणमा तीनवटै तहका सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जिवी पोखरेलले मध्य पहाडी लोक मार्गको पहुँच विस्तारले स्थानीय सीपयुक्त उत्पादन मुख्य बजारसम्म जोडिएकाले गुणस्तरीय समान उत्पादनमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
एगाका पूर्व अध्यक्ष विश्वराज पोखरलले तालिम निकै उपयोगी बनेकोमा खुशी व्यक्त गरे ।
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता एवम् सचिव माया सुवेदीले सञ्चालन गरेको कार्यक्रमको संयोजन उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गीता ढकाल(पौडेल)ले गरेकी थिईन् ।
कार्यक्रम कै क्रममा प्युठानको गौमुखी गाउँपालिकाको हिमाल अल्लो उद्योगको पनि स्थलगत रुपमा अध्ययन, अवलोकन एवम् जानकारी लिइएको थियो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ